सफल अवतरण वा असफल बिनास !

वेलायतलाई ई यू बाट निस्कने जनादेश प्राप्त भएको छ । ग्लोबलाइजेसनको डुङ्गामा सहयात्रा गरेका सहयात्रीहरु बिचमा मडारिको संका उपशंकाको देन हो ”ब्रेक्जिट” । संसदले ब्रेक्जिटलाई रोक्नु पर्छ भन्ने आवाजहरु पनि उठीरहेका छन किनमने उक्त निर्णय लागु हून संसदले अनुमोदन गर्नुपर्छ ।

यता लेबोर पार्टि, वेलायतका नेता जेरेमी कविनले ”अलगै खालको राजनीति” कालागि युरोपका ”शोसलिष्ट” हरुको भेटघाट तिब्र पारेका छन। सर जोन चिल्कोट आयोगद्वारा प्रस्तुत इराकी युद्धमा वेलायतको संलग्नता सम्बन्धि प्रतिवेदन, जसले- ”वेलायतको बिना तयारि र अमिरिकी प्रभाव” मा भएको निष्कर्ष दिएको छ । त्यतिबेलाका प्रधानमन्त्रि टोनी ब्लेयरलाई इराकी युद्धमा मारिएका वेलायतीहरुको परिवारले ”आतंककारी” र ”युद्ध अपराधि” भन्दै हेग सम्म तान्ने दवाव दिइ रंहदा ब्लेयर भने प्रतिकारात्मक तर ठुलो पश्चातापमा परेका छन । नेता जेरेमी कविन, जसले इराक युद्धमा ”हाम्फाल्ने” कुराको प्रतिवाद गर्दै सम्भावित युद्धमा जाने वा नजाने भन्ने बिषयमा वेलायतको संसदमा मतदान हुँदा ”जान हुँदैन” भनेर विपक्षमा मत हालेका थिए । त्यतिवेला झिनो स्वरमा उभिएका जेरेमी कविन अहिले राजनीतिको मुलधारमा आइपुगेका छन भने निसासिएको परिस्थिति सम्हाल्ने जिम्वेवारी पनि उनको काँधमा आइपरेको छ । तर यिनै नेतालाई कु गर्ने अभियान एन्जेला ईगलहरुले सुरू गरिसकेका छन ।

नोवेल पुरस्कार विजेता एवं अमेरिकी पूर्वराष्ट्रपति वील क्लिण्टनका प्रमुख आर्थिक सल्हाकार प्रोफेसर जोसेफ स्टिग्लिट्जले ”अर्को विश्व सम्भव छ” भनेका छन भने ‘ग्रोथ म्याप’ का लेखक जिम ओ’निलले सन २०५० सम्म जी सेभेनको ठाउँ ‘ब्रिक’ले लिनेछ भनेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले केहि महिना अघि ‘स्टेट अफ यूनियन’ लाई सम्बोधन गर्दै ”नयाँ अर्थव्यवस्था” को वकालत गरे र उनले वेलायत ई यू बाट निस्कने निर्णय गरे लगतै युरोपमा छाएको अनिश्चितता तर्फ संकेत गर्दै ”हुदै गरेका परिवर्तन र चुनौतीहरु ग्लोबलाइजेसनको देन हो” भने  ।

वेलायतलाई ई यू बाट निस्कने जनादेश प्राप्त भएको छ । ग्लोबलाइजेसनको डुङ्गामा सहयात्रा गरेका सहयात्रीहरु बिचमा मडारिको संका उपशंकाको देन हो ”ब्रेक्जिट” । 

यता नेपालमा भारतीय हिन्दुवादी संगठनले नेपाललाई हिन्दु अधिराज्य बनाउने तर्फ मोदीलाई हस्तक्षेप गर्न दवाव दिएको कुरा अखवारहरुमा आए र पराष्ट्रमन्त्रि कमल थापाले धर्म परिवर्तन गराउर्नेलाई कारवाही गर्ने भने । अनि प्रतिपक्षी कांग्रेसले चीनतिर झुकाव देखाएको भनिने वर्तमान ओली सरकारलाई घेरावन्दी गर्दै लागेको छ र सरकार भित्र कमल थापा र चित्र बहादुर थापाहरुको गतिविधि पनि जारि छन भने मधेशी आन्दोलन पनि औजार हुँदै आएको छ । दलहरुसॅग भावि लक्ष र उद्देश्य छैनन । जनता निराश छन ।

हाम्रा मनमष्तिष्कले नेपाल भित्र जति अन्यौल देखेका छौं त्यस्तै अनिश्चितता विश्व अर्थ-राजनीतिमा पनि देखिएको छ । हुने के हो प्रष्ट नभए पनि अनिश्चितताको संकेत भने प्रष्ट देखिएका छन । सफल अवतरण वा असफल बिनास; जे होस परिवर्तन निस्चित छ !

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s