यसै हप्ता नेपालको अर्थब्यवस्था र त्यसको अबस्थाका बारेमा दुइजना उच्च तहका ब्यक्तित्व- नेपालि कांग्रेसका नेता एवं बिपि पुत्र डा सशांक कोइराला र उद्ध्योगपति बिनोद चौधरिको बिचार तौलेर पढने समय पाइयो ।

 बीपीले परिकल्पना गरेको समाजवाद कांग्रेसी नेताका व्यवहारमा देखिँदैन नि ? भन्ने प्रश्नमा डा कोइराला भन्छन- ”यो एकदम ठीक हो । अक्सफाम भन्ने संस्थाको तथ्यांकअनुसार एक प्रतिशत जनसंख्यासँग विश्वको ९९ प्रतिशतभन्दा बढी सम्पत्ति छ । ६५  जनाको (खासमा त ६२ जना हो) सम्पत्ति ५० प्रतिशतभन्दा बढी छ । यो गरिब र धनीबीचको खाडल किन बढ्यो ? बीपीले प्रतिपादन गरेको समाजवाद आजको वास्तविकता हो । यो अझै पुरानो भएको छैन । वास्तविक समाजवाद अँगाल्न हामी चुकेका छौँ । बीपीले प्रतिपादन गरेको समाजवाद भनेको आर्थिक र सामाजिक क्षेत्रमा देखिने गरी हुने सुधार नै हो । महाधिवेशनमा यसबारे गम्भीर बहस हुनुपर्छ ।”

तर यता उद्ध्योगपति बिनोद चौधरिले भनेका छन- ”डा. महतलाई उहाँको उदार र निजी क्षेत्र मैत्री नितीकै कारण मैले सम्मान गर्ने गरेको छु । सरकारले चलाएका संस्थानहरुको दुर्दिन देखिँदै गएको छ । नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम डामाडोल अवस्थामा पुगेका छन् । नेपाल टेलिकम पनि अब उँधोगतिमा हिड्ने कुरामा दुईमत छैन् । डा. महतलाई उहाँको उदार र निजी क्षेत्र मैत्री नितीकै कारण मैले सम्मान गर्ने गरेको छु ।”

वास्तविक समाजवाद अँगाल्न हामी चुकेका छौँ । बीपीले प्रतिपादन गरेको समाजवाद भनेको आर्थिक र सामाजिक क्षेत्रमा देखिने गरी हुने सुधार नै हो । महाधिवेशनमा यसबारे गम्भीर बहस हुनुपर्छ ।

डा कोइरालाको भनाइमा नेपाली काँग्रेसको दायित्व बोध भएको छ। बिगतमा नेपालि काँग्रेसले बिराएको बिपिको आर्थिक समाजवादलाइ स्मरण गर्न खोजिएको छ। अर्थतन्त्रका तीनवटै खम्बाहरु- उपभोक्ता, निजिक्षेत्र र सार्वजनिक क्षेत्र समानरुपले सबल हुनु पर्ने कुरालाइ डा सशांकले स्मरण गरेका छन। राजनितिक हैशियतका नाताले उनले उक्त तीनवटै क्षेत्रलाइ समान प्रथमिकतामा राखेका छन। यता उद्ध्योगपतिका नाताले चौधरिको बिचार केवल निजि क्षेत्रको बिकाससँग केन्द्रित छ, पूर्णत: नाफामुखि छ।

यस मानेमा नेपाली काँग्रेस बिगतमा आफ्नो आर्थिक निति बनाउन र लागु गर्न असफल भयो तर डा महतको इकोनेमिक्स अर्थात महतोनोमिक्स लागु गरेर एक छाक खान र एक हर ढाक्न नसक्ने करोडौँ नेपालि भएको देशमा ‘अर्बपति’ उत्पादन गर्ने कार्यमा सफल भयो। वास्तवमा यौटा उद्ध्योगपतिका नाताले चौधरिको बिचारमा सोर्है आना सत्यता देखिन्छ। उनले लगानि गरेको नाफा आर्जन गर्नकै लागि हो, जुन गर्न उनि सफल भएका छन तर यौटा राज्यको लक्ष यतिमा मात्रै सिमित हुन सक्दैन।  

‘अर्बपति कम्युनिष्ट’ भएर पनि ‘निजि-पति’ डा रामशरण महतको प्रशंसक बनेका छन। चौधरिको कम्युनिष्ट प्रेम भनेको निजि क्षेत्रको बिरुद्धमा नितिहरु ल्याउन नदिनु हो भने महतोनोमिक्सको प्रसंसा गरेर बिपिको समाजवादको सान्दर्भिकता चर्किरहेका बखत नेत्रित्वमा आउन लागेका काँग्रेसिहरुको दिमाग भुटनु र निजि क्षेत्रकै पक्षमा रहन लगाउनु हो।

चौधरिको भनाइले पनि पूष्ठि गरेको बिषय हो- ”सरकारले चलाएका संस्थानहरुको दुर्दिन देखिँदै गएको छ ।” अर्थात महतको इकोनेमिक्सका कारणले निजि क्षेत्र फस्टायो भने सरकारि लगानि डूबायो। सरकार असफल तर निजि क्षेत्र भने सफल हुन्छ भने त्यहाँ देशको अर्थतन्त्र कसरि सफल भएको मानिन्छ? जबसम्म अर्थतन्त्रका तीनवटा खम्बाहरु उपभोक्ता, निजिक्षेत्र र सार्वजनिक क्षेत्र समानरुपले सबल हुने गरि निति नियम बनाइन्न तबसम्म त्यसलाइ सफल मान्न सकिन्न। असफल अर्थनितिले जनतामा भयंकर असुरक्षा पैदा गर्दछ र निराशाले उनिहरुलाइ गलत ठाऊँमा सौदाबाजि गर्न बाद्ध्य पारिदिन्छ; जसबाट कालन्तरमा निजि क्षेत्रकै अहित हुनजान्छ।

चौधरि बिगतमा एमाले थिए; अहिले पुराना ब्यक्तिले ढाकिएको बाबुरामको नयाँशक्तिमा बसाइँ सरेका छन। एमालेमै बसेर अर्बपति भए तर एमालेको नितिको खुलेर बिरोध गर्न थालेका छन। उनि पुँजिवादको ब्यक्तिबादलाइ साम्यवादको खोल ओडाई रहन्छन। त्यसैले त उनि ‘अर्बपति कम्युनिष्ट’ भएर पनि निजि-पति डा राम शरण महतको प्रशंसक बनेका छन। चौधरिको कम्युनिष्ट प्रेम भनेको निजि क्षेत्रको बिरुद्धमा नितिहरु ल्याउन नदिनु हो भने महतोनोमिक्सको प्रसंसा गरेर बिपिको समाजवादको सान्दर्भिकता चर्किरहेका बखत नेत्रित्वमा आउन लागेका काँग्रेसिहरुको दिमाग भुटनु र निजि क्षेत्रकै पक्षमा रहन लगाउनु हो। हुन पनि चौधरिले यति गर्न नसक्दा उनको ब्यापारिक धर्म मरेर जान्छ। चौधरि आगाडि भन्छन- ”आजको जर्जर अर्थतन्त्रलाई कसैले धानेको छ भने त्यो निजी क्षेत्रले मात्रै धानेको छ । तर एमाले र माओवादीले कहिल्यै उदार अर्थतन्त्र र निजी क्षेत्र मैत्री निती ल्याएनन् ।”

कमसे कम मुलुक भर तुइनमा झुन्डिदै स्कुल वारपार गरेका राष्ट्रका कर्णधार कलिला नानिहरुलाइ झोलुङे पुल बनाइएर गाउँगाउँमा बिकाशको अनुभुति गराएको भए महतको इकोनेमिक्सलाइ एक हदमा सफल मान्न सकिन्थ्यो; जबकि खर्च त २०० जना साँसद हुँदा पनि चलेको थियो अहिले ६०० जना हुदा पनि चलेकै छ। गाबिसहरुलाइ बजेट नदिँदा पनि चल्थ्यो अहिले दिन रोकिएको पनि छैन। यो त खर्चको ब्यवस्थापन गर्ने कुरा मात्र हो। हिजो आफु त्यहि तुइनमा वहर-दोहर गर्ने बाबुआमाले आज त्यसरि नै तुइनमा झुन्डिदै स्कुल जान लागेका नानिहरुलाइ कसरि बिकासको कथा सुनाउलान ! डा महत र चौधरिका छोराछोरिले कहिल्यै पनि त्यसरि तुइनमा यात्राका गर्नु पर्दैन। अहिले प्रधानमन्त्रि वलिले तुइनलाइ हटाउने भने पछि धेरैले गम्भिरता पूर्वक लिए। गाउँका मानिसहरुको दिन-दिनको समस्यालाइ सम्बोधन गरिनु पर्छ। त्यसै गरि सहरमा समस्या फरक हुन्छन तर यहाँ रहेका इन्धन, फोहरमैला, यतायातको जे समस्या छन; तत्काल सम्बोधन हुनै पर्छ। नत्र जनताले राज्य छ भन्ने कुराको महसुस गर्न सक्दैन। यहि खालि ठाउँमा स्वार्थि देशि-बिदेशि शक्तिहरु खेल्न थाल्छन। 

कमसे कम मुलुक भर तुइनमा झुन्डिदै स्कुल वारपार गरेका राष्ट्रका कर्णधार कलिला नानिहरुलाइ झोलुङे पुल बनाइएर गाउँगाउँमा बिकाशको अनुभुति गराएको भए महतको इकोनेमिक्सलाइ एक हदमा सफल मान्न सकिन्थ्यो;

मतलव यो होइन कि निजि क्षेत्रको बिरुद्ध जानु पर्छ; बरु उपभोक्ता, निजिक्षेत्र र सार्वजनिक क्षेत्र समानरुपले सबल हुने गरि निति नियम बनाइनु पर्छ जसले गर्दा सबैको हित सुरक्षित रहन्छ। निजि क्षेत्रको राम्रो बिकास भएको छ त्यसको सदुपयोग गर्दै सबैको, सँधैको लागि बिकास हुने निति तथा कार्यक्रम ल्याउन हदै सम्म प्रयास हुन जरुरि छ। वस्तवमा नेपालि राजनितिक दलहरुको आर्थिक निति र त्यसको कार्यान्वयन नभएकैले जनताको आकाँक्षा सम्बोधन हुन सकेको छैन। उनिहरुमा निराशा छाएको छ त्यसैले उनिहरुलाइ राज्यको सहयोगि हैन बिरोधि बनाएर नहेर्ने क्रम जारि छ। त्यसैले वास्तविक समाजवाद अँगाल्न हामी चुकेका छौँ। बीपीले प्रतिपादन गरेको समाजवाद भनेको आर्थिक र सामाजिक क्षेत्रमा देखिने गरी हुने सुधार नै हो। हरेक दलहरुले यसबारे गम्भीर बहस गर्नै पर्छ।   

गल्ति डा महतको होइन। खासमा नेपाली कांग्रेसले आफ्नो निती लामो समय अर्थमन्त्री भएका नाताले महत मार्फत लागु गर्नु पर्थ्यो। त्यसका लागि नेपाली काँग्रेससँग आर्थिक निती हुन जरुरी थियो, जुन थिएन त्यसैले महतजीले निर्णयगरी संचालनमा ल्याएका कार्यक्रम नै नेपाली कांङ्रेसको ठानियो। बिपिको समाजवाद वा उपयुक्त कुनै कार्यक्रमको अभाव खड्की रह्यो। कसेकम अब त्यस्तो नभए हुन्थ्यो।   

फोटो: गूगल, फेसबुक

Advertisements