वेलायती जनतालाई ओबामाको धम्कि (?)

”वेलायत इयू मा नरहे अमेरिकाले गर्ने ट्रेड टक को पुछारमा पर्नेछ” – बाराक ओबामा, अमेरिकी राष्ट्रपति


प्रजातन्त्र भनेको अमेरिकी इण्ट्रेस्टमा ‘भोट हाल्न दवाव’ दिनु हो? वा जनताले स्वतन्त्र भएर आफुलाई लागेको मत जाहेर गर्ने अनि राज्यले त्यसको ब्यवस्थापन गर्ने हो?

”यूरोपिएन यूनियनबाट वेलायत बाहिरिनु हुन्न” भनेर ”हस्तक्षेप” गर्न तीन दिने भ्रमण (२१-२३ अप्रिल) का लागि हतारमा वेलायत आइपुगेका अमेरिकी राष्ट्रपति बाराका ओबामाले द टेलिग्रफमा लेखमात्र लेखेनन संयुक्त भाषणमा खुलेर वेलायती जनताले दिने अभिमतलाई आफ्नो पक्षमा पार्न दवाव दिए। यसले कहिल्यै ‘सूर्य नअस्ताउने’ वेलायती स्वाभिमानमा चसक्क घोच्यो र प्रजातन्त्रको नाममा ‘वादशाह’ हरुको खेल एकपटक फेरी प्रजातन्त्रको जननिमा हुर्केकै मानिसहरुले बुझ्ने मौका पाए। किनभने अष्टेरिटि, आर्थिक मन्दी, वेरोजगारी, आप्रवासी, यूद्धमा लगानी जस्ता समस्याबाट मुक्ति खोजिरहेका वेलायती जनताले ‘दिए अनुसार खासै फाइदा लिए नसकेका’ यूरोपिएन यूनियनलाई कुनै पनि वेला छोडन सक्छन भन्ने कुरा अरेरिकाले बुझेको छ।

त्यसैले लण्डनका मेयर एवं ‘बाहिरिने’ अभियानका नेतृत्वकर्ता बोरिस जोन्सनले ”यूरोपिएन यूनियनमा आफु बस्नु परेको भए अमेरिका मान्दैन तर वेलायतलाई ‘बस्नु पर्छ’ भन्छ- किन?” भनेर सवाल उठाएका छन। त्यतिमात्रै होइन जोन्सनहरुले त ओबामालाई ”वेलायतका प्रति अर्ध केन्नियन (part of Kenyan) मानसिकता समेत भने। अमेरिकी ओभल कार्यालयबाट ओबामा राष्ट्रपति भएर आएपछि वेलायतका ‘वार हिरो’ विन्स्टन चर्चिलको फोटो हटाइएको दुखेसो पनि गरिएको छ।

तर अचम्म लाग्ने कुरा के हो भने ओबामाले भाषणमा प्रयोग गरेको शब्द ‘क्यू (queae) कसरी आयो जवकि अमेरिकनहरुले क्यू (queae) को सट्टा ‘लाईन (line) प्रयोग गर्छन। (Brexit would put UK ‘back of the queue’ for trade talks-Obama) ‘यो भाषण नम्बर-१० कै ड्राफ्ट हुनु पर्छ’ पनि भनिएको छ। डनिंग स्ट्रिट नम्बर-१० मा प्रधानमन्त्री बस्ने गर्छन। वेलायती जनमानस र संचारमा ओबामाको भाषणले तरङ्ग पैदा गरेको देखिएको छ।

एउटा निस्चित सिमाना भित्रका जनताको आकांक्षामा प्रतिविम्वित भोट लिएर चुनिएका पदाधिकारी जो त्यहि मुलुकको हितका लागि बनाइएको संविधानको सपथ लिन्छ भने ऊ कसरि विश्वको हित गर्ने नेतृत्व बन्न सक्छ? के अब वेलायती जनताको प्रजातान्त्रिक अधिकारमा परेको यो दवावले यस तर्फ ध्यान जाला?

boris-johnson-leave-EU
”यूरोपिएन यूनियनमा आफु बस्नु परेको भए अमेरिका मान्दैन तर वेलायतलाई ‘बस्नु पर्छ’ भन्छ- किन?”-बोरिस जोन्सन

हालैमा भारतले निरन्तर नेपाल माथि दिएको दवाव र अमेरिकाले वेलायती जनतालाई यहि जून २३ तारिखका दिन ‘यूरोपिएन यूनियनबाट बाहिरिने वा यथावत बस्ने’ भनेर हुन गइरहेको जनमत संग्रहमा आफ्नो स्वार्थ अनुकुल ”बस्नै पर्छ, नत्र ट्रेड डिलको पुच्छरमा पर्नेछ।” भनेर दिएको दवावले ग्लोबलाइजेशन, मानबअधिकार र प्रजातन्त्र कताबाट धेरै अतिक्रमित र असुरक्षित छ भन्ने कुरा बुझ्न महात्मा गान्धी र अब्राहम लिंकनलाई सहज भएको हुनुपर्छ।

निस्चित रुपमा वेलायत यूरोपमा रहेर अन्य मुलुकसंग गर्न सक्ने सम्बन्ध विस्तार उसका लागि हितकारी हुनेछ। सरकारमा रहेको दल टोरीबाट बाहिरिनु पर्छ भनेर नेतृत्व गरेका लण्डन मेयर बोरिस जोन्सनको समूह र नाइजेल फ़राजको युकिप पार्टि बाहेक सबै यूरोपमा रहनु पर्छ भन्नेमा छन, त्यसैले जनताको अभिमत त्यतै तर्फ जाने निस्चित प्राय: देखिन्छ।

फोटो: द सन पत्रिका

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s