हिन्दु र बौद्धिष्ट दुबैको धार्मिक स्थल नेपालमा पर्दछन। तिनीहरु क्रमश: हिन्दुहरुको आराध्यदेव पशुपतिनाथको मन्दिर र गौतम बुद्धको जन्मस्थान लुम्बिनी हुन । विश्वकै धेरै जनसंख्या भएका उत्तरी चिन र दक्षिणी भारतका धर्मावलम्बीहरु मात्रै तान्न सके पनि नेपालमा पर्यटनको असाध्यै राम्रो सम्भावना छ । यसरि आएका पर्यटकलाई हिमतालमा उत्पादन गरिने बोतल पानि मात्रै पुर्याउन सकियो भने यो मुलुकलाई पानी उद्धोगले मात्रै वालछ्याल बनाइदिञ्छ । तर भाषण, रासन र आश्वासन लेखेर विश्वकै सबैभन्दा भाग्यमानी हुन सक्ने नेपाली जनतालाई सिंहदरवारले निरन्तर गरिव घोषणा गरिरहेछ।

तर अब यी दुइ ठुला देशहरुको बिचमा तरुल झैं चेपिएको सानो देश नेपाल क्रिश्चियानिटिको लागि स्वर्ग हुँदै गएको छ जसले उक्त दुवै तीर्थ स्थलहरुलाई गौंढ पारिदिन सक्नेछ। त्यतिवेला नेपालले पर्यटन उद्ध्योगबाट जे जति फाईदा लिन सक्थ्यो त्यो झण्डै सून्यमा झर्नेछ।

यतिमात्र होइन विश्वका दश अग्ला हिमाल मध्ये सगरमाथा लगायत आठ वटा त नेपालमै छन । नविकरणिय उर्जा- जलश्रोतमा नेपाल ब्राजिल पछि विश्वको दोश्रो स्थानमा पर्छ । स्वाभिमानी गोर्खाली, भाैगोलिक विविधता, भाषा, संस्कृति र भाषाको स्थान पनि उच्च रहेको छ । तर सिंहदरवार यति धेरै निकम्मा भैदियो कि यसले आफ्नो सम्भावनाको पहिचानसम्म पनि गर्न सकेन । मूल्यवान समयलाई शब्दका लागि राजनीति गरेर बर्वाद गरिरहेछ ।

Advertisements