नेपालले अहिले भोगिरहेको अस्थिरता आन्तरिक भन्दा बाह्य कारणहरुले उत्पन्न ठुलो समस्या हो। हामीले त्यसलाई नबुझेरै निम्त्याउदै गएको हो। नेपालमा न त पूँजीवाद धान्न सक्ने पूँजीपति छन न त सरकार नै साम्यवाद धान्न सक्ने अवस्थामा छ, चीनमै त छैन साम्यवाद। हामीले निजिकरणका नाममा हुर्काएको निजीक्षेत्र अर्थतन्त्रलाई सघाउनु पर्यो भने हडतालमात्र गर्छ। सून व्यापारीले घटेको मूल्यमा बेच्न मानेन- हडताल गरे; यातायातमा सिन्डिकेट छ, अस्पताल शिक्षा सबै गुणस्तर देउ भन्यो कि हडताल मात्र गर्छन। यसको कारण निजिकरण गर्दै जादा त्यसलाई नियन्त्रण गर्ने कानूनहरु बनाएनौ; जे बनायौं- कार्यान्वयन गरेनौं। परिणाम केलाएनौ। हचुवामा प्रजातन्त्र सिंगारिन सक्दैन। त्यसैले नेपालमा अहिले बिनावादाले काम गरेको छ; त्यो भनेको खाओवाद हो; लुटवाद हो।

समाजवाद वेलायतमा थियो तर थ्याचरको पालादेखि त्यो बिस्तारै संकटमा छ। युरोपका केहि देशहरुमा अहिले पनि छ। डेनमार्क, फिनल्याण्ड, नेदरल्याण्ड, क्यानडा, स्विडेन, नर्वे, आयरल्याण्ड, न्यूजिल्याण्ड, बेल्जियम आदि मुलुक त्यसको प्रमाण हुन। समाजवाद भनेको नसक्नेलाई कल्याणकारी राज्यले हेर्ने र सक्नेलाई बिस्तारै बामे सर्न दिने हो र जनताका जिवनसंग जोडिएका आधारभुत आवश्यकतालाई सरकारले चलाउने वा सरकारले तोकेका लक्षहरु प्राप्त हुनेगरि संचालन गर्न दिने हो। नेपालमा बिपी कोइरालाले समाजवादको रहर गर्नु भएको थियो, तर कांग्रेसले त्यसलाई खाइदियो, अहिले यता न उताको दोबाटे भएको छ। अहिले विश्वमै उदार, स्वतन्त्र जे नाम दिएको भए पनि पूजिवादले राज गरेको अवस्था छ। अमेरिका त्यसको संरक्षक बनेको छ।   

अस्ताउँदै गरेको पूँजीवाद प्रजातन्त्र होइन, यसले मानव अधिकारको पनि सम्मान गर्दैन; न त अस्ताइसकेको साम्यवादले नै। न्याय र प्रजातन्त्रको वास्तविक सम्मान गर्न सक्ने तर अहिले हराइरहेको समाजवादको खोजी नै आजको आवश्यकता हो। प्रयोगमा असफल भैसकेका वादहरूभन्दा समाजवादको कल्पना गर्नु बेश।©     

तत्कालिन अमेरिकी राष्ट्रपति विल क्लिण्टनको प्रमुख आर्थिक सल्लाहकार हुँदा नोवेल पुरस्कारले सम्मानित प्रोफेसर जोसेफ स्टिग्लिट्जले समाजवादका आर्थिक नीतिहरु प्रयोगमा ल्याउन निकै कोशिस गरे, विश्व बैंकमा गए तर उनलाई ”फ़ाइदा लिइरहेको बलियो बर्गले” निरास बनायो। उनी यो अभियानामा निरन्तर छन र भनेका छन- ‘आर्को विश्व सम्भव छ’। स्टिग्लित्जले भनेका छन– ”समुदाय गरिव भयो भने धनीहरु पनि चैनले निदाउन सक्दैनन। अमेरिका, वास्तवमै, एउटा अपराधी (प्राईम कल्प्रिट) हो। क्लिण्टन प्रशासनमा रहेर काम गर्दा मेरो अनुभव यही नै रह्यो। मैले शुरुदेखी यस्तो ‘हिप्पोक्र्यासी’ को बिरोध गरें।  किनभने यसका लागि अमेरिकि कर दाता र उपभोक्ता दुबैले चर्को मुल्य चुकाउनु पर्छ।’’ (पेज ६) आर्थिक असमानताका कारण सर्वत्र आलोचित हुँदै गएको आमेरिकी अर्थतन्त्रमा सुधार अनिर्वार्य देखेर नै राष्ट्रपति बाराका ओबामाले ”नया अर्थतन्त्र”को वकालत गरे। राष्ट्रपतिका उमेद्वार बर्नी साण्डर्सको लोकप्रियता रातारात बडनुमा पूँजिवादको ‘निर्दयी नाफा’ले काम गरिरहेको छ। वेलायतमा लेवोर पार्टिमा जेरेमी कविनको जित त्यहि हो। अहिलेको ग्रिस सरकारलाई गरिएको घेराउ पनि त्यहि हो।

समाजवाद भनेको नसक्नेलाई कल्याणकारी राज्यले हेर्ने र सक्नेलाई बिस्तारै बामे सर्न दिने हो र जनताका जिवनसंग जोडिएका आधारभुत आवश्यकतालाई सरकारले चलाउने वा सरकारले तोकेका लक्षहरु प्राप्त हुनेगरि संचालन गर्न दिने हो। नेपालमा बिपी कोइरालाले समाजवादको रहर गर्नु भएको थियो, तर कांग्रेसले त्यसलाई खाइदियो, अहिले यता न उताको दोबाटे भएको छ।

प्रोफेसर रिचर्ड वल्फले भनेका छन्- ठुला कम्पनीहरूको शेयर त्यसका कर्मचारी र कामदारलाई दिएर निम्न आय भएको वर्गको पनि राष्ट्रिय आयमाथी पहुंच बढाउन सकिन्छ। २०११ मा ”पुँजिवादले काम गरिरहेको छैन; हामीहरु ९९ प्रतिशत छौं’’ भनेर एकुपी मुभमेन्टहरु भए। पन्ध्र बर्ष लगाएर प्रोफेसर थोमस पिकेटिले तिन सय बर्षमा आम्दानि र पूँजीको बितरण र संरचना माथि अनुसन्धान गरे र असमानताको कारणहरु खोतले। समाजवादी नीति लागु गर्ने कुरा घोषणा गरेको फ्रान्सको अहिलेको हलण्डे सरकारले उक्त नीतिहरु लागु नगरेको भनेर पिकेटिले पुरस्कार लिन अस्विकार गरिदिए।  

चीनका झी रोंग्जी, मलेशियाका महाथिरले र पोल्यान्डले ‘स्ट्रक्चरल एडजस्टमेण्ट’ ”फ़ाइनान्सियल लिबेरलाइजेशन” हतारमा लागु गर्न नमान्नु जस्तै हो- जिम ओ’निलले नेपालको लुक्लामा देखेको ग्लोबलाइजेशनको सच्चा नमूना। त्यहाँ मौलिकता थियो। नेपालले मौलिकता समाएन। त्यसैले चिन मलेशिया र पोल्यान्डले फाइदा लिए। तर मलेशियामा महाथिरलाइ ‘जातिय विद्वेष’ फैलाएर हटाइयो।

परिवर्तनको शक्ति ठुला ढुङ्गाको कापबाट निस्कदै छन्, पछि त्यहि घाँसले ढुङ्गाहरु पुरिन्छन। त्यो नै समाजवाद तर्फको यात्रा हो भन्ने लाग्छ।


#फेसबूक 

Advertisements