नाकावन्दी लगाएर मधेश आन्दोलनलाई भारतले अन्तराष्ट्रियकरण गर्‍यो

अचम्म त के भने मधेश आन्दोलनमा शतप्रतिशत भारतको हात छ । नाकावन्दी लगाएर खासमा मधेश आन्दोलनलाई भारतले अन्तराष्ट्रियकरण गरेको हो, त्यसैको परिणाम हुन कुटनैतिक नियोगहरुको मौनता र मोदी वेलायत गएका बेला त्यहाॅका प्रधानमन्त्रीबिच ‘वैधानिक तवरमा जारी भएको नेपालको संविधान बिरुद्ध’ को संयुक्त वक्तव्य । त्यसैले यस मित्र भारतका जलश्रोत र सुरक्षा सम्बन्धी नदेखिने मागहरु छन, जो नेपालको हित बिपरीत छन । त्यसैले भारत यसलाई प्रष्टसँग टेबुलमा राख्नसक्ने अवस्थामा छैन ।

त्यस्तो मधेस आन्दोलनलाई भारतीय नाकावन्दीसॅग अलग गरेर हेर्नुपर्छ भन्ने बाबुराम कति मूर्ख मानिस हुन ?! खोटो भयो भनेर सिक्काको अर्को पाटो कसरी अलग गर्न सकिन्छ? त्यतिमात्र होईन अहिलेको मधेश आन्दोलन हिजो माओवादी आन्दोलनसँग जोडिएको धियो, त्यसैले बाबुरामहरुलाई आफू प्रधानमंत्री भएपछि आन्दोलन सकियो भन्ने भ्रम थियो । त्यो त सत्य होईन रहेछ । कैलालीको घटनामा जे हर्कत गरे त्यसैगरि मधेश आन्दोलनमा पनि “नयाँ शक्ति” को बिउ रोप्दैछु भन्ने भ्रम उनमा परेको होला, त्यो असत्य हो ।  हालै ‘सिमांकन नमिलेसम्म आन्दोलन फिर्ता नलिनु’ भनेर फेरी मधेश उचाली रहेछन ?! पटक पटक नेपालीलाई अचेत पारेर “रअ” ले उनलाई के गर्न खटाएको हो छिटो सार्वजनिक गर्नु नेपाल र नेपालीको हितमा हुनेछ, कृपया सरकारले यती सहास गरोस ।

वास्तवमा अहिलेको मधेश आदोलनमा भारतीय राजनैतिक पक्षकोभन्दा त्यहाँको खुफिया एजेंसी ‘रअ’ ठूलो हात छ भन्ने कुरा बुझ्न गारो छैन । ठूला मुलुकहरुको राजनीति आदर्शको सिध्दान्त, दलिय मान्यता र नेताको एकतर्फी सोचले भन्दा धेरै ‘सुरक्षाको कारण’बाट संचालित हुने गर्दछ । त्यसैले त्यहाँ त्यस्ता खुफिया एजेंसीहरुको सक्रियता धेरै हुने गर्छ । सुरक्षा हेर्ने निकायहरुका अगाडी मानविय पक्ष र संवेदना गौंण हुन्छ, यो सत्य हो । नेताहरु बहकिएर भोटको राजनीतिका लागि लोकप्रिय कुरा पनि गर्छन तर तिनीहरुलाई सच्याउने ताकत पनि त्यस्ता खुफिया एजेंसीहरु राख्छन ।

त्यसैले यतिखेर भारत अर्को पनि उद्देश्य लिएर काम गरिरहेको छ.. पुरा लेख 

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s