जतिवेला प्रधानमन्त्रि एउटा सार्वजनिक कार्यक्रमलाई संबोधन गर्दै थिए ठीक यसै बेला एक जना १७ बर्षका युवकले प्रधानमन्त्रिसँग सेल्फी खिच्न भनेर प्रधान मन्त्रिको नजिकै पुगेर दर्होसँग प्रधानमन्त्रिको कन्चटमा मुडकी बजारिदिए । प्रधानमन्त्रिको चस्मा चकनाचुर भयो । यो घटना स्पेनका प्रधनमन्त्रि मरियानो राजोइमाथि आफ्नो भविष्य अन्धकार देखिरहेका त्यसै मुलुकका एक युवाबाट भएको हो । यही अाइतवारका दिन हुन गइरहेको त्यहाँको आम निर्वाचनको अवसरमा आयोतित भेलामा आफ्न मतदाताहरुलाई प्रधानमन्त्रि राजोइले संबोधन गर्दै थिए ।

युरोपिय संघको एउटा सदस्य राष्ट्र स्पेन लामो समयदेखी आर्थिक मन्दिको चपेटा फसिरहेको छ । जसको कारणले गर्दा त्यहाँ बेरोजगारी युरोपमै सबैभन्दा धेरै छ । सडकमा मगन्तेहरुको संख्या बढेर गएको छ । यही आर्थिक संकटका कारण स्पेनको एउटा राज्य क्याटालोनिया गत बर्षमात्रै आर्थिक स्वतन्त्रताका लागि भन्दै अलग भएको छ । क्याटालोनियनहरुको अनुसार त्यो राज्य सबै भन्दा धेरै राजास्व संकलन र उत्पादकत्व हुनेमा पर्छ तर केन्द्र सरकारले उनिहरुका लागि बिनियोजित गर्ने बजेट भने साह्रै कम हुने गरेकाले आर्थिक स्वतन्त्रताका लागि अलग हुने निर्णय गरिएको थियो ।

स्पेनमा अहिले बेरोजगारी दर २२.७ प्रतिशत छ जवकी यो दर इटलिमा १२.४ र फ्रान्समा १०.५ रेहेको छ । स्पेन युरोपमा बेरोजगारी सबैभन्दा धेरै भएको मुलुकमा पर्दछ भने इटली र फ्रान्स दोस्रो र तेस्रोमा परेका छन । यद्ध्यपि गत बर्षको यसै अवधिको तुलनामा यसबर्ष स्पेनको बेरोजगारी दर घटेको छ ।

यो समाचार संघियतामा यात्रा शुरु गरेको नेपालका लागि पनि एउटा पाठ हुने देखिन्छ, जहाँ झन्डै शत प्रतिशत युवाहरु आफ्नो सुरक्षित भबिष्यको खोजिमा भौँतारी रहेका छन । स्पेनमा आफ्नो आवाजको सुनुवाई नभएकोभन्दै क्याटालोनिया राज्य स्वतन्त्र हुने निर्णय गर्‍यो भने युवाले प्रधानमन्त्रिलाई दिनदहाडै मुक्का हनेर राज्य प्रती आफ्नो असन्तुष्ठी जनाए

Advertisements