नेपालका ”क्रान्तिकारी” बाणिज्यमन्त्री गणेशमान पुनले नैरोबिमा भएको विश्व व्यापार संगठनको दशौं मन्त्रिस्तरीय सम्मेलनमा भारतीय समकक्षी श्रीमती निर्मला सीतारामनलाई नेपालमा आपूर्ति सहज गरीदन ब्यक्तिगत रुपमा आग्रह गरेर ‘झारा त टारे’ तर सम्मेलनमा भने कुरा उठाएनन । यही संगठनको नियम उलंघन गर्दै नेपालमाथि भारतले नाकावन्दी लागाइरहेको छ र त्यसलाई अन्तराष्ट्रियकरण गर्नु पर्ने माग सर्वत्र उठिरहेको छ । यदी यस्तो ऐन मौकामा पनि नेपालको तर्फबाटै कुरा उठाइँदैन भने अरु कसैले नेपालको समस्यामा चासो लिएन भन्ने ठाउँ पनि रहेन ।

स्मरणिय छ कि  यही  डिसेम्बर १५ देखी १८ सम्म केन्याको नैरोबिमा विश्व ब्यापार संगठनको दशौँ मन्त्रिस्तरिय सम्म्लेन चली रहेकोको छ । नेपाल र भारत त्यस संगठनका सदस्यहरु हुन । तर भारतले त्यही संगठनको नियमलाई उलंघन गर्दै नेपालमाथि तीन महिना देखी नाकावन्दी लगाउँदै आएकोछ ।

अन्तर्राष्ट्रिय सहयोगका लागि विश्व व्यापार संगठनमा उजुरी गर्न जान सक्ने

नाकाबन्दी मोदी सरकारले गरेको हो- मणिशंकर

Advertisements