शक्ति परिवर्तन त निस्चित देखियो तर कस्तो होला ?

अमेरिकाले टी पी पी (Trans-Pacific Partnership) लाई अगाडि बढायो; हालसम्म १२ देशहरुले हस्ताक्षर गरिसकेका छन । संगै कामगरेका खास गरि युरोपियन यूनियन भित्र सौता पस्न लागेको महसुस हुँदै गरेका वेला वेलायत ई यू बाट निस्कने निर्णय गर्यो । यता फ्रान्स, नेदर्ल्याण्ड, स्विडेन, इटालीले पनि जनमत संग्रह माग्ने भन्दै ”वेलायतले सुरु गरेको यो अभियान रोकिने छैन” फ्रान्सकी मारिया ला पेन ले उद्घोष गरिन । सबैले छाडने पो हुनकी भनेर डराएको ई यू का नेताहरुले वेलायतलाई छिटो निस्कीन भनिसके ।

खैलाबैला त मच्चिएकै छ । सन २००७ मा ली मन ब्रदर्स टाट पल्टे देखि सुरु भएको बित्तिय संकटको समाधान भएन उल्टै अष्टेरिटी (कल्याणकारी खर्च कटौति)को उपाय अपनाइयो भने अरब र मध्यपूर्वमा भएका हिम्साले लाखौँ  मानिसहरु शरणार्थी भए र यूरोप तिरै छिरे ।  युरोपीयन यूनियन अब रहर भन्दा पनि वाध्यता हुन पुगेको कुरा बुझ्न कठिन भएन । अब सबैले यी समस्यामा बल्झिरहनु भन्दा पानी माथि ओभानो हुनु राम्रो मान्न सक्छन ।

यता हिजो सनिवारमात्र चिन र रशियाले ”यूरासिया” र ”सिल्क रोड” प्रोजेक्टहरुलाइ बलियो बनाउने भन्दै ३० वटा अलग अलग सम्झौतामा हस्ताक्षर गरेका छन । यता नेपालमा भारतीय हिन्दुवादी संगठनले नेपाललाई हिन्दु अधिराज्य बनाउने तर्फ मोदीलाई हस्तक्षेप गर्न दवाव दिए र पराष्ट्रमन्त्रि कमल थापाले धर्म परिवर्तन गराउर्नेलाई कारवाही गर्ने भने । अनि प्रतिपक्षी कांग्रेसले चीनतिर झुकाव देखाएको भनिने वर्तमान ओली सरकारलाई घेरावन्दी गर्दै लागेको छ र सरकार भित्र कमल थापा र चित्र बहादुर थापाहरुको गतिविधि पनि जारि छन भने मधेशी आन्दोलन पनि औजार हुँदै आएको छ ।

नोवेल पुरस्कार विजेता एवं अमेरिकी पूर्वराष्ट्रपति वील्ल क्लिण्टनका प्रमुख आर्थिक सल्हाकार प्रोफेसर जोसेफ स्टिग्लिट्जले ”अर्को विश्व सम्भव छ” भनेका थिए भने ‘ग्रोथ म्याप’ का लेखक जिम ओ’निलले सन २०५० सम्म जी सेभेनको ठाउँ ‘ब्रिक’ले लिनेछ भनेका थिए । अमेरिकी राष्ट्रपति बाराक ओबामाले केहि महिना अघि ‘स्टेट अफ यूनियन’ लाई सम्बोधन गर्दै ”नयाँ अर्थव्यवस्था”को वकालत गरे र उनले वेलायत ई यू बाट निस्कने निर्णय गरे लगतै ”हुदै गरेका परिवर्तन र चुनौतीहरु ग्लोबलाइजेसनको देन हो” भने ।

त्यसैले वेलायतका हकमा आर्थिक रुपले एसिया खासगरी चीनसंग नजिकिने र विश्व राजनीतिमा अमेरिकी टिपीपीसंग रहने वा नजिकिने उत्तम उपाय हुन सक्छ । भारतले पनि टिपीपीमा रहने इच्छा जाहेर गरेको छ । विश्व राजनीति र अर्थनीतिमा परिवर्तन त निस्चित देखियो तर कस्तो होला ?अडकलवाजिहरु सुरु भएका छन ।

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s