पुराना बैदेशिक निती र संबन्धका मान्यताहरुमा पनि परिवर्तन हुनु पर्छ

नेपालमाथि भारतले नाकावन्दी लगायो, निकै मन दुख्यो । त्यसैले यसबिचमा अन्तरराष्ट्रिय संबन्ध र बैदेशिक नितिहरु संबन्धी पुस्तकहरु पढें, जसको ब्लगहरुमा सबिस्तार चर्चा गरौँला । यहाँँ निष्कर्शमा शेयर गर्नुपर्दा-

नेपालले राज्यका मान्यताहरुलाई समयनुकुल भन्दै आन्तरिक रुपमा धेरै परिवर्तन गर्दै आएको छ । तर ग्लोबलाइजेशनको यो युगमा पुरानै मान्यतामा कटकटिएर अड्किएका बैदेशिक निती र अन्तरराष्ट्रिय संबन्धका मान्यताहरु पनि परिवर्तन हुनु पर्छ भन्ने धारणा बनेको पाइएन । खासमा त मान्यता नै छैन । सामाजिक संजाल समेतले महत्वपूर्ण प्रभाव पार्ने गरेको र ग्लोबलाइजेसनबाट निर्देशित बैदेशिक निती र संबन्धका आयामहरु र नेपालको भौगोलिक अवस्थिती समेतलाई मध्येनजर गरी समयनुकुल परीभाषित, गठन र ब्यवस्थापन गर्नु पर्छ । बैदेशिक संबन्धको उद्धेश्य आर्थिक संब्रिद्धी नै हो, त्यसैले
1) नेपाल, भारत र चाइना बीच सुरक्षाको प्रत्याभुती र लगानी आकर्षित हुनेगरी त्रिकोणात्मक संबन्ध निर्माणमा जोड दिनुपर्छ
.
2) विश्वमा नेपालका नितिहरुले खासै प्रभाव नपार्ने हुँदा सामरिकभन्दा स्वदेशी अर्थतन्त्रलाई बलियो पार्ने गरी आयात, निर्यात, ब्यापार र आर्थिक संब्रिद्धीमा अनुकुल हुनसक्ने मुलुकहरुको पहिचान र संबन्ध बिस्तार गर्नुपर्छ
.
3) आफ्ना निती, सार्भौमिकता, अखण्डताको संम्रक्षण र विश्व मन्चमा नेपालको उपस्थितिलाई अपरिहार्य बनाउन अन्तरराष्ट्रिय जगतसँगको संबन्धमा बिस्तार हुनु जरुरि छ, अत: 
आन्तरिक सुधारले मात्र खुल्लापनबाट फाईदा लिन सकिन्न ।
Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s