बिश्वजी तपाईलाई शुभकामना, तपाइंको यो अभियान प्रति जोडदार समर्थन गर्दै केहि थप्ने खुल्दुली पनि जाग्यो, अनुमति पाउँ।

कर छनविन आयोगको प्रतिवेदन लागुहुने खबर पाएर रातारात व्यापारीले अर्थसचिवलाइ सरुवा मात्रै हैन राजिनामा नै गर्न वाद्ध्य गराए, तिनै व्यापारीहरु अरवपतिको लिष्टमा पर्छन; कम्युनिष्ट हुन तर कांग्रेसी अर्थमन्त्रीको खुलेर आडभरोस लिन्छन; दिन्छन। दमदार समर्थक हुन।

तिनै कांग्रेसी अर्थमन्त्री ”निजिकरणका कारण एन्सेल जस्तो कम्पनि संचालनमा आयो” भनेर सार्वजनिक भाषण गर्छन तर राज्यको हात माथि पर्ने गरि नीति बनाउँदैनन। अनि यता तिनै अर्थमन्त्रीले नियूक्ति गरेका नेपाल राष्ट्र बैङ्कका गवर्नर एन्सेलले ”आफ्नो श्रोत” राष्ट्र बैङ्कलाई बुझाएको छैन भन्छन। यात्रा लामो छ, बाटो खराव छ।

सरकार व्यापारीलाई निजिकरण भन्दै बिश्वास गर्छ तर निजि क्षेत्र भने निजिकरणलाइ ने खाने गरि जनता र राज्यमाथि शोषणको धारिलो भाला रोप्छ। नेपालको निजिकरणलाइ निजीक्षेत्रले नै बिकृत बनाउंदै छ भने राजनीतिलाई राजनीतिज्ञज्ञहरुले। निजिकरणको नाममा कसैले जनतालाइ शोषण गर्ने र राज्यलाई गलत सुचना दिन मिल्दैन, यो ब्यापार होइन अपराध हो।

भूकम्पको पिडामा थपिएको नाकावान्दिमा गरिव जनता सुको-सुको चन्दा संकलन गर्छ; तर ब्यापारीहरु सामान लुकाउँछन, मूल्य बढाउँछन, कालो बजारी गर्छन। गाडि नपाएर यात्रु अलपत्र छन, गाडिमालिकहरु सिण्डीकेट हटाउनै हुन्न भन्छन। म्यानपावर एजेन्सीहरु दिनदहाडै मानिस बेचिदिन्छन। मन्त्रीहरु छन- सरकार छ, बदलिरहन्छन तर कर्म बदलिएको छैन। शोषण बैधानिक जस्तै छ; खुलमखुल्ला छ। सरकार व्यापारीलाई निजिकरण भन्दै बिश्वास गर्छ तर निजि क्षेत्र भने निजिकरणलाइ ने खाने गरि जनता र राज्यमाथि शोषणको धारिलो भाला रोप्छ। नेपालको निजिकरणलाइ निजीक्षेत्रले नै बिकृत बनाउंदै छ भने राजनीतिलाई राजनीतिज्ञज्ञहरुले। निजिकरणको नाममा कसैले जनतालाइ शोषण गर्ने र राज्यलाई गलत सुचना दिन मिल्दैन, यो ब्यापार होइन अपराध हो।

राष्ट्र र जनताको पक्षमा बढेका तपाइँका ”पवित्र” कदमहरु बिचलित गराउन ”रावण” हरु आउलान, तर नेतृत्व भन्ने कुरा ”जोखिम” पनि हो। बिद्ध्यार्थीकालमा तपाईंसंग नजिक रहंदादेखि तपाइमा मैले त्यो क्षमता देखेको हो, जुन निरन्तर छन; लोभ र मोहलाइ नजिक पर्न दिनु भएन भने बिश्वास छ- त्यो क्षमता ”विश्व” भएर फैलिने छ।

राजनीतिको साथमा तपाइंको ”बिकास र बैदेशिक सम्बन्ध” को मोडेल पनि तयार गर्दै लानु होला। जनता एक घुट्को प्यासमा छटपटाएका छन। शुभकामना

(फेसबूक कमेण्ट)

Advertisements