काठमाडौं महानगरपालिकाले रानीपोखरीलाई पुनर्निर्माण गर्दै यसको स्वरुपमा समेत परिवर्तन ल्याउन लागेको छ।
.
म्युजिकल फाउन्टेन सहितको रानीपोखरी अब प्रत्येक दिन सर्वसाधारणको लागि खुला गर्ने महानगरको तयारी छ। काठमाडौं महानगरपालिकाको भौतिक योजना तथा भवन निर्माण बिभाग प्रमुख उत्तरकुमार रेग्मीका अनुसार महानगरपालिकाले रानीपोखरीको पुनर्निर्माण कार्यलाई अघि बढाएको छ।
 .
bikaasa sabaikaa laagiफाउन्टेन र विभिन्न करिडोरको साथै हरीयाली बनाइएको रानी पोखरीको डिजाइन तयार भइसकेको भए पनि पुरातत्व बिभागले हालसम्म निर्माण कार्य थालनी गर्नको लागि अनुमति  भने दिएको छैन। पुरातत्व विभागले अनुमति दिनेबित्तिकै निर्माण कार्य थालनी हुने रेग्मीले जानकारी दिए।
.
१० करोड लागतमा रानीपोखरीको पुर्नर्मिाण गर्न लागिएको छ। रत्नपार्कमा बोरिङ गरेर पानी निकाल्ने र बेलुकाको समयमा म्युजिकल फाउन्टेन चलाउने महानगरको तयारी छ। दैनिक ३ हजार जना रानीपोखरीमा भिजिटर आउने भौतिक योजना तथा भवन निर्माण बिभाग प्रमुख  रेग्मीको आँकलन रहेको छ।
.
भूकम्पको कारण क्षती पुगेको रानीपोखरीको मन्दिर पनि महानगरले पुनर्निर्माण गर्ने भएको छ। साथै यसको लागि १ करोड बराबरको रकम समेत महानगरले छुट्याएको छ। गत वर्ष सम्पन्न भएको सार्क सिखर सम्मेलनको समयमा तीन करोडको लगानीमा फाउन्टेन निर्माण गरिएको भए पनि फाउन्टेन भने दैनिक रुपमा हालसम्म सञ्चालन हुन सकेको छैन। अब भने बेलुकापख प्रत्येक दिन म्युजिकल फाउन्टेन सञ्चालनमा ल्याउने महानगरको योजना छ।  पुरा पढनुहोस र अन्य डिजाइन नक्सा पनि हेर्नुहोस 
.
Advertisements