प्रमाणहरू भन्छन्, ‘आफूलाई जतिसुकै अलग देखाउन खोजेका होऊन्, भट्टराई पनि दोहोरो मापदण्ड प्रदर्शनमा कुनै नेताभन्दा कम्ती छैनन् ।’

नयाँ शक्ति अभियान सञ्चालन गरिरहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले १७ मंसिरमा भने, “भारतीय शासकलाई प्रचण्ड र देउवाले के आश्वासन दिए ? सत्तामा जानका लागि जे गर्दा पनि हुन्छ भन्ने र यहाँ आएर देशभक्तिको खोक्रो आदर्श प्रस्तुत गर्नेहरूबाट सचेत हुनुपर्छ ।” भारतले ‘नेपाली नेताहरूले आफूहरूले गरेको प्रतिबद्धता पूरा नगरेको भनेको’ बताउँदै भट्टराईले प्रचण्ड र देउवाको भारत भ्रमणमा के कुरा गरेका थिए, त्यसको जवाफ माग गरेका थिए, नागरिक समाजले प्रज्ञा भवनमा आयोजना गरेको कार्यक्रममा ।

संयोग पनि कस्तो ! भोलिपल्ट १८ मंसिरमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतीय राज्यसभामा नेपालबारे एउटा वक्तव्य दिइन्, जसमा भारतले नेपालका राष्ट्रिय नेताहरूलाई बोलाएर आफ्नो सरोकारको कुरा राखेको उल्लेख थियो । त्यसमा प्रचण्ड र देउवाको मात्र होइन, भट्टराईको नाम पनि उल्लेख थियो । जस्तो, उनले दिएको वक्तव्यमा भनिएको छ  ११ प्रमाणहरु पढनुहोस 

Advertisements