मार्च २० अर्थात विश्व खुसियाली दिवस । देशको सम्पन्नतालाई कुल गार्हस्थ उत्पादनले प्रतिनिधित्व गर्न नसक्ने कुरा विश्व आर्थिक मंचको डावसमा केहि समय अघि भएको बैठकमा पनि स्विकार गरिएको छ। खासगरि आर्थिक असमानताको दवावले विकल्पको खोजीलाई तिव्ब्र महत्व दिएको छ । यसै सन्दर्भमा कुल गार्हस्थ खुसियालीको प्रसंग जोडिएर आएको छ।

कुल गार्हस्थ उत्पादनमा समावेश हुन नसक्ने आर्थिक तथा सामाजिक सूचकहरू जसले मानिसको सम्पन्नतालाई प्रतिनिधित्व गर्दछन, तिनीहरु समेत समावेश गरेर कुल गार्हस्थ खुसियाली आँकलन गर्ने गरिएको छ । संयुक्त राष्ट संघको कार्यक्रमको रुपमा सन २०१२ देखि विश्व खुसियाली दिवस मनाउन थालिएको हो ।

विश्वका १५७ देशहरुको अवस्थालाई समेटेर तयार पारिएको विश्व खुसियाली प्रतिवेदेन मार्चको १६ तारिखका दिन प्रकाशित भएको छ। जस अनुसार डेनमार्क (स्कोर ७.५२६) सबै भन्दा खुसि देशमा परेको छ । तेर्हौं स्थानमा अमेरिका, तेइसौं स्थानमा वेलायत, एकसय सातौं स्थानमा नेपाल, एकसय अठारौं स्थानमा भारत परेको छ भने चीन त्रीयासी र भुटान चौरासियौं स्थानमा परेका छन । सबैभन्दा कम खुसियाली छाएको देशमा बुरुण्डी परेको छ ।

उक्त तथ्यांकाले के देखाएको छ भने धन हुँदैमा खुशी रहन सकिन्छ भन्ने छैन । समाज वा व्यक्तिमा निहित समावेशी चरित्र, प्रजातान्त्रिक आचरण, समानता, रहनसहन, सदभाव र लालच जस्ता कुराहरुले उसको खुसीलाई नापीरहेको छ ।

यौटा खरबपतिभन्दा गाउँमा साग सिस्नो र गिठ्ठा भ्याकुर खाएर बाँचेको मान्छे धेरै खुशी रहन सक्छ । त्यसैले गीतामा भगवान श्री कृष्णले भनेका छन- तिमीसंग जति धन दौलत र भौतिक वस्तुहरु रहने छन; तिनीहरुका विचमा तिम्रो सिमित माँया बाँडिन जाँदा तिमी रित्तिने छौ र झन दुखि हुनेछौ । त्यसैले धनभन्दा खुसि प्राप्त हुने तर्फ़को यात्रा नै सर्वोत्तम जीवन हो ।

Image: Google search

Advertisements