लोडसेडिङ् थपिंदै, लघुविद्युत योजनाहरु भने भटाभट बन्द

मुलुक अन्धकारको चक्र ब्युहमा फसेको छ । सन १९११ मा फर्पिङ जल बिध्युत आयोजनाबाट सुरु भएको नेपालको जल बिध्युतको ईतिहास १०० बर्ष नाघ्दा पनि बिजुली ७०० मेगावाटभन्दा नाग्घ सकेको छैन । ठुला आयोजनाहरु लगानिको अभाव र पानीको राजनीतिले गर्दा ‘कुरा उठदै सेलाउँदै’ गर्ने गरेका छन । ग्रामीण बिध्युतिकरण अन्तरगत सन्चालनमा रहेका साना र माझौला कतिपय आयोजनाहरु पनि मर्मत संभारको अभावमा बन्द हुने अवस्थामा अाइपुगेको समाचार पढनु पर्दा ”उर्जा संकटकाल” लागु गर्ने सरकारलाई सोध्नु पर्ने भएको छ के सरकारले जिम्मेवारि बोध गर्न सक्छ ?

मध्यपश्चिम क्षेत्रका कालिकोटमा ४५, मुगुमा १४, जाजरकोटमा १२ र दैलेखमा ७ गरी ७८ वटा लघुविद्युत् योजना बन्द भएको कुरा कान्तिपुरमा समाचार छपिएको छ । सयौं घर उज्यालोबाट अन्धकारमा फर्किएका छन् । सरकारी र गैरसरकारी निकायबाट करोडौं लगानीमा बनेका हिमाली र पहाडी जिल्लामा निर्मित यी आयोजनाहरू बिग्रिएर बन्द भएकाछन् ।

जनताले ज्यान धरापमा राखेर विद्युतका सामान गाउँ लैजानुपर्ने अवस्था छिचोल्दै निर्माण भएका आयोजनाहरु अन्तत: बन्द हुनु दु:ख लाग्दो कुरा हो । त्यस्तै कतिपय आयोजनाका उपकरणहरू पनि जीर्ण भइसकेका छन् ।

०५८ मा माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको बेला ती लघु जलविद्युत् आयोजना निर्माण सुरु भएका थिए । विद्रोही र राज्य पक्ष दुवैको नजरमा हाइड्रोपावर निर्माणमा संलग्न उपभोक्तादेखि कर्मचारीहरू शंकामा घेरामा थिए । माओवादीको पटक–पटक अवरोधकाबीच पनि आयोजना पूरा संपन्न हुनु खुशीको कुरा थियो .

तर आज देशमा जनताले प्रति दिन १८ घण्टासम्म लेडसेडिङ्को मार खेप्न परिरहेका बेला यस्ता आयोजना प्रति सरकार उदासिन हुनु दु:खको कुरा हो । आफुलाई जनता र बिकासको पहरेदार बताउने नेता, दल वा गैर सरकारी संस्थाहरु कसैले पनि यस तर्फ ध्यान दिएका छैनन ।

पर्याप्त लगानीको अभाव, दक्ष प्राविधिकको कमी, नाफामुखी उपभोक्ता समिति, प्रभावकारी अनुगमनको कमी जस्ता कारणले लघु जलविद्युत अलपत्र परेका हुन् । यी समस्या प्रति सरकार दायित्वहिन छ ।

श्रोत: कान्तिपुर समाचार

सम्बन्धित अन्य 

जलविद्युत्को विकास : भुटान र हामी

प्रशारण लाइन निर्माण अवराेध हटाऊ

यसरी हट्नेछ लोडसेडिङ

ऊर्जा संकट कार्ययोजनाको सार्थकता

फोटो: विकिपेडिया

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s