बिकास अर्थात ग्रस नेसनल ह्याप्पिनेस

हिजोमात्र यल युनिभर्सिटिका प्रोफेसर, अर्थशास्त्रमा नोवेल पुरस्कार विजेता (२०१३) एवं ”फिशिङ फर फूल” का एकजना लेखक अर्थशास्त्री रोबर्ट शिलरले ‘सरी ग्लोबल सम्मिट’मा उपयोगितावादका महान प्रवर्तक जोन स्टुवार्ट मिलको भनाइ ”ह्याप्पिनेस इज द सोल इण्ड अफ हुम्यान एक्सन” उल्लेख गर्दै बिकास भनेको मानविय खुशी हो भन्ने कुरामा जोड दिएका थिए । आफ्नो पुस्तक फिशिङ फर फूलको चर्चा गर्दा प्रोफेसर शिलरले भनेका थिए- बजार अर्थतन्त्रमा ‘म्यानीपुलेसन र डिसेप्सन’ ले काम गरिरहेको हुन्छ, त्यसैले प्रतेक मानिस त्यस प्रति सजग हुन सक्नु पर्छ अन्यथा त्यसको प्रभाव नराम्रो हुनसक्छ । ‘एसिमेट्रिक इन्फर्मेसन’ ** मा चलेको अहिलेको बजार र त्यसका उपभोक्ताहरुलाई सजग गराउनु फिशिङ फर फूल को उद्देश्य थियो भन्दा फरक नपर्ला ।

यो वास्तविकता रातभरी हल्लिरहेका वेला ”ग्रस नेसनल ह्याप्पिनेस” शब्दले अरु सोच्न मन लाग्यो कि ”ग्रस नेसनल इनकम” को सट्टा ”ग्रस नेसनल ह्याप्पिनेस” ! कुरा राम्रै लाग्यो । ”ग्रस नेसनल ह्याप्पिनेस” भन्ने शब्द मार्फत भुटानका प्रधानमन्त्री छिरिङ्ग टोपगे पछिल्लो समय आफ्नो देशमा भईरहेको बिकास र त्यसको लक्षबारे ‘टेड टक’ मा बोल्दै विश्वलाई जानकारी दिईरहेका थिए । ग्रस नेसनल ह्याप्पिनेस अर्थात कुल राष्ट्रिय खुशीयाली; तर कसरी ? कसरी मुल्यांकन गर्न सकिन्छ खुशीलाई ! उनको यो बिचारहुँदै प्रो शिलरका उक्त बिचारसम्म अाइपुग्दा युटिलेटारियन (उपयोगितावाद) मा आधारित महान दार्शनिक जोन स्टुवार्ट मिलको भनाइ ”ह्याप्पिनेस इज द सोल इण्ड अफ हुम्यान एक्सन” ले ठ्याकै मेल खान्छ । त्यसैले बिकास मानिसको सुखको लागि हुनुपर्छ । यही भएर होला आजकाल मलाई बिकासको पुरै मान्यता नै बदल्नु पर्छ, त्यसका बिकल्पहरु थिए, छन र हुनेछन भन्ने कुरामा निकै घनीभुत हुन मन लाग्ने गरेको छ । मलाई लागेको के हो भने ‘वर्तमान समाजले मानविय कल्याणको वरिपरी रहेर बिकास गर्न सकिने विकल्पका बारेमा त्यती सोचेको छैन; जुन संभव थियो र रहिरहनेछ ।’ बिकास त भएको होला; तर त्यहीँ खुशी पनि हराउँदै गएको छ । उदहारणका लागि अमेरिकि राष्ट्रपतिको चुनावी प्रतिस्पर्धामा रहेका डोनल्ड ट्रम्प र उनलाई बिवादास्पद बनाउने भनाइहरु । वास्तवमा रिपब्लिकन उम्मेद्वार ट्रम्पले जे भन्दैछन त्यो कुनै नौलो कुरा होइन; जे हुर्किएको थियो त्यसैलाइ सम्बोधन मात्र गरेका हुन- ट्रम्पले ! डोनाल्ड ट्रम्पलाई गाली गरेर चुनाव त जित्न सकिएला; वस्तविकता पहिचान गर्न सकिन्न । जहाँबाट चैन हराएको थियो त्यही पुग्न जरुरी हुन्छ- त्यसलाई पाउन ।

अहिलेको बिकासले जे दियो- त्यो नाफा नै हो । प्रतिस्पर्धामार्फत थुप्र्याउँदै जान सकिने नाफा । पैसाले पैसा तान्छ भने झै नाफाले नै झनझन नाफालाई गती दिईरहेको हुन्छ; जुन हामीहरुले वरिपरि नदेखेको होइन । ब्यक्तिगत धनले राज्यलाई नै कुरुप बनाइदिन्छ, सामाजिक न्याय हराउँछ । यसरी नाफा बिना मानिस बाँचनै सक्दैन । नाफानै उसको एकमात्र बाँच्ने आधार बन्न पुग्छ । त्यसैले प्रोफेसर शिलरले भने झैँ- बजारमा ‘म्यानीपुलेसन र डिसेप्सन’ ले काम गरिरहेको हुन्छ । अत: प्रतेक मानिस त्यस प्रति सजग हुन पर्छ अन्यथा समाजमा त्यसको नराम्रो प्रभाव पर्छ ।

नेताहरुले अभाव र बिकृतिहरुलाई पनि उपलब्धि मान्नु बिकास प्रतिको द्रिष्टि दोश हो । समाजमा मानिस मरिरहेको, उनिहरुले दु:ख पाइरहेको बिषय आर्कोको लागि कसरी सुख हुन सक्छ ?! नेपालमा अहिले जे भईरहेको छ मुठ्ठिभर सुविधाभोगिहरु खुशी हुँदैमा अधिकाँश दु:ख पाएकाहरु त्यसप्रति खुशी हुन सक्दैनन । बरु त्यसले त आर्को आन्दोलन रोपिरहेको हुन्छ, यो नै बिक्रिती हो । बिकास भित्र हराउँदै गएको छ- खुशीयाली । विश्वकै बिकास यही चरणमा गुज्रिएको छ । के हामी बिकासलाई नेशनल/ग्रस इनकमको सट्टा नेशनल/ग्रस ह्याप्पिनेसको मान्यता स्थापित गराउन सक्छौँ; जहाँँ म्यानीपुलेसन र डिसेप्सन अर्थात ‘छल-योजना र भ्रम’ ले नाफा कमाउने नाममा पुरस्क्रित हुन नपाओस !

माथि फिचर फोटोका धनवहादुर गोले मकवानपुरको भीमफेदीबाट गाडी बोकेर राजधानी पुर्‍याउने मध्येका एक हुन । केहि समय अघि उनको मृत्यु भयो । न त झण्डा ओडाइयो नत मलामीको जुलुस नै । उनको जिवनमा विकासले के ल्यायो ? यिनले राज्यलाई ‘परिश्रम’ गरेर कति प्रभाव पार्न सक्थे र ठुला ब्यापारिक घरानाका अरबपति मालिकहरुले कति  प्रभाव पार्ने गरेका छन ? जीवनको २० /२१ बर्षदेखि काठमाण्डौमा गाडि बोकेर अर्कालाई सुख दिने इमान्दार धनवहादुर गोलेहरुलाई राज्यले सुख नदिए पनि हुने गरि डिजाइन गरिएको बिकासको मोडेल नै बदल्न जरुरि देखिन्छ ।

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s