भूमध्यसागरमा डुंगा पल्टिएर मर्ने सयौं मानिसहरुको तस्बिर आइरहेका बेला एक नाबालकको पनि तस्बिर सार्वजनिक भएको छ। केहि दिन अघिमात्र ७०० जना डुबेको दृश्य संचार माध्यमहरुमा हेर्न पनि नसक्ने गरि प्रसारण भएका थिए ।

यो तस्बिरले एक वर्षअघि टर्किस समुद्री किनारमा ज्यान गुमाएका सिरियाली बालक अयलान कुर्दीको दर्दनाक मृत्युलाई सम्झाएको छ । सन् २०१४ देखि अहिलेसम्म भूमध्यसागरमा आठ हजार बढी आप्रवासीले युरोप पस्न खोज्दा डुबेर ज्यान गुमाइसकेका छन् । गत सातामात्रै डुंगा पल्टिँदा भूमध्यासागरमा डुबेर मर्नेको संख्या आठ सय ५० भन्दाबढी पुगिसकेको छ ।

ड्याम कि ड्याम गोलि ठोक्दै यस्ता लाखौँ निर्दोषहरुलाई सजायं दिएर आत्मरति पुरा गर्नेहरु एक पछि आर्को सिकारको खोजीमा विश्व चहारी रहेको कुरा लामो समय अस्थिरतामा फसेका नेपालीहरुले पनि बुझ्नु पर्ने देखिन्छ । नेपालको अस्थिरतामा बाह्य कारण पनि छ ।

खासगरी इराक, अफागानिस्थान, सोमालिया, लिबिया, सिरिया लगायत अशान्त अरब एवं मध्यपूर्वका शरणार्थिहरु शरणको खोजीमा यूरोपका देशहरुमा जान खोज्दा दिनहुँ जसो यसरि मेडिटराइन सागरमा डुवेको समाचार आइरहेछन । यो ‘ठुलो मानविय संकट’ हो । मानवियताका लागि क्रियाशिल ”अन्तारष्ट्रिय” भनिने संघ संस्थाहरु कसैको ”स्वार्थमै जुटने, फुटने र लुटने” गरेका छन ।

यो मानविय संकट भन्दा ”शक्तिशाली” हरुको उदाशिनता वा यस्तै संकटहरुमा खोजिएका लाभहरु मानविय अस्तित्वका लागि सबै भन्दा घातक भएका छन्।

images: Google and other medias

Advertisements