धेरैलाई अचम्म लागेको कुरा के छ भने- पूर्व अर्थ सचिव रामेश्वर खनाल र उद्योगपति विनोद चौधरी कसरी एक ठाउॅमा अटाए ! उनिहरु दुवै हालै एमाओवादी पार्टीबाट पलायन भएका बाबुराम भट्टराईद्वारा गठीत नयाॅशक्तिमा आवध्द भएका छन।

जवकि राजस्व छानविन आयोगको प्रतिवेदन अनुसार कर छलेका उद्योग घरानामाथि कारवाही थाल्न फाईल अगाडी बढाउॅदै गरेका खनाललाई चौधरीले रातारात तत्कालीन अर्थमंत्री भरत मोहनअधिकारीलाई पैसोको बिटोले मन्तरेर (!?) सरुवा गराएका थिए, भनिन्छ। त्यसपछि अर्थ सचिवमा कृष्णहरी बाँस्कोटा आएका थिए । स्वभिमानिका कारण त्यो पिडा पिउन नसके पछि खनालले पदवाट राजीनामा बुझाएका थिए ।

खनालको राजीनामाले तरंङ नै ल्यायो। धेरै थरिका अडकलबाजीहरु भए। यो विवादको  केन्द्रमा परोक्ष रुपम बिनोद चौधरी  तानिए। आफुलाई जोख्याउॅदै चौधरीले कान्तिपूरमा लामो स्पष्टीकरण नै लेखे। जसबाट चौधरी ग्रुपलाई चलाउनको हविगत यस्तै हुन्छ भन्ने सन्देश पनि घुमाउरो पाराले दिएका धिए। व्यापारीको देवता पैसो हो भने धर्म चाहीं नाफा, त्यसमा पनि खुला सीमानाका कारण नेपाल र भारतका व्यापारीहरूका लागि दुइ नम्बरि कारोवार गर्न त्यति असजिलो हुन्न।

सायद खनाल र चौधरी बिचको त्यो तिक्तताको रन्को दिमागमा घरिघरि ठोक्किरहने गरेकाले होला नयाॅशक्तिको संयोजक रहेका बाबुराम भट्टराईले ३० बूँदे आन्तरिक आचार संहिता नै जारी गरेका छन।

अतः यसरी फरक फरक स्वार्थ र चरित्रका मानिसहरुको पूञ्ज बनेको छ नयाॅशक्ति। त्यतिमात्र होईन स्वयं बाबुराम भट्टराई माओवादी पार्टीमा खासगरी प्रचण्डसॅग मिल्न नसके पछि बाहिरिएका हुन। यी सबैका बिचमा नेपालमा अहिलेसम्म कतै नदेखिएको एकदम भिन्न खालको मेलमिलाप हुनेछ भनेर कसरि विश्वास गर्नु!

Advertisements