राजनेता खोज्ने काम अझ तीब्र भएको छ

हालै वेलायतको ‘द बैंकर’ पत्रिकाको अवार्डबाट सम्मानित पूर्व अर्थमन्त्री रामशरण महतलाई नेपाली कांग्रेसले वधाई दिंदै द बैंकरलाई पनि धन्यवाद दिएको छ । यसै बिच आफ्नो ‘संपति बिवरण नदिएर डा महतले भ्रष्टाचार ऐन अन्तरगत रू पाँच हजार जरिवना’ तिर्नेसम्मको कुकृत्य गरेको समाचारले जनताको मनमा ठुलो संसय र निराशा पैदा भयो । अर्थमन्त्री जस्तो जिम्मेदारीमा रहेको व्यक्तिले संपति बिवरण दिनु पर्दैन र ?! देशको बागडोर सम्हालेकाहरु नै अनुत्तरदायी भएपछि बाॅकी देशको हालत सप्रने त कुरै भएन । पुरस्क्रित हुँदा महतलाई बधाई पारित गर्ने कांग्रसले अव उनले गरेको कसुर विरूद्घ कारवही गर्ला ?

स-साना अविश्वासले ने. का. को ईमानदारीतामा जव महाअविश्वास लाग्न थाल्यो त्यसपछि क्रमशः माओवाद, खाओवाद र मधेशवाद हुॅदै विखण्डनवाद र नयाॅशक्तिसम्मका द्वन्द्वले जनतामा असैह्य वेदना र निराशा पैदा गरेकोछ । ने. का. एक्लैले मलुकमा नेतृत्व दिन नसक्ने भएको छ । त्यसैले भविष्य सिंगै बाँकी रहेका यूवाहरुले संगठनको सुद्धिकरणमा लाग्नु अझ टडकारो भएको छ ।

हामी नेपालीले राजनेता खोजेको धेरै भयो तर एक पछि अर्को ‘महान’ आन्दोलनले ‘भुॅडी’ र ‘मुख’को आयतन त बढायो तर ‘टाउकाको’ आयतन कत्ति पनि बढेन । नेपाली जनताले राजनेताको चित्र कोर्न खोजे तर त्यो सफलता हात पर्न सकेन ! यदि राजनेता भएको भए भारतीय दमनको बिरुद्ध लड्न यति धेरै जनता सड्कमा आउनु पर्ने थिएन, संभवत: नेपालले यती धेरै हेपिनु पर्ने थिएन । त्यसैले राजनेता खोज्ने काम अझ तीब्र भएको छ ।

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s