पुँजिवाद र ग्लोबलाइजेशन: बुड्यौलिको नोष्टलजिया !

केही महिना अगाडि द गार्जियनमा पाउल मसोनको एउटा लेख पढने मौका मिल्यो। लेखको शिर्षक ‘पुँजिवादको अन्त सुरु भयो’ भन्ने थियो र लेखक च्यान-फोरका सम्पादक रहेछन। शुरुमा त एक पटक त्यो लेख पढें त्यसपछी सधैंँ झै यताउता लेख चाहर्ने क्रम जारी नै रह्यो। लेख सुरुमा सामान्य लाग्यो।

केही दिन पछी त्यो लेखको समिक्षा र सामाजिक संजालहरुमा जता हेरे पनि उच्च महत्वका साथ श्यर गरेको पाएँ अनी द गार्जियनमा त्यही लेख खोलेर हेरेको सामाजिक संजालहरुमा श्यर मात्रै तीन लाख पचहत्तर हजार जति पुगिसकेको रहेछ, आजको दिन ४ लाख ३० हजार १९० पुगी सकेको छ। यो लेखले अहिलेको विश्व अर्थ ब्यवस्थामा तैरिएका असमानता, गरिवी, मानविय संकट, हतियारको राजनीति र सक्नेले मोज गर भन्ने बिसंगतीको बिकल्प खोज्ने प्रयास गरेको थियो ‘पुँजिवादको अन्त सुरु भयो’ भनेर।

त्यसपछि यो बिषयले झन तान्न थाल्यो। कुनै समय छापामा मुश्लो बनेर छापिने शब्द ‘ग्लोबलाइजेशन’ आजकाल गुफा पसे जस्तै भएको छ। जोसेफ स्टीग्लिट्जको ‘द ग्लोबलाइजेशन एण्ड डिस्कण्टेण्ट’‘मेकिङ ग्लोबलाइजेशन वर्क’ पढे पछी बिकल्प खोज्नु पर्छ भन्ने कुरा सही लाग्न थाल्यो। यसै बिच वर्ल्ड इकोनोमिक फोरमको वेव साइटमा पाउल लाउडिसीनको ”ग्लोबलाइजेशन सिद्धियो: अब के?” भन्ने लेखले पनि त्यस्तै मन छोयो। वास्तवमा आगामी दिनका लागि विश्व आर्थिक एजेण्डा तय गर्ने क्रममा स्विट्जरल्यण्डको डावोसमा भइरहेको मिटिङ र छलफलमा यो कुरा उठिरहेको थियो, जुन बैठकले ‘फोर्थ इण्डस्ट्रियल रिभुलोशन’ को कुरालाई महत्वका साथ उठाइरहेको छ।

उक्त तत्थ्यलाई आत्मसात गर्दै अन्तत: बाराक ओबामाले पनि ”न्यू इकोनोमी” को वकालत गरेर राष्ट्रका नाममा आन्तिम भाषण गरे र भने ”रेबाका र बेनको कथा नै हाम्रो कथा हो”, त्यसैले आगामी अमेरिकि सरकारले गर्ने काम भनेको ‘नयाँँ अर्थतन्त्र’ कै बारेमा हो! यसरी ओबामाले ”रेगन-थ्याचर” युगको अन्त भएको तर्फ संकेत गर्न आवश्यकता ठाने।  कस्तो होला त भोलिको अर्थतन्त्र?

यसरी उक्त दुइवटा लेखहरु अहिलेका अर्थ-साशकहरुको होस खोल्नका लागी निकै प्रभावकारी देखिएका छन, र अर्थशास्त्रीहरुलाई पनि विश्व आर्थिक समस्याको सहि ढंगले समाधान खोज्न बिकल्पका बारेमा खुला रहनु पर्छ भन्ने सन्देश दिएका छन भन्ने लागेको छ। सुचना प्रविधिमा अत्यन्त सफलता हासिल गरेको भए पनि आर्थिक असमानताका कारण ग्लोबलाइजेशन निकै आलोचित छ। यसका हिमायातीहरुले अब पुराना रमाइलो दिनहरु संझेर समय काटनु पर्ने अवस्था आएकै हो त ?!

globalization.PNG

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s