आज सर्वत्र विकृति छ। अस्पताल, शिक्षा, यातायात, बैदेशिक रोजगारी सबैमा दलाली र अबांछित चर्को शूल्क व्याप्त छ। विकृति सुधार्नु पर्छ भनेर ८-८ पटक अनसन बसेका डा गोबिन्द केसीको माग पुरा नगर्ने राजनीतिक क्षेत्र हो। यी सबै विकृतिको कारण राज्यलाइ कमजोर पारेर त्यसलाई संचालन गर्ने राजनिती नै हो ।

हामी भोला रिजाल, डा गोबिन्द केसी, राजेन्द्र पाण्डे, मेनपावर, बिदेशबाट ल्याइएका लास होस वा सिण्डीकेटका कुरा सबै खुद्रामा पढेर आक्रोश पोख्छौं, भावुक हुन्छौं ! वास्तवमा ती दलालहरुलाई जनतामाथि शोषण गर्न अधिकार दिने को हो ? राजनिती हो! किन राज्यलाई मौन राखिन्छ; किन राज्यलाई निरिह पारिएको छ ? त्यसो गर्ने को हो ? कुर्चिकों लागि लडनेहरु किन जनताको समस्या आउँदा आलटालको भाषा प्रयोग गर्छन ? तथाकथित कानुन खडा गरेर त्यस्तो गर्न दिइएको छ तर अनुगमन गर्ने कानुन/संयन्त्र बलियो छैन। राजनीति नै दलालीमा चलिरहेको छ।

राज्यलाई उभ्याईएका मान्यता (निजीकरण, लूटतन्त्र !?) कै कारण त्यस्ता निकाय खुले र विना अनुगमन चल्न दिईएको छ। राज्य संचालकहरु नै त्यसरी दलाली गरेर कमाउँछन। हाम्रो आक्रोस वा भावुकताका कारण एकाध व्यक्ति बिशेष दण्डीत होलान तर सोचेको परिवर्तन हुँदैन। त्यसैले राज्यलाई खडा गरिएको मान्यता नै वदलेर “शोषण रहित” नबनाएसम्म हामीले मुक्तिको शास फेर्न सक्ने छैनौं।

हामी भोला रिजाल, डा गोबिन्द केसी, राजेन्द्र पाण्डे, मेनपावर, बिदेशबाट ल्याइएका लास होस वा सिण्डीकेटका कुरा सबै खुद्रामा पढेर आक्रोश पोख्छौं, भावुक हुन्छौं ! वास्तवमा ती दलालहरुलाई जनतामाथि शोषण गर्ने अधिकार दिने को हो ? राजनिती !

अहिलेको राजनीति नटवरलालहरुको हो; माफियाहरु त्यसका संचालक हुन। प्रजातन्त्र र मानवाधिकारको नारा लगाएर दागहरु पखाल्न मिल्छ ?!

अत: जति पनि बिकृतिहरु छन् ती सबै अहिलेसम्म अवलम्बन गरिएका र गर्न नसकिएका नीतिहरु कै परिणाम हुन। त्यसैले राज्यको प्रत्यक्ष वा परोक्ष संरक्षणमा हुर्किएका यी समस्याहरुको समाधानका लागि पहिले राज्यको मान्यता नै बदल्नु पर्ने हुन्छ। काउछोको रुख नफालीकन चिलाइ मुक्त हुन सक्दैन।

Advertisements