हिजो ५ फेब्रुअरीका दिन  नेपाली छापामा प्रकाशित केही समाचारले उमालेका अर्थपूर्ण बिचारहरुलाई यहाँँ राख्न उपयुक्त ठानेर संप्रेषित गरिएको हो।

भारतले फेरि ग्यास दिन मानेन

भारतीय आयाल कर्पोरेसन्स (आइओस) ले ग्यासको लोडिङ पुन: कटौती गरेको छ । निगम स्रोतका अनुसार आईओसीले फ्रेबुअरीबाट कर्नाल रिफाइनेरीमा ग्यासको बुलेट नपठाउन पत्रचारसमेत गरेको छ । ‘यसअघि मागको ४० देखि ४५ प्रतिशतसम्म लोड दिँदै आएकामा पुन: कटौती गरेर २० देखि ३० प्रतिशतमा झरेको छ,’ 

अन्तरराष्ट्रिय मान्यता र नेपाल भारत बाणिज्य संधिले भारतलाई यसरी एकलौटी निर्णय गर्ने, कोटा निर्धारण गर्ने वा कोटा घटाऊने अधिकार दिएको छ? किन मौन बस्न सक्छ नेपालको राजनीति? त्यो पनि पटक पटक! नेपालको राजनीतिका कारण नेपाली जनताले कहिलेसम्म यस्तो दु:ख झेल्नु पर्ने हो? अनि कसैलाई नेता बनाउन टाउकोमा कफन बाँधेर निस्कने जनता आफ्नो समस्या र अधिकारका लागि चाँहीँ किन बाहिर नाआएको हो? नाकावन्दी खुल्ने कुरा आउँछ तर भारत कोटा घटाउँछ। के हो यस्तो चाला? कसरी बुझ्ने यो समाचार?

वीरगन्ज नाका तत्काल खोल्नुपर्छ

राजेन्द्र महतोले भने- ‘‘अरु सबै नाका खुल्ला रहेको र वीरगन्ज नाका मात्रै बन्द हुँदा तस्करी मौलाएको, स्थानिय जनताले दुख पाएको तथा तस्करीको सामान काठमाडौंसम्म पुग्ने गरेका कारण काठमाडौंमाथी दबाब बन्न नसकेकोले या त सबै नाका बन्द गर्नुपर्छ, नभए वीरगन्ज पनि खोल्नुपर्छ’’

‘जनता मरे पचास लाख दिने’ बिहारी शैलिको आन्दोलनका नाइके राजेन्द्र महतोलाई जनताको दु:खले कसरी छोयो? रातारात महतोको बोली यसरी बदल्ने ‘शक्ती’ र ‘स्वार्थ’ के हुन सक्छ? त्यो शक्ती कुन उद्धेश्यबाट यसो गर्ने अवस्थामा आयो? महतोले बोल्ने बित्तिकै सबै हुने हो भने अन्य आन्दोलनकारि मधिशे दलहरुको औचित्य के का लागि? सबैलाई बाइपास गरेर महतो एक्लैले यसो कसरी भन्न सके?

प्रधानमन्त्री ओली महतोबीच ठट्टा

प्रधानमन्त्री ओलीले औपचारिकरुपमा नाकाबन्दी कहिले खुल्ने जिज्ञासा महतोसित राखेका थिए । ‘‘ओली र महतोबीच केहीबेर फोनमै ठट्टा समेत भयो । ओलीले फोनमा महतोलाई ‘कहाँ हुनुहुन्छ महतो जी’ भनी सोधेका थिए । महतोले ‘विराटनगरमा छु’ भन्ने जवाफ फर्काउने बित्तिकै ओलीले ‘कत्ति प्यारो हो तपार्इंलाई विराटनगर ?’ भन्दै ठट्टा गरेका थिए । प्रतिउत्तरमा महतोले भने, ‘तपार्इंहरू विराटनगरलाई काटेर पहाडमा मिलाईदिनु भयो नि त्यहीं भएर प्यारो हो ’ भनेका थिए ।

यिनिहरुको संवादमा दुखेको देशको संवेदना कहाँँ देखिन्छ? थुनिएको देश, मरिरहेका जनता र नेताहरुको ख्याल ठट्ठा ! यसरी महतोको चाकडिमा लागेर अन्य आन्दोलनकारिहरुलाइ बेवास्ता किन गरिएको हो? जबकी हिजोका दिनमा नाका खोलाउन नमान्ने यही महतो थिए। रातारात महतोको बोली बदलिनु अनी देशका प्रधानमन्त्रिले उनै महतोलाई यत्रो चाकडी गर्नु; प्रधानमन्त्रिको भारत भ्रमणको कुरासंगै यस्तो हुनु, कसका लागि र किन? सबैको राम्रोको लागि यो सब भएको हो भने त त्यसलाई खुशी मान्नु पर्छ तर कसैको जालसाजिस हो भने समयमा नेपाली पक्षले बुझ्न जरुरी छैन र?

चुरेभावरको विज्ञप्ति

चुरेभावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष बद्री न्यौपानेले राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादव र पूर्वमन्त्री रघुवंशप्रसाद सिंहले दिएको अभिव्यक्तिको भत्सर्ना एवम् निन्दा गर्दै ‘नेपालबारे जथाभावी नबोल्न बिहारी नेतालाई चेतावनी’ दिएको समाचार अन्नपूर्णमा प्रकाशित भएको थियो। उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘’नेपाल र नेपालीको राष्ट्रिय स्वाभिमानमा ठेस पुर्‍याउने उद्देश्यबाट दिइएको अभिव्यक्ति स्वाभिमानी नेपालीका लागि अत्यन्तै आपत्तिजनक रहेकाले नेपालको राष्ट्रियतामाथि धक्का पुग्ने गरी अभिव्यक्ति नदिन ती नेतालाई चेतावनी दिइएको छ।’’ 

सरकार, ठुला दल र मानवाधिकारकर्मी कसैको टाउको नदुखेको यो बिषयमा कमसेकम यो सानो दलले यती भए पनि नेपाली जनताको पक्षमा आवाज उठाएको छ। लिपुलेकदेखी साँध सिमानामा बिवाद आउँछ, तर राज्यको ढुकुटिमा हालिमुहाली गर्ने नेपालका ठूला दल र नेताहरु सँधै मौन बस्छन। के देश संचालन गर्ने तरिका यही हो?

ग्लोबलाइजेशनको समय छ, सबै मिलेर काम गर्नु पर्छ तर ठुलो दाइहरुले स-साना भाईहरुलाई जे गरे पनि हुने चलन प्रजातन्त्र र मानवाधिकारको युगले तिनिहरुलाई कसरी दियो? नेपालले बोल्न चाहँदा कुरा सुन्नेहरु धेरै फेला पर्ने छन। बुझ्नु पर्ने कुरा के हो भने जायज कुरा राख्दा सत्ता जाला शक्ती जाने छैन, मान सम्मान झन बढने छ। बिदेशिको पिठ्ठ्यु भएर सत्तामा रहनु भन्दा देशको नेता भएर सडकमा जिउनु धेरै बेश !

Advertisements