अहिले फेरी एक पटक मानवाधिकार कर्मीहरूको सकृयता बढेको छ । अन्तराष्ट्रिय कानूनकै बर्खिलाप भारतले नेपालमाथि नाकावन्दी लगाउॅदा नेपाली जनताले मानवाधिकार कर्मीहरूबाट सशक्त प्रदर्शनको अपेक्षा राखेका धिए तर केही मानवाधिकार कर्मीहरू त उल्टै भारतीय दूतावासमा गएर नाकावन्दी झन कडा गर्न सुझाव दिए ।

यसरी जनताले खान नपाएर प्याकप्याक परेको बेला अन्तराष्ट्रिय कानून बिपरित लगाईएको भारतीय नाकावन्दीको वास्ता नगर्ने मानवाधिकार कर्मीहरू कतातिरबाट ‘कमण्डलु’ थाप्न बोलाइएछन क्यारे नर्थ कोरियाको बिरोध गर्न भने न्वारनको वल निकालेर लागेका छन ! उता नर्थ कोरियाका किम भने यी सव गतिविधीलाई “खसिको टाउको देखाएर भेंडाको मासु बिकी गरिरहेका ब्यापारीहरुले” ले आफ्नो शक्ति खुम्च्याएर रजाई गर्न खोजेको भन्दै आरोप लगाउॅदै आएका छन ।

स्मरण रहोस कि हालै उत्तर कोरियाले परमाणु बमको सफल परीक्षण गरेको छ र त्यसको बिरूद्धमा अमेरिकाले  उसका बिरुद्ध दक्षिण कोरियामा लडाकू विमानहरु तैनाथ गरिरहेको छ ।

Advertisements