जेरेमी कोबिन अर्थात लेवोर पार्टी, वेलायतका नेता साइकलमा सररर !  न आसेपासे, न त धुपौरेहरु नै; न सुरक्षा न त बिलाशी गाडी नै; सादा जीवन उच्च बिचार; जहाँँ विश्वास त्यहाँ सम्मान । जेरेमी कर्विनले ‘संसदिय बहुदलीय प्रजातन्त्रको’ लागि आफ्नो जिन्दगी सर्पण गरी आएका छन तर ”टाइकुन” मिडियाले उनलाई ”वामपन्थी” कित्तामा उभ्याउने गरेका छन । वालिग मताधिकार सहितको प्रजातन्त्र र बामपन्थ एक आपासमा नमिल्ने कुरा हुन । ‘कल्याणकारी राज्य’को वकालतलाई ‘निजी लगानी’ र ‘नाफा’ को ब्यापारमा संचालित ‘राज्यको चौथो अङ’ले ‘वामपन्थ’को पगरी झुण्ड्याइदिन हतारो गर्नु स्वभाविकै हो ।

हालै अमेरिकि राष्ट्रपती बाराक ओबामाले राष्ट्रका नाममा अन्तिम भाषण दिंदा विद्ध्यमान आर्थिक असमानतालाई स्विकार गर्दै ”नयाँँ अर्थतन्त्र” शब्द प्रयोग गरेर त्यसको वकालत गरेका थिए र भनेका थिए कि ‘आगामी सरकार ले असमानता घटाऊने खालका आर्थिक नितिहरु लागु गर्नु पर्छ । जसकालागी कर, निर्वाचन र नितिगत प्रणालीमा सुधार आवश्यक छ ।’

यसै सन्दर्भमा सोच्नु पर्ने भएको छ कि नीजि लगानिमा ब्यापार समेत गरेका ‘मिडिया हाउस’हरु जो ब्यापारिक प्रतिष्ठानहरुबाटै बिज्ञापन लिएर धानिएका हुन्छन र बिदेशिले पनि तिनै मिडिया हाउसहरुलाई आफ्नो ‘गोयवल्स शैली’को प्रचारका लागि अप्रत्यक्ष्य लागानी गरेर प्रयोग गरिरहेका हुन्छन । नीजि लगानिका त्यस्ता संचार गृहमा हुने आम्दानिको वितरण पनि निकै असमान हुने गरेको छ । थोरै ज्याला दिएर धेरै नाफा कमाउने, सरकारलाइ कम राजस्व बुझाउने र चन्दा-अनुदान र बिज्ञापनसँग पत्रकारिताको धर्म साटने प्रव्रिती पनि हुन्छ । यसो हुनु पद्धतिको चरित्र हो ।

त्यसैले के यस्तो मिडियाले संचारको धर्मका नाउँमा नाफाको ब्यापारलाई तिलान्जली दिएर आर्थिक असमानता बिरुद्ध लोक कल्याणकारी राज्यको पक्षको अभियानमा मनैदेखी सहभागि होलान ?!’अहिले जो फाईदामा छन तिनिहरु धेरै बलिया छन, त्यसैले परिवर्तन चाहनेहरुले निकै संघर्ष गर्नु पर्छ तर आर्को विश्व संभव छ‘ भनेर नोवेल पुरस्कार बिजेता प्रोफेसर जोसेफ स्टिग्लित्जले भनेका छन । उनी आर्थिक असमानता बिरुद्धको अभियानमा खरोसँग लागेका छन । (फोटो: द इण्डिपेण्डेण्ट)

Advertisements