वेलायत लेवोर पार्टिका तर्फबाट छायाँ अर्थमन्त्री जोन म्याक्डोनलले पनि आधारभूत आम्दानि अवधारणालाइ लागु गर्ने सन्दर्भमा  आफुहरुले निकै नजिकबाट सम्भावना नियाली रहेको कुरा हिजो बताए । यदि यो अवधारणा लागु हुन सक्यो भने एरिस्टोटल, प्लोटो, जोन लक, जे एस मिल, अब्र्हाम लिङ्कनजस्ता दार्शनिकहरुको लोक कल्याणकारी मान्यतामा राज्यहरु फेरी एक पटक पुनर्मुख हुने छन  ।

खासगरी ग्लोबलाइजेसनले एकातिर उद्ध्योगहरुलाई चौथो औध्याैगिक क्रान्ति तर्फ उन्मुख बनायो भने आर्को तर्फ गरिवी घटे पनि आर्थिक असमानता धान्नै नसक्ने गरि बढायो । पुँजीपतिहरु नै भन्न थालिरहेका छन कि ”पुँजीवादलाइ पुँजीपतिहरुले निल्नेछन”

ग्लोबलाइजेसनबाट भरमग्दुर लाभ उठाएको चिन ‘यदि हामी सधैँ जितिरहन्छौँ र हाम्रा सहकर्मी सधैँ हारिरहन्छन् भने हाम्रो दिगोपन अस्थायी बन्छ ।’ भनेर अगाडि बढदै छ; बिस्तारै अगाडिका शक्तिहरुलाई उछिन्न थालेको छ । कुनै बेला नेपोलियनले भनेका थिए, ‘सुतिरहेको ड्र्यागनलाई नचलाऊ, उठ्यो भने यसले संसार खान्छ ।’ चीन अब सुतिरहेको ड्र्यागन रहेन । यो उठेको छ र लम्किसकेको छ । गिर्दो अवस्थामा रहेको अमेरिका र युरोपले गरिब देशहरूमा लगानी कटौती गरिरहेका छन्, जसले ”वासिङ्ग्टन कन्सेन्सस” को नाममा ग्लोबलाइजेसन लागु गरेका थिए । खासगरी गरिवहरुले यो व्यवस्थाबाट केहि पाएनन । केवल उनीहरुको श्रोत माथि बाह्य दवाब बेहोर्न वाध्य भए- यसरि गुमाए ।

यदि यो अवधारणा लागु हुन सक्यो भने एरिस्टोटल, प्लोटो, जोन लक, जे एस मिल, अब्र्हाम लिङ्कनजस्ता दार्शनिकहरुको लोक कल्याणकारी मान्यतामा राज्यहरु फेरी एक पटक पुनर्मुख हुने छन  ।

विश्वका आधा भन्दा धेरै मानिसहरु अवसरबाट बन्चित सिमान्तक्रित, असुरक्षित जिवन बिताइरहेकाले बिरक्त छन । तिनीहरु झन अष्टेरिटिका नाममा राज्यबाट उपेक्षित हुन थालेका छन । पुँजीवादको विकल्प बारे धेरै सोच्न थालिएको छ। त्यो भनेको अहिलेका हुनेखाने लखपतिहरुको हालीमुहाली प्रतिको विकल्प हो ।

स्विजरल्याण्डले आधारभुत आम्दानी (Basic Income) को अवधारणा लागु गर्ने भनेर आज (05/06/2016) गरेको भोटिङ्गमा ७७ प्रतिशतले अस्विक्रित भएको छ । क्यानडाले ‘युनिभर्सल आधारभूत आम्दानी’ भनेर परिक्षणको रुपमा छिट्टै लागु गर्ने जनाएेको छ भने फ़िनल्याण्डले ८००० न्यून आय भएकाहरुमा लागु गरेर परिक्षण गर्दै छ । यो अवधारणालाइ ”फ्री मनी (free money)” पनि भनिएको छ । एक्काईसौं शताब्दीको संघारमा रहेको चौथो औधोगिक क्रान्ति (Fourth Industrial Revolution, FIR) ”डिजिटल र रोबोट” तर्फ़ तिब्र उन्मुख रहेकोले ब्यापक बेरोजगारी बढन जाने कुरा दृष्टिगत गरि आधारभूत आम्दानीको धारणालाई अघि सारिएको हो । जुन कुनै न कुनै स्वरुपमा ढिलो चांडो लागु हुनेछ । http://bit.ly/25H7hZS

अत: पुँजीवाद असमानताबाट आक्रमणमा पर्दै गएकोले त्यसलाई बचाउने राम्रो तयारि पनि हुनेछ – आधारभूत आम्दानि अवधारणा; जसले धरतीमा जन्म लिएका प्रतेक मानिसहरुलाई राज्यको ढुकुटिमा पहुँच दिलाउने छ र उनीहरु सबैले जिवन निर्वाहका लागि  बार्षिक भत्ता पाउने छन; अर्थात बिना शूल्क पैसा पाउनेछन ।

Advertisements