यार्सागुम्बाबाट बार्षिक ५ अर्ब: खै राष्ट्रिय निती ?

यती ठुलो राष्ट्रिय आम्दानिको मौलिक श्रोत उपेक्षित छ, बर्षेनी यार्सागुम्बा टिप्न गएका मानिसहरु मर्ने गरेका छन र तिनिहरुको ज्याला लगायत आर्थिक हितमा राज्य बेखबर छ, यार्सागुम्बा व्यापारीहरुलाई व्यवस्थित कारोवारका लागि फर्म दर्ता गर्नुपर्ने व्यवस्था गरी कारोवारलाई व्यवस्थित गर्नुपर्नेमा बल्ल कुरा चलेको छ । तर त्यस पछी हुने दलाली, भ्रष्टाचारीको त कुरै भएन जसले देशको अर्थतन्त्र नराम्रोसँङ गाँजेको छ । नेपालका निती निर्माताहरुको ठुलो लापरवाहीको नमुना हो यो !     

नेपालमा वार्षिक ५ अर्बको यार्सा संकलन हुने गरेको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ। राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७०/७१ मा नेपालका ११ वटा जिल्लाबाट ४ अर्ब ९२ करोडको यार्सागुम्बा संकलन गरिएको अनुमान छ।
नेपाल राष्ट्र बैंकले हालै यार्साको अधिक संकलन हुने ५ हिमाली जिल्लाहरु दार्चुला, डोल्पा, हुम्ला, बझाङ र मनाङमा स्थलगत सर्वेक्षण र अन्तक्र्रिया माध्यमबाट यसको अध्ययन गरेको छ।
यार्सागुम्बा संकलनलाई व्यवस्थित गर्न सकेमा यसले मुलुकको अर्थतन्त्रमा राम्रो टेवा पुग्ने निष्कर्ष सो अध्ययन टोलीले निकालेको छ। यार्सागुम्बाले हिमाली तथा उच्च पहाडी भेगका गरिब तथा पिछडिएका जनताको आयआर्जन बृद्धि गर्न टेवा पुर्याएको जनाउँदै टोलीले यसलाई व्यवस्थित गर्नुपर्ने खाँचो औंल्याएको छ।
त्यसका लागि बालबालिकाको शिक्षामा असर पार्न नहुने, संकलकको स्वास्थ्य अवस्था मजबुत भएको हुनुपर्ने, अभिमुखिकरण तालिम प्रदान गर्नुपर्ने, संकलकको खर्च निर्धारण गर्नुपर्ने, संकलनको समय निर्धारण गर्नुपर्ने निष्कर्ष टोलीले निकालेको छ।
त्यस्तै यार्सागुम्बा संकलनका लागि अनुमति पत्र वितरण गर्ने शुल्क असुली प्रणालीलाई सरलीकरण गर्नुपर्ने टोलीको निष्कर्ष छ। यार्सागुम्बा व्यापारीहरुलाई व्यवस्थित कारोवारका लागि फर्म दर्ता गर्नुपर्ने व्यवस्था गरी कारोवारलाई व्यवस्थित गर्नुपर्नेमा टोलीले जोड दिएको छ।
यार्सागुम्बाको प्रमुख आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो ठूलो राष्ट्र रहेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यस्तै केही वर्षयता यार्सागुम्बा संकलनमा आकर्षण बढेको र मूल्य पनि बढ्दै गएको राष्ट्र बैंकले उल्लेख गरेको छ।
यार्सागुम्बालाई एक शक्तिबद्र्धक औषधिका रुपमा लिइन्छ। यसले रक्तअल्पता, छाती तथा फोक्सोको संक्रमण, क्षरोग, हेपाटाइटिस बी, मृगौला तथा कलेजो रोगका लागि औषधिको काम गर्ने समेत विभिन्न अध्ययनबाट देखिएको जनाइएको छ।
Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s