साँप पनि मरोस लट्ठी पनि नभाँचियोस ! ” गत वैशाख १२ मा मुलुकमा गएको महाभूकम्पमा संसारभर रहेका नेपालीले गरेको सहयोग र प्रदर्शन गरेको ऐक्यबद्दता कम छ र ? … चाडबाडमा मालश्रीको मधुर धुनको झंकार, पिंगको चचहुइ, सयपत्रीले ढकमक्क ढाकेको राता-सेता माटो पोतेका सुन्दर बस्ती सम्झेर, फागुको रंगमा नुहाएको मुलुक सम्झेर भाव विव्हल भएर आफ्ना कोठाचोटामा स्नेह र गर्वका साथ नेपाली झण्डा टाँसेर बसेका नेपालीहरूको मन मन्त्रीज्यूका “भूतपूर्व नेपाली”, “देशद्रोही” जस्ता शब्दले कति आहत होला …”  – सुभाष घिमिरे, अमेरिका

राजा वीरेन्द्रको देशभक्तिको भावना : जुनसुकै विचारधारा अङ्गाल्ने भएपनि सबै देशभक्त र इमान्दार नेपालीहरुले के कुरा निर्धक्क स्वीकार्नु पर्छ भने सामन्ती वर्गमा पैदा भएपनि राजा वीरेन्द्रको सापेक्ष देशभक्तिको भावना र उदार राजनीतिक चरित्र नै साम्राज्यवादी र विस्तारवादीहरुको आँखामा उनको सबैभन्दा ठूलो ‘कमजोरी’ वा ‘अपराध’ थियो । २०४६ को एकतर्फी भारतीय आर्थिक नाकावन्दी र त्यसपछिको जनआन्दोलनको बेला उनले विस्तारवादीहरुको सामुन्ने झुक्नु भन्दा आफ्नै जनताको सामु झुक्ने जुन प्रतिवद्धता देखाए, त्यो विस्तारवादीहरुलाई पट्टक्कै मनपरिरहेको थिएन (२४ जेठ २०५८, कान्तिपुर दैनिक)-  बाबुराम भट्टराई

कसरी बुझ्ने यो प्रव्रितिलाई ? संसदीय व्यवस्था अस्थिरता, सांसद किनबेच, आन्तरिक घातप्रतिघात र भ्रष्टाचारजन्य संस्कृतिको पर्याय जस्तै बनेको छ । त्यसैले नेपालको ठोस सन्दर्भमा संसदीय शासन प्रणाली अनुपयुक्त रहेको प्रमाणित भइसकेको छ … पटक–पटककोे प्रयोगमा खोटपूर्ण साबित भइसकेको प्रणालीलाई फेरि केही शृङ्गारिक सुधार गरेर कायम राख्ने धृष्टता गर्नु एउटा प्रजातिको प्राणीलाई नुहाएर अर्को प्रजातिको प्राणी बनाउन खोज्नुजस्तै निरर्थक हुनेछ … नेपालको विद्यमान परिस्थितिमा ‘वेष्टमिनिष्टर’ पद्धतिको संसदीय प्रणालीले धेरै विकृति ल्यायो र सरकार प्रभावकारी बन्न सकेन । अतः यो प्रणाली अनुपयुक्त रह्यो भनेर निष्कर्ष निकाल्न हाम्रो आफ्नै अनुभव पर्याप्त छ । – डा. बाबुराम भट्टराई

डा. स्वामी प्रपन्नाचार्य भारतका कतिपय ठाउँमा पुग्दा दुःखको भूमरीमा परी उनले फोहोरमा फ्याँकेको भातको डल्ला धोएर खानुमात्र परेन, भाग्यले यही गतिमै डोर्‍याउँदै उनलाई महागुरु फाल्गुनन्दजस्ता महापुरुषको संगतमा सम्म पुर्‍यायो …‘मानव जीवन परार्थ र परमार्थकै लागि प्राप्त भएको हो। त्यसैले पहिले आफैं परार्थ अर्थात् परोपकारमा उदाहरणीय भएर समाजमा उभिन सक्नुपर्छ’ भन्ने धारणा पालेका प्रपन्नाचार्य ‘जीवन परि श्रमपूर्ण, धैर्यवान् र साहसीपूर्ण भई ‘सर्वजन हिताय सर्वजन सुखाय’का लागि होस्’ भन्ने चाहन्थे। …त्यति बेला राईले कुन आइमाईले वेद भागवत पढ्नु हुँदैन भनेर पण्डितलाई बीचैमा सोधेका थिए। – गोपीकृष्ण ढुंगाना

२०२४ सालमा राजा महेन्द्रको आग्रहमा नेपाल आएका हरिभक्तले ठूलो घरजग्गा दिन्छु भन्दा ‘कविता लेख्ने कविको हलो जोतेर निर्वाह होला र सरकार ?’ भनेर लत्याइदिए … राष्ट्रियताको ढोङ्पिट्न चाहेनन् उनले ।’ ‘कहाँ दुख्छ घाउ’, ‘पोखिएर घामको झुल्का’ गीत बज्दा रेडियोले गायक नारायणगोपालको को नाम त हर बखत फुक्थ्यो तर रचनाकारको नाम भने भनिहाले पनि सम्झनामा रहेन । – समुन्द्र राज घिमिरे

कञ्चनपुरका सरकारी र सामुदायिक वनमा वनस्पतिको औषधिमुलक जडिबुटी नमुना र बीउबिजन सङ्कलनका लागि पुगेको वरिष्ठ वैज्ञानिक डा रामचन्द्र पौडेल र डिकेन्द्र खड्काको टोलीले सङ्कटापन्न अवस्थामा पुगेको सर्पगन्धाका बिरुवा फेला पारेको हो । सर्पगन्धा मानसिक रोगीका लागि अचुक औषधि हो। सर्पगन्धा – डा रामचन्द्र पौडेल

नेपालको श्रापको रूपमा कृष्ण सिटौलाको प्रवृत्ति र अनुहार नेपाली जनताको अधिकारको पक्षधर नभएर श्याम शरण लाइनको विवस र महकांक्षी आदेशपालक मात्र …धर्म निरपेक्षता, गणतन्त्र र ‘मधेस एक प्रदेश’ सहितको संघीयता श्याम शरण-हर्मिज एजेन्डा हुन्… जनताको निराशा र किंकर्तव्यविमूढ स्थिति अनि भूकम्पबाट त्रस्त आम मनोविज्ञानलाई नेताहरूले संविधान जारी गर्ने उपयुक्त मौका माने। – युवराज घिमिरे

हरेक साल तिमीजस्तै सयौँ अनुहार नेपालबाट विद्यार्थीको भिसा बोकेर अमेरिका उडेका छन्। कति सफल भए होलान्, कति असफल। तर, ती सबैले बाँच्न जानेका छन्। बाँच्न जानिएन भने सपना देख्न सकिँदैन। तिमीले पनि बाँच्न जान्नुपर्छ। यो मानसिक अस्पताल भित्र होइन, बाहिर निस्केर बाँच्न सक्नुपर्छ।  – ज्योति देवकोटा

बैंकको मुद्धति खाताजस्तो- अदालत। बर्षौदेखि मुद्धाहरु ‘डिपोजिट’ छन्। फरक यत्ति हो कि बैंकमा धनीका पैसा डिपोजिट छन भने अदालतमा गरिबका मुद्धा । (ट्विटर ट्विट) – मुमाराम खनाल

नेपालको नयाँ संविधानको धारा १९ मा व्यवस्था गरिए अनुसार एनआरएनहरुले अब गैरआवासीय नागरिकता पाउन सक्नेछन्। यो नेपालका लागि नयाँ प्रकारको नागरिकता हो। यसअघिका संविधानहरुमा वंशज, अंगीकृत र सम्मानार्थ नागरिकतामात्र हुने गर्थ्यो। यसपटकको संविधानमा पहिलो पटक गैरआवासीय नागरिकताको व्यवस्था गरिएको हो।  – सुनिल मणि दाहाल

वास्तवमा माहाभारतको संहारकारी युद्धको कारण दुर्योधन र सकुनी थिएनन। उनीहरूका सबै दुष्कर्महरू थाहा पाएर पनि कौरवहरूकै पक्षमा लाग्ने भीष्म पितामह, द्रोर्णचार्य, बिदुर जस्ता तात्कालिक प्राज्ञ, सल्लाकार र परमार्थीहरूको हुतीहारापन निर्णायक कारण थियो।  – वीरेन्द्र कटुवाल

संघीय राज्यको औचित्य पुष्टि गर्न अघि सारिएको एउटा तर्क पृथ्वीनारायण शाहले गरेको एकीकरण गलत र अवैध थियो भन्ने छ, जसको सीधा अर्थ आजसम्मको नेपालको इतिहास र सभ्यताको अन्त्य गर्नु हो । नेपाल र नेपालीको सामूहिक पहिचान समाप्त गर्नु हो…  – डा. भीमार्जुन आचार्य

एउटै संविधानमा धारा ४ को धर्म निरपेक्षता र धारा ९ को राष्ट्रिय जनावर गाई कसरी सँगै रहन सक्छ, जसको सीधा अर्थ द्वन्द्वलाई प्रोत्साहन गर्नु हो … राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र जनताका आधारभूत सरोकारहरू संकटग्रस्त रहेको वर्तमान अवस्थामा बीपी कोइरालाका विचार झनै सान्दर्भिक हुन गएका छन्। दुर्भाग्य उनले संस्थापना गरेको दल र त्यसका नेता सम्पूर्ण रूपमा बीपी विचार विरोधी कित्तामा उभिएका छन्…  – डा. भीमार्जुन आचार्य (१)

सन् १९५० को नेपाल–भारत मैत्री सन्धीअनुसार अधिकार र रोजगारीको समान अवसर प्राप्तिका लागि मञ्चले आवाज उठाउँदै आएको अखिल भारत नेपाली एकता मञ्चका पदाधिकारीले जानकारी गराए । हिमान्चलमा मात्रै ५० हजार भन्दा बढी नेपाली कृषि, पर्यटन, निर्माणलगायतका क्षेत्रमा श्रमरत छन् … भारतीय नागरिक भएको आधिकारिक पहिचान नभइ स्थानीय बैंकहरुमा खाता खोल्न नदिइँदा र मनी–ट्रान्सफरमा समेत सहज व्यवस्था नहुँदा नेपाली श्रमिकले कठीनाइ बेहोर्दै आएको समस्या सुनाएका थिए । – अ. भा. नेपाली एकता मञ्च

सिमान्तका विभिन्न पोष्टहरुबाट 

मानौँ ओनसारी घर्ति र विध्या भण्डारीले पाएको पदले यी गरिवको घरमा केही परिवर्तनको अनुभुती हुन सक्ला !!! सक्दैन भने यो ‘समावेशी’ झन्डै असी प्रतिशत नेपालीको लागि हुनैसक्दैन । त्यसैले अब गर्नु पर्छ ”बिकास सबैका लागि; भन्नु पर्छ ”बिकास सबैका लागि” । समावेशी भनेको सबैका लागि बिकास हो; पदको बाँडफाँड होइन ।

पुराना असफल पात्र र प्रव्रितीहरुको गर्भमा ओथारो बसेको नयाँ शक्तीको अर्थ छैन। अहिले जुन किसिमबाट नयाँ शक्तिको संयोजन, चर्चा र बहस गरिएको छ, त्यसमा जनताको सकृयता भन्दा पनि कोही कसैको गुमेको वा गुम्न लागेको प्रतिस्ठा बचाउने खेल हो भन्ने बुझिएको छ। किनभने जुन ब्यक्तिले यसमा नेत्रित्व लिन खोजी रहेका छन तिनको बिगतको राजनीतिक धार, विश्वाश र गतिविधी अत्यन्त द्वैध चरित्रको छ, त्यसमा आशवादी हुन सक्ने ठाँउ छैन। 

नेपालले चीनसँग ब्यापारिक सँबन्ध विस्तार गर्नु भनेको भारतलाई चिड्याउनु होइन, तर दरो बिकल्प भने अवश्य हो। बिना बिकल्प भारतसँग अती निर्भर रहेर नेपाल अबका दिनमा बाँच्न सक्तैन भन्नेकुरा हालैको नाकावन्दिले राम्रो शिक्षा दिएको छ। बिकल्प खोज्नै पर्छ, त्यसमा भारत के गर्छ र के भन्छ भनेर अातिने कुर छैन। भारत आफ्नो काम गर्छ, नेपालले पनि आफ्नो काम गर्ने सहास देखाउनै पर्छ, केवल ध्यान दिने कुरा के हो भने हामीले उनिहरुको अहित गर्नु हुन्न। 

काग कराउन छाडेको १०-१५ मिनेट के भएको थियो मोबाईलमा घण्टी उर्लिएर बज्यो । मन ढक्क रोकियो बिस्तारै फोन उठाएँ । संजिव घिमिरे भान्जासँग कुरा हुंदैथियो- मैले बुझें । भान्जाले बिस्तारै कुरा खोल्नु भयो । आँसुका धारा नरोकिने गरी दर्किए । पोल्याण्डमा पढन गएको भाईलाई समालिएर फोन गर्न खोजेँ । वाक्य पुरा नहुंदै झन आँसु बगे, दुबैजनाले आँसु रोक्न सकेनौं । 

यसैबिच सिक्किम र पश्चिम बङालको सिमाना रङ्पो बजार आइपुगियो अनी ड्राइभरसाबले फ्याट्टै भनी हाले- बल्ल ईन्डिया आइयो । फेरी मैले सोधी हालें – यो पनि ईन्डिया होइन र दाई ? वाक्य फरक थिए होलान तर माथिकै सैली मा जवाफ आयो – हामी त नेपाली हौं । 

पछिल्लो समयममा मेलमिलापको सान्दर्भिकतालाई जब स्व गिरिजा प्र कोइरालाले लागु गर्न खोजे, परिस्थिति भने बेमेलमा भाँढीइ सकेको थियो। कोइरालाले बि.पि.को आदर्शलाई त्यागेर राजसंस्थाको बिसर्जनबाट समस्याको समाधान देखे भने माओवादिहरुले कोइराला र कांग्रेसको बिसर्जनबाट। 

केजरीवालले भारतमा पाएको मुख्य मन्त्रीको पदलाई त्यहा नयाँ शक्तिको उदय भएको भनेर व्याख्या गरिदैछ, त्यो गलत होI विगतमा शुसासनको प्रत्याभूति हुन नसक्दा वाक्क दिक्क भएका भारतीय जनताले केन्द्रमा मोदी र दिल्लीमा केजरिवाललाई ठाउँ दिएका हुन। प्रजातान्त्रिक चुनावमा ब्यक्ति फेरिनुलाई नयाँ शक्तिको उदय भन्न मिल्दैन। 

नेपालको राजसंस्था आन्तरिक कारणबाट मात्र संकटमा परेको होइन। आन्तरिक शक्तिलाई वाह्य शक्तिले खिचलोकै प्रयोगबाट विस्थापित गर्ने परम्परा बसिसकेकोले नेपालमा कसैको पनि स्थायित्व सुनिस्चित देखिएन। 

विडम्बना, नेपालको नेतृत्व गर्नेहरुबाटै विदेशीलाई बुझाउदै लागेको शक्ति खोस्न अब जनताले नयाँ शक्ति आर्जन गर्नु परेकोछ। विदेशीलाई पराजित गर्नु निकै चुनौतिपूर्ण हुनगएकोछ ।

Advertisements