‘मुलुकमा उत्पन्न प्रतिकूल अवस्थाका बाबजुद प्रत्येक ६ वटा बैंकले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । बढी नाफा कमाउने सूचीको पहिलो नम्बरमा नबिल बैंक छ । यसले सार्वजनिक गरेको आर्थिक वर्ष २०७२÷०७३ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा दुई अर्ब पाँच करोड रुपैयाँ नाघेको छ । नबिलको नाफा अघिल्लो वर्षको उक्त अवधिको तुलनामा बढी हो । उसले गत वर्ष सोही अवधिमा एक अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको थियो ।

बढी नाफा कमाउने दोस्रो नेपाल इन्भेस्टमेन्ट बैंक हो । यसले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफा एक अर्ब ८३ करोड नाघेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी हो । इन्भेस्टमेन्टले अघिल्लो वर्षको चैत मसान्तसम्ममा एक अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको थियो ।

हिमालयन बैंकले एक अर्ब ३१ करोड खुद नाफा गरेको छ । नाफाको हिसाबले यो तेस्रो बैंक हो । गत आवको सो अवधिमा नबिलले ९० करोड मात्र नाफा गरेको थियो । एभरेस्ट बैंकले एक अर्ब २० करोड, कृषि विकास बैंकले एक अर्ब २१ करोड र ग्लोबल आइएमईले एक अर्ब ३ करोड नाफा गरेका छन् ।

बैंकिङक्षेत्रले आर्थिक बृध्दीको तुलनामा आर्थिक असमानता बढाउँछन भनेर पछिल्लो समय धेरै अध्यनले प्रमाणित गरिसकेका छन; त्यसैले आजकल ”Helicopter money” लाइ विकल्पका रुपमा अघिसार्न खोजिएको छ। नेपालमा यति बिघ्न नाफा गर्ने बैंकहरुलाइ पूर्वाधार बिकासमा लगानी गर्न/गराउने तर्फ़ किन काम हुन्न ? यसलाई गम्भीरता पूर्वक लिनुपर्छ।

Advertisements