डोनाल्ड ट्रम्प, मुश्लिम र महाथिर मोहम्मद

अमेरिका आफूलाई विश्वको नेता भनाउन चहान्छ। स्वभाविक रुपमा त्यहाॅका राष्ट्रपतिहरुमा पनि त्यो दम्भ रहने नै भयो ।

डोनाल्ड ट्रम्प अमेरिकी रिपब्लिकन पार्टीको तर्फबाट २०१६ को नोभेम्बर ८ तारिखका दिन हुन गईरहेको राष्ट्रपति पदको निर्वाचनमा प्रत्यसीका लागि तयारी गर्दैछन् । यसै क्रममा उनले मुश्लिमहरुलाई अमेरिकामा छिर्न प्रतिवन्ध लगाउनु पर्ने धारणा एउटा सार्वजनिक कार्यक्रममा व्यक्त गरे । उनको यो बिचारलाई विश्व भरी ‘उग्र’ भनेर प्रतिक्रियाहरु आउने क्रम जारी छ । वेलायतमा उनलाई नै छिर्न प्रतिवन्ध लगाउनु पर्छ भनेर शुरू भएको ई-पेटीशनमा हस्ताक्षर गर्नेहरु झण्डै चार लाख पुगिसकेको छ । यता पक्षमा शुरु गरिएको ई-पेटीशनमा भने करिव दश हजारको हाराहारिले मात्र हस्ताक्षर गरेका छन् । वेलायतको नियमानुसार कुनै पनि बिषयमा एक लाखभन्दा बढीले हस्ताक्षर गरी ई-पेटीशन पेश हुन आएमा संसदले छलफल गरी सार्वजनिक रूपमा निर्णय दिनुपर्छ । यसैबिच वेलायतका चान्सलर (वित्तमंत्री)ले डोनाल्ड ट्रमको उक्त भनाईको बिरोध त गरे तर प्रतिवन्ध नै लगाउने बिषयमा भने केही भन्न चाहेनन । प्रधानमन्त्री डेभिड क्यामरनले पनि हल्का बिरोध गरिसकेका छन ।

trumpउता अमेरिकाका ४९ राज्यहरुले पनि डोनाल्ड ट्रमको उक्त भनाईमा श्वरमा श्वर मिलाउॅदै मुश्लिमहरुलाई अमेरिकामा छिर्न प्रतिवन्ध लगाउनु पर्ने धारणा राख्दै भनेका छन कि यस संबन्धी अन्तिम निर्माण भने फेडेरल गभर्मेण्टको हुनेछ ।

१५ लाख शरणार्थिहरु लिने निर्णय गरेर यो समस्यामा सबैभन्दा ठूलो दिल जर्मनीले देखायो । क्यानडाका नवनियुक्त प्रधानमन्त्रि जस्टिन ट्रुडेउ आँफैले शरणार्थिहरुलाइ एअर्पोर्टमा गएर स्वागत गरे । इराक, अफगानिस्थान, लिविया, सिरिया लगायतका मुश्लिम देशमा भएको आन्तरिक एवं बाह्य आक्रमणका कारणहरु शरणार्थि हुनेहरुमा मुश्लिमहरुको संख्या अत्यधिक रहेको छ ।

यस सवालमा अमेरिका निकै अनुदार देखियो । यसो हुनुका पछाडि उसको सुरक्षा चुनौती नै हो । वेलायतमा डोनाल्ड ट्रम्पलाई प्रवेश प्रतिवन्ध लगाउने बिषयमा भएको चर्चा प्रती ट्रम्पले ‘वेलायतले आफ्नो समस्यालाई लुकाउन यसो गरेको’ भनेर प्रतिकृया दिएका थिए ।

यस्तो ‘उग्र’ र एकलकाटे धारणा राख्दा राष्ट्रपति पदको निर्वाचनमा आफु विजय हुन सक्ने भएकोले डोनाल्ड ट्रम्पले यसो भनेका हुन वा साँच्चै नै सुरक्षा समस्या हो त्यो त भविस्यले नै बताउँने छ । अब यो बिषय अमेरिकि जनताले दिने फैसलामा भर पर्ने छ । जाँदाजाँदै यहाँँनेर के स्मरण गर्नु उपयुक्त होला भने- तत्कालिन मलेसियाका प्रधानमन्त्रि महाथिरले १८ अक्टोबर २००४ मा द स्टारलाई दिएको अन्तरवार्तामा ततकालिन अमेरिकी रास्ट्रपतीको चुनावमा जर्ज बुशनै निर्वाचित हुने कुराको बिश्लेशण गरेका थिए र भनेका थिए की ‘अमेरिकी जनताहरू विश्वबारे धेरै जान्दैनन तर पनि विश्वको शक्तिशाली मान्छेको छनौट गर्दछन’ ।

डोनाल्ड ट्रम्पलाई धक्का लागेको खण्डमा रिपब्लिकन पार्टिका तर्फबाट बूश परीवारका उमेद्वार पूर्व अमेरिकि राष्ट्रपती जर्ज बूशका कान्छा छोरा / भाई जेव बूशको दिन नफर्केला भन्न सकिन्न । त्यसो भयो भने जेव बुशले सरासर आफ्न अग्रजकै पद चिन्ह सम्हाल्ने देखिन्छ । हुन त ट्रम्पको यो विवादास्पद भनाइ पछी गरिएको सर्वेक्षणमा ट्रम्पलाई अर्का प्रत्यासिले उछीनेका छन भने जेव बुश चाँहीं ६ नम्बरमा छन । जेव बुश अझै अगाडि आउन सक्ने कुरा धेरैले अनुमान गरेको बिषय हो । हालसम्म १ नम्बरमा रहेर खटिरहेको ट्रम्प एकाएक संकटमा पर्दा ह्वात्तै जनमत मोडिएर डेमोक्र्याटकी उम्मेद्वार हिलारी क्लिण्टन बिजयी हुनसक्ने अवस्था पनि आउने छ । जे होस विश्व चलाऊँछु भन्ने डोनाल ट्रम्पको उक्त ‘उग्र’ बिचार अमेरिकि जनता र उनी स्वयंका लागि पनि राम्रो हुने देखिन्न ।

पुरा पढनुहोस INCOMESCO मा

Feature Image: Google search

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s