कहाॅ छ ‘नयाॅशक्ति’को शक्ति?

बहुदलिय प्रजातन्त्रलाई सिध्याउन २०४७ सालको संबिधानका बिरोधिहरुसॅग कार्यगत एकता गर्दै हिंसात्मक शक्ती आर्जन गरेको ठान्ने बाबुराम फेरी २०७२ को संबिधानको बिरोधिहरुलाइ एकट्ठा गर्दै शक्ति संचय गर्ने दाउमा छन। ‘नयाॅशक्ति’ र सोझा ‘खनालहरु’ त तासको खालमा जोकर मात्र हुन।

अहिलेको संबिधान बिरोधीहरु प्रष्ट छन। २०४७ मा झैं टर्च बालेर खोज्नु पर्दैन। एक नम्बरमा भारत भईहाल्यो, त्यसपछि मधेसका आन्दोलनकारीहरु, नेपालमा चिनको गतिविधि रोक्नै पर्छ भन्ने अन्तराष्ट्रिय डनहरु र स्थायित्व भए दानापनी सुक्ला भनेर अत्तालिएका तस्कर माफियाहरु बाबुरामको शक्तिका श्रोत हुन।

खस-आर्यलाई प्रमुख शत्रु ठान्ने बावुरामले नेपालको अहितमा क्रियाशील ती सबैको ‘भेष्टेड इनट्रेस’ संबोधन गरेर ‘शक्ति’ आर्जन गर्नुपर्नेछ, त्यो गर्न उनी तयार देखिएकाछन। खुलेर लाग्न नसकिरहेका हिन्दू र पूर्व राजावादिहरुले पनि यसलाई आफ्नो आत्मरति पुरा गर्ने माध्यम बनाउने छन।

नेपाललाई फेरी पनि एक थरीले सत्तामा बसेर र अर्काथरिले सडक कब्जा गरेर हराउने खेल खेल्दै छन। जनताको दुखका दिन नसकिकनै थपिने भए।

 

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s