सन २०१७ मा हुन गइरहेको अमेरिकि राष्ट्रपतिको चुनावमा आर्थिक असमानताको मुद्धाले उच्च महत्व पाएको छ । यसै सन्दर्भमा करको कोड परिवर्तन गरेर धनीहरुलाई थप कर लगाउन राष्ट्रपतिका प्रतिस्पर्धी उम्मेद्वार द्वय वेर्नी साण्डर्स् र हिलारी क्लिण्टनले आफ्नो योजना अमेरिकि जनताका सामु प्रस्ताव गरेका छन । हिलारी क्लिण्टनको प्रस्तावमा १० बर्षमा ५०० बिलियन डलर संकलन गर्ने कुरा उल्लेख छ भने वेर्नी साण्डर्सको प्रस्तावमा ५ ट्रिलिओन भन्दा धेरै संकलन गर्ने लक्ष्य छ । यसरी क्लिण्टनकोभन्दा साण्डर्सको प्रस्ताव १० गुणाले धेरै महत्वाकाँङ्क्षी देखिएको छ । यसरी हेर्दा न्युन आय हुनेहरु माझ साण्डर्सको प्रस्तावले पकड राख्ने देखिन्छ भने धनीहरुका माझ क्लिण्टनको प्रस्तावले । कडा प्रतिस्पर्धामा रहेका यी दुई उम्मेद्वार मध्ये कसलाई अमेरिकि जनताले राष्ट्रपतिको लागि फैसला गर्लान, त्यो हेर्न चुनाव सम्म त कुर्नै पर्छ ।

७४ बर्षिय वेर्नी साण्डर्स आफुलाई समाजवादी भन्न रुचाउँछन । यसै बिच उनकालागी २.३ मिलियन डलर चन्दा संकलन भएको थियो जुन रकम बाराक ओबामाका लागि संकलित भन्दा पनि धेरै हो । यसरी उनको पक्षमा स्वस्फुर्त अत्यधिक चन्दा संकलन हुनु नै उनी लोकप्रिय हुँदै गएको आधार हो । हालै गरिएको सर्बेक्षणमा युवाहरु माझ साण्डर्स लोकप्रिय देखिएका छन भने महिलाहरुमाझ हिलारी लोकप्रिय देखिएका छन । १८ देखी ४४ बर्ष उमेर बिचका युवाहरु मध्ये ७८ प्रतिशतले साण्डर्सलाई मन पराएका छन । महिलाहरुमध्ये भने क्लिण्टनलाई ५४ प्रतिशतले समर्थन जनाए । ”हामी एक प्रतिशत” भन्ने नाराका साथ सुरु भएको अकुपी मोभ्मेण्टका समर्थकहरुले पनि बर्नी साण्डर्सलाई नै समर्थन गरेका छन।यसरी  समष्ठिमा  युवाहरु माझ ७४ बर्षिय बुढा बर्नी लोकप्रिय देखिएका छन । मुलत: साण्डर्स ‘प्रजातान्त्रिक समाजवादी’ बिचार भएका अती इमान्दार अमेरिकि राजनीतिज्ञ मानिन्छन।

डेमोक्र्याटिक पार्टिका यी दुवैजना उम्मेद्वार साण्डर्स र क्लिण्टन अन्तरपार्टी प्रतिस्पर्धा गर्दै छन । पार्टिभित्र जसले जित्छ उसैले पार्टिका तर्फबाट अन्तिम उम्मेद्बारी दिनेछन ।

केही दिन अघि राष्ट्रका नाममा सम्बोधन गर्दै वर्तमान अमेरिकि राष्ट्रपति बाराक ओबामाले ”आर्थिक समानताका लागि करको कोड परिवर्तन गरेर ‘नयाँँ अर्थतन्त्र’ स्थापना गर्न आगामी सरकारले यो काम गर्नु पर्ने बताएका थिए ।

Short link: http://wp.me/p5iiCD-In

Advertisements