नेपालमाथि भारतले महाभुकम्पकको आलो घाउमा चार महिना लामो नाकावन्दी लगायो। छिमेकी जन र तिनको मन देखेर निकै मन दुख्यो।
.
जबसम्म नेपालले आफ्नो समस्या आफैले समाधान गर्न सक्छ भन्ने कुराको प्रत्याभूति हुन्न तब छिमेकीहरु झन ससंकित भै धेरै खेल्न थाल्छन। किनभने आफ्नो अनुपस्थितिमा अरु कसैले हाम्रा बिरुद्ध नेपाललाई खेलाइदिन्छ कि भनेर छिमेकीहरुलाई शंका गर्ने ठाउँ नदिने दायित्व नेपालकै हो। यस्तो बेलामा मात्र नेपालले स्वतन्त्र भएर निर्णय लिन सक्छ। त्यो गर्नैपर्छ। यसका लागि कतिपय नीतिहरु आवश्यक भए परिवर्तन पनि गर्नुपर्छ।
.
नेपालले राज्यका मान्यताहरुलाई समयनुकुल आन्तरिक रुपमा धेरै परिवर्तन गर्दै आएको छ। तर ग्लोबलाइजेशनको यो युगमा पुरानै मान्यतामा अड्किएका बैदेशिक निती र अन्तरराष्ट्रिय संबन्धका मान्यताहरु पनि परिवर्तन हुनु पर्छ भन्ने धारणा बनेको पाइएन । खासमा त मान्यता नै छैन ।
.
सामाजिक संजाल समेतले महत्वपूर्ण प्रभाव पार्ने गरेको र ग्लोबलाइजेसनबाट निर्देशित बैदेशिक निती र संबन्धका आयामहरुमा नेपालको भौगोलिक अवस्थिती समेतलाई मध्येनजर गरी समयनुकुल परीभाषित, गठन र ब्यवस्थापन गर्नु पर्छ ।
.
बैदेशिक संबन्धको उद्धेश्य आर्थिक संब्रिद्धी नै हो, त्यसैले
.
  • नेपाल, भारत र चाइना बीच सुरक्षाको प्रत्याभुती र लगानी आकर्षित हुनेगरी त्रिकोणात्मक संबन्ध निर्माणमा जोड दिनुपर्छ
  • विश्वमा नेपालका नितिहरुले खासै प्रभाव नपार्ने हुँदा स्वदेशी अर्थतन्त्रलाई बलियो पार्ने गरी आयात, निर्यात, ब्यापार र आर्थिक संब्रिद्धीमा अनुकुल हुनसक्ने मुलुकहरुको पहिचान र संबन्ध बिस्तार गर्नुपर्छ
  • आफ्ना निती, सार्भौमिकता, अखण्डताको संम्रक्षणका लागि विश्व मन्चमा नेपालको बाक्लो उपस्थिति र अन्तरराष्ट्रिय जगतसँगको संबन्धमा बिस्तार हुनु जरुरि छ

आन्तरिक सुधारले मात्र खुल्लापनबाट फाईदा लिन सकिन्न। स्थायित्वकालागि बैदेशिक निती र संबन्धका पुराना मान्यताहरुमा पनि समयानुकुल परिवर्तन जरुरि छ।

Advertisements