दिल्लिका अरविन्द केजरिवाल ‘नयाँँशक्ति’ होइनन

बहस:  नयाँँशक्ति


अरविन्द केजरीवालले भारतमा पाएको मुख्य मन्त्रीको पदलाई त्यहा नयाँ शक्तिको उदय भएको भनेर व्याख्या गरिदैछ, त्यो गलत हो। विगतमा शुसासनको प्रत्याभूति हुन नसक्दा वाक्क दिक्क भएका भारतीय जनताले केन्द्रमा मोदी र दिल्लीमा केजरिवाललाई ठाउँ दिएका हुन।

अझ वस्तविकता त के हो भने हिँसाको दाग लागेर अन्तरराष्ट्रिय प्रवेषमा समेत रोक लगाइेका नरेन्द्र मोदिलाई अलोकप्रिय हुँदै गएको कांग्रेस-अाइले मात्र खासै निषेध गर्न नसक्ने भएपछि पश्चिमाहरुको रातारातको डिजाइनमा केजरिवाल जागेको बुझिन्छ। अहिले साँचै भन्ने हो भने पत्तासाफ भएको कांग्रेस- अाइभन्दा केजरिवालको आम आदमी पार्टी नरेन्द्र मोदिकालागि चुनौती देखिएको छ। दिल्लिका मुख्य मन्त्री केजरिवालले सत्ता संहालेको यतिका दिन बितिसक्दा पनि भारतीय जनता जसले परिवर्तनको पक्षमा उनलाई भारी मत प्रदान गरे तिनका लागि खासै कार्यक्रम दिन सकेका छैनन। अत: केजरिवाल नरेन्दर मोदिलाई ‘फाले’ लगाउने चाहनाको प्रतिविम्ब हुन भन्दा फरक नपर्ला। त्यसैगरि हिजोको दिनमा रुसी महासंघसँग निकट रहेर काम गरेको कांग्रेस- अाइ र त्यसको नेत्रित्व लिन हौसेका युवा राहुल गान्धीलाई अन्तरराष्ट्रिय शक्ति समुहले दिएको सबक मुलक सन्देश हो।

यिनले निम्न आय भएको भारतीय श्रमिक वर्गको प्रतिनिधित्व गर्न सक्दैनन भन्ने कुरा हालै त्यहाँ १.२५ लाख कुचिकारहरुले बिगत तीन महिनादेखि रोकिएको तलब भत्ताको बिषयलाई लिएर गरेको प्रदर्शनले पुष्ठि गरेको छ, जबकी उनलाई अत्यधिक भोट पाउन यही वर्गले सघाएको थियो।

त्यहि प्रशासन, निति-नियम र कानुन, राज्य संम्रचना र पुरानै सोचका बिचमा पद बहाली गरिनुलाई नयाँशक्तिको उदय भएको भनेर गलत व्याख्या गरिनु हुँदैन । अन्ना हजारेको भ्रष्टाचार विरोधि छविमा उठेका केजरिवाल हजारे स्वयंलाईलाइ बिचैमा छाडेर पुरानो कुर्चीमा नयाँँशक्ति खोज्दै छ्न, जुन असम्भव छ। प्रजातान्त्रिक चुनावमा ब्यक्ति फेरिनुलाई नयाँ शक्तिको उदय भन्न मिल्दैन।

Advertisements

1 Comment

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s