नेपालको बिकासमा दक्षिणको जति महत्व छ उत्तरको पनि त्यती नै

भुपरिवेष्ठित मुलुक बोलिभियालाई पेरुले आफ्नो भुभागमा पोर्ट बनाएर तेश्रो मुलुकसँग समुद्र हुँदै निर्वाध आयात निर्यातको अवसर प्रदान गरेको थियो नेपाल भारत बिचमा पनि यस्तै सहमति आवश्यक हो तर भारत त्यतो उदारता देखाउन सक्छ नेपाली पक्ष सहमतिका लागि आधारहरु नै पेश गर्न समर्थ बाङ्लादेशले नेपाललाईबङलाबन्ध ड्राइ पोर्टप्रयोग गर्न दिने भन्दै आएको तर करीव ५२  किलोमिटर भारतको भुभागले त्यो सुविधा लिन सकिएको छैन

भुकम्प र नाकावन्दिका वेला जुन प्रकारको अभाव देखियो, त्यो नहुनु पर्ने कुरा थियो । विकल्पहरु थिए, ती प्रयोग हुन सकेनन । त्यसलाई प्रयोग गर्न शुरुदेखी उदासिन रहेको कुरा फेरी एक पल्ट प्रमाणित भयो । किनभने अर्थतन्त्र स्वावलम्बी हुनै पाएन । राज्यमा बसेर एकाथरी अतिवादिहरुले निजिकरण का नाममा अर्थतन्त्रलाई बिगारेर बिदेशिको सुविधालाई बिस्तार गरिरहेका थिए भने अर्काथरी अतिवादिहरुले आन्दोलनका नाममा भएको पनि बिनास गरिरहेका थिए, र छन । बिकाशको एजेण्डाले सिंहदरवारका बैठकहरुमा प्रवेश पाएनन, जति पाए केवल औपचारिकता मात्र- निर्णय हुने तर कार्यन्वयन नहुने वा न्यून हुने । 

नेपालको बिकासमा दक्षिणको छिमेकको जती महत्व छ उत्तरतिरको छिमेकको पनि उति नै महत्व छ । नेपालको भौगोलिक र भुपरिबेष्ठित अवस्थाले गर्दा यिनै दुई मुलुकको बिचबाट सुरक्षा र आर्थिक उन्नती खोज्नु पर्ने वाध्यता छ । नेपालले भारतबाट कम्तिमा बाङ्लादेश जोडने फुलवारि बन्दरगाहको बाटो भएर निर्वाध आयात निर्यात गर्ने बातावरण मिलाउन सकेको भए दिर्घकालिन हिसावले निकै महत्वपूर्ण चलाखि हुने थियो । जुन नेपाल भारत दुवैको हितमा रहन सक्ने थियो । नेपालले यस पटकको अभावमा चीन, बंगलादेश लगायत तेश्रो मुलुकहरुबाट भविष्यमा उपभोग गर्न सकिने विकल्पहरुलाई खासै संवेदनशिल भएर हेरेन । खासगरी उत्तर तिरका थप ब्यापारिक नाकाहरु खोलाउने, नयाँँ ब्यापारिक संझौताहरु गर्ने लगायत बङ्लादेशले दिन चाहिरहेका सुविधाहरु लिन चाहेनौ

यसरी नेपालकै हितमा सहज रुपमा काम हुन नदिनेहरुमा

) नेपालमा काम गर्ने भारतका दलालहरु (केही अधिकारकार कर्मि)

) भ्रष्टाचारी तस्करहरु (अन्यत्रबाट त्यस प्रकारको कालो धन नपाईने देखेकाहरु जसमा केही कर्मचारी, ब्यापारि राजनीतिज्ञ पर्दछन )    

) सरकार स्वयं (सत्ता गुम्ने डरले उचित निर्णय लिन नसकेको)

) पश्चिमा ग्लोबालाइजेशनका हिमायातिहरु जो नेपाललाइ चीन र यसको प्रभाव क्षेत्रबाट सँधै अलग राख्न खोज्छ, र नेपालमा यिनै रबर स्ट्यम्पका बिकासवादि बिद्वानहरुले मौलिक अर्थतन्त्र भत्काइरहे ।  

भुकम्पले थिल्थिलिएका नेपालीहरुलाई उल्टै नाकावन्दी नै लगाएर भारतले यसपाली मानविय संवेदनाको उपहास मात्र गरेन भुपरिवेष्ठित मुलुकलाई उपलब्ध हुने निर्वाध पारवहनको सुविधा समेत उलंघन गर्‍यो । त्यसबाट तस्करी फस्टायो, खुला सिमाना भएको भारतका लागी समेत यो अवस्था राम्रो थिएन । उसले नेपाली जनताको ठुलो सदभाव गुमायो । ठूलो मुलुकले सानो मुलुकलाई त्यो पनि अत्यन्त प्रतिकुल अवस्थामा लगाएको नाकावन्दी प्रति पनि प्रजातन्त्र र मानवाधिकारको दुहाइ दिएर नथाक्नेहरु ‘फाईदा’ हेरेर चुप बसेको घटना धेरैले देखे ।  

समस्यालाई सहि तरिकाबाट संबोधन गर्न सकियो भने त्यस्तो समस्या अवसरको रुपमा पनि सवित हुन्छ । तर यस पटक पनि खासगरी नेपालका नितिनिर्माताहरु नै उदासिन देखिए । के नेपाल र भारत पेरु र बोलिभियाले झै आत्मियता साटेर संबन्धलाई चिरस्थाइ बनाउन सक्लान ! अहिलेसम्मको नजिरले त्यस्तो देखिएन ।  

http://wp.me/p5iiCD-Gb

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s