अख्तियार भारतको इशारामा चल्योः रामबहादुर थापा

नेकपा क्रान्तिकारी माओवादीका संगठन व्यूरो सदस्य रामबहादुर थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भारतको इशारामा चलेको आरोप लगाएका छन्।
पार्टीको थारुवान राज्य समितिले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा  नेता थापाले भारतको विपक्षमा उभिएका जतिलाई पत्रकाट्नुले त्यही पुष्टि हुने ठोकुवा गरे। नेता थापाले भने ‘ अख्तियार दक्षिणको इशारामा संचालित भयो, यो पुरै राजनीतिक कदम हो।’ उनले नेकपा एमालेका माधव कुमार नेपाल पक्षधर, एमाओवादी भित्र प्रचण्ड पक्षधर र नेपाली काँग्रेस भित्र अमेरिकी लवी भएका (भोजराज घिमिरे  अधिकारकर्मी कनकमणि दिक्षित) व्यक्तिहरू अख्तियारको तारो वनाउन खोजिएको बताए।
पत्रकार सम्मेलनमा थापाले भने ‘भारत अझै खतरनाक चाल चल्दैछ, हाम्रो व्यूरोक्रेसी र राजनेताहरूलाई ववार्द पारेर अब भारत नेपालको अदालत र सेनालाई बर्बाद पार्न खोजिरहेको छ।’ उनले यहाँका दल र नेताहरू समयमै सचेत नहुने हो भने देश भारतको चक्रव्यूहुमा पर्ने खतरा औंल्याए।
नेपालको स्वतन्त्रतामा मुख्य बाधक भारत भएको दाबी गर्दै नेता थापाले भारत नै नेपालको बिकासको वाधक भएको टिप्पणी गरे। भारतीय शासक वर्गले नेपाललाई सधैँ आफ्नो अधिनमा राख्न खोजेकोले त्यसको विरुद्ध नेपाली  एक जुट भएर सामना गर्नुपर्ने उनको धारणा थियो। नेपालको आन्तरिक राजनीति र सिमानाकाको स्वतन्त्रतामा समस्या थुपारेर संकट निम्त्याउने भारतीय रवैया स्वीकार्य नहुने थापाले बताए । ‘सधैँ आफूमाथि झुक्न बाध्य पार्ने रणनीतिमा भारत लागेको छ त्यो कदापी स्वीकार्य छैन’ उनले भने … यो समाचार सेतोपाटिबाट शेयर गरिएको हो  

प्रकाशित मिति: आइतबार, मंसिर २७, २०७२ 

 

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s