नगरपालिकामा बस्छौं भनेर मात्रै कर तिर्नुको कुनै अर्थ छैन

नगरपालिका हुँदा एक लाख ४३ हजार आठ सय ३६ जनसंख्या रहेको भरतपुरमा अहिले बढेर एक लाख ९९ हजार आठ सय ६७ पुगेको छ । जनसंख्या वृद्धिसँगै भरतपुरको आय पनि बढेको छ तर उपमहानगरपालिकाका बासिन्दाले साबिकमा पाउँदै आएको सेवा र सुविधामा विस्तार भएको छैन ।

टेलिफोन र खानेपानी नपुगेको ठाउँमा ती सेवा पुग्नसकेका छैनन् । कर तिर्न भरतपुर आएका सेवाग्राहीले घन्टौं कुर्नुपर्ने अवस्था छ । ‘उपमहानगरपालिका भएपछि हामीलाई केही फाइदा, सेवासुविधा वृद्धि भएको छैन’, फूलबारीका खनालले थपे, ‘पहिलेभन्दा तेब्बर कर तिर्नुपरेको छ । भरतपुर आउनजान खर्च बढेको छ । पहिले घरनजिकैको गाविस कार्यालयबाट सेवा पाएका थियौं । अहिले कर तिर्न र अन्य काम लिन भरतपुरसम्म आउनुपरेको छ ।’

भरतपुर उपमहानगरपालिकामा गाभिएको साबिकको मंगलपुर गाविसका भीमप्रसाद गौतम पनि काम लिएर भरतपुर आउँदा झन्झटिलो र खर्चिलो भएको बताउँछन् ।

‘हामीले राज्यलाई कर तिरेपछि राज्यले पनि हामीलाई सहज हुने किसिमले काम गर्नुपर्छ’, उनले भने, ‘कर तिर्ने, सिफारिस बनाउनेजस्ता काम पुरानै ठाउँबाट भए हामीलाई सजिलो हुने थियो । खानेपानी, बाटो, सञ्चार, शिक्षा, स्वास्थ्यलगायत सेवा विस्तार नगर्ने हो भने गाविसको ठाउँमा उपमहानगरपालिकामा बस्छौं भनेर कर मात्रै धेरै तिर्नुको कुनै अर्थ छैन ।’ बिस्तृत अन्नपुर्ण पोष्टमा 

सूर्यप्रकाश कँडेल

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s