ढोङ

पानी परीरहेको थियो, त्यो झरीको ओससँगै चिसिएको मन न्यानो हुन खोजि रहेको महसुस हुन्थ्यो । तर त्यस्तो हुन त्यति सहज थिएन । किनभने सभ्यताको नाममा समाज पुरै चिसो थियो, तताउने कुराहरुलाई समाजका मान्यतालॆ आफ्नो गर्भमा लुकाएर राखेको प्रतित हुन्थ्यो । अर्थात इन्धनको आपूर्ति बिच पनि सजिलो हुञ्छ भनेर दाउरामा भात पकाए जस्तै । बरु त्यो समाज पुरै धुवाँमा ढाकिन तयार थियो तर धुँवा नभएको ठाउँमा आउन तयार थिएन । यहि थियो समाजलाई गाँज्ने ढोङ ।

ढोङ बडो डर लाग्दो हुञ्छ । ढोङ सबै तिर देख्न सकिन्छ । समाज, बिकास, राजनीति, धर्म आदि सबै तिर । ढोङ नभएको समाज सायदै होला । आधुनिकतामा पनि ढोङ हुन्छन । आधुनिकता नबिग्रियोस्, बिग्रन दिनुहुन्न भनेर धेरै शक्तिका पूजारीहरू त्रसित देखिन्छन । किनभने त्यहि ढोङको सहाराबाट उनीहरुको रोजिरॊटि चल्ने गरेको हुञ्छ । त्यसैले आधुनिक समाजले पुरानोलाई ढोङीको उपमा दिइरहँदा ऊ स्वयं ढोङको प्रतिक बनेको थाहा पाउँदैन ।…

तपाईको बिचार

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.