यो हप्ता  स्कटिश अर्थशास्त्री प्रा एङस डिटनलाई यस बर्ष २०१५ को नोबेल पुरस्कारले सम्मानित गरिंदैछ । प्रिन्सेटोन विश्वविध्यालय अन्तर्गत अर्थशास्त्र एवं अन्तरराष्ट्रिय मामिलाका प्राध्यापक एङसको कृति The Great Escape: Health, Wealth, and the Origins of Inequality अर्थशास्त्रकाका लागि यस बर्षको नोवेल पुरस्कारका निम्ति छनौट भएको थियो ।



मुलत: यिनले समातेको क्षेत्र पनि निम्न आय भएका मुलुकहरु र त्यहाँका जनाताको आर्थिक अवस्था र हितसँग सम्बन्धित छ । उपभोग, गरिवी र कल्याणलाई राम्रोसँग बिश्लेषण गरेका डिटनले सम्मान पाउनु भनेको उनले उठाएका इस्युहरुलाई उच्च तहबाट सम्मान हुनु हो । वास्तवमा ग्लोबलाइजेशनले आर्थिक असमानता सहन गर्नै नसक्ने गरी बढाएको कुरा यो पुरस्कारले फेरी एक पल्ट मान्यता पाएको छ । त्यस अघी प्रा जोसेफ स्टिग्लिट्जलाई असिमेट्रिक इन्फर्मेसन (Asymmetric Information) संवन्धी उनको कृतिको लागि सन २००० को नेवेल पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार समारोहमा बोल्दै स्टिग्लिट्जले भनेका थिए ‘यो पुरस्कार गरिवहरुको हितमा बोल्नका लागि मलाई प्रदान गरिएको हो ।’ उनले यो आवाज निरन्तर जारी राखेका छन । आफ्नो पुस्तक The Globalization and Its Discontents मा त आर्थिक असमानता बढनुमा अमेरिकालाई प्रमुख दोषी ठहर्याउँदै ”प्राइम कल्प्रिट” नै भनेका छन ।

डिटनले अर्थतन्त्रलाई न्यायिक तवरमा संचालन हुन दिनका लागि राज्यको क्षमतामा बिस्तार हुन जरुरी देखेका छन । उनी अगाडि भन्छन दुर्भाग्यबस धनी राष्ट्रहरुले ‘कुराहरुलाई झन खराव बनाएका छन’ (Unfortunately, the world’s rich countries currently are making things worse.) धनी राष्ट्रहरुबाट गरिव राष्ट्रमा जाने सहयोग पनि क्रिडिट हो जुन स्वास्थ्यमा लगानी भईरहेको छ, जसले स्थानिय सरकारको क्षमतालाई कम आँकलन गरेको बताएका छन । खासगरी धनी राष्ट्रहरुबाट गरिव राष्ट्रहरुमा जाने सहयोगको उनी कडा आलोचक हुन । उनले उठाएको सवाल के हो भने किन धनीहरु अरुहरुभन्दा सँधै धनी र स्वास्थ्य भईरहन्छन !

उनले पुरस्कार पाएपछी बिभिन्न प्रतिकृयाहरु आए । अर्थशास्त्री डानी रोड्रिकले ट्विट गर्दै भनेका छन ‘उनलाई गरिएको पुरस्कारबाट ‘एड उद्ध्योग’ खुशी हुनेछैनन । त्यसैगरी उन्ले भनेका छन डिटन ‘अहोरात्र गरिवहरुलाई बुझ्नका लागि कृयाशिल रहे ।’

bloomberg.com

Deaton wins economics Nobel Prize 

telegraph.co.uk

nobel-prize-2015

project-syndicate.org

Advertisements