सबै नागरिकलाई राज्यले ‘आधारभुत मासिक आम्दानी’ दिने

स्विजरल्याण्डले आधारभुत आम्दानी (Basic Income) को अवधारणा लागु गर्ने कि नगर्ने भनेर भोटिङ्ग गर्दै छ । जस अनुसार प्रत्येक नागरिकलाई राज्यले तोकिएको निस्चित रकम दिनै पर्छ; काम पावस वा नपावस। अहिलेलाई स्विजरल्याण्डले युवाहरुलाई प्रति महिना 2,500 स्विस फ्रांक्स (£1,755; $2,555) र बालबालिकालाई 625 स्विस फ्रांक्स दिने प्रस्ताव गरेको छ।

यसरि कामबाट अलग गराएर जनतालाई पैसो बाँडदा समाज बिग्रने कुरा एकाथारिको दावी छ भने अर्काथरीले महँगीका कारण उक्त आधारभुत आम्दानी त बांच्नका लागी मात्र हो, भनेका छन ।

एक लाख भन्दा धेरै मानिसले यस्तो माग राखी हस्ताक्षर गरेर बुझाएकोले प्रक्रिया अघि बढाईएको हो । एकलाख भन्दा धेरै मानिसले हस्ताक्षर गरेर बुझाएको बिषयहरु संसदले अनिवार्य बहसमा लगेर फैसला दिनु पर्ने चलन स्विजरल्याण्डमा पनि छ ।

यदि यो नियम पास भयो भने यस्तो निर्णय गर्ने राष्ट्रहरुमा स्विजरल्याण्ड पहिलो हुनेछ र अरु राष्ट्रहरुमा पनि छिट्टै लागु गर्नु पर्ने दवाव बढने छ । क्यानडाले ‘युनिभर्सल आधारभूत आम्दानी’ भनेर प्रत्येक नागरिकको  घरमा ‘चेक’ पठाइदिने कार्यलाई परिक्षणको रुपमा छिट्टै लागु गर्ने जनाई सकेको छ । यस्तो नियम लागु भयो भने कोहि पनि खान नपाएर मर्ने छैनन, गरिवी र असमनाता पनि कम हुन सक्नेछ ।

आधारभूत आम्दानि भनेको के हो ?

 

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s