देशको अवस्था हेर्दा मिक्स्ड फिलिङ हुन्छ

कुलचन्द्र गौतम, पूर्व उपमहासचिव- संयुक्त राष्ट्रसंघ

  • नेपाललाइ हालै भारतले लगाएको ‘नाकावन्दी’ हो होइन भन्ने कुरामा वहाँँ प्रष्ट हुनुहुन्छ कि – यो नाकावन्दी हो र त्यसमा भारतको संलग्नता छ । त्य्स कुराको प्रस्ट संकेत हो- भारतको राज्य सभामा भएको नेपाल संवन्धी बहस र त्यसमा बिदेश मन्त्री शुष्मा स्वराजले दिएको उत्तर । उनले भनेकी थीइन ”यो पहिलो नाकावन्दी होइन”
  • विश्वको ठूलो राष्ट्र जो उदियमान अर्थतन्त्रका रुपमा आउन खोजिरहेको छ, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा स्थाई सदस्यताको लागि कृयाशिल छ; यस्तो मुलुकले नेपाल जस्तो सानो मुलुकको सानो बिवादमा आफ्नो कुनियत देखाउनु हुनेथिएन ।
  • संयुक्त राष्ट्रसंघले कुरा उठाएर मात्र हुँदैन, त्यसका लागि शक्ती राष्ट्रले पनि साथ दिनु पर्छ
  • नेपालमा बिकास भएको छ तर धेरै लामो समय संक्रमणमा फस्यो । एक पछी आर्को राजनीतिक परिवर्तनले मात्र देशको बिकास हुन्छ भन्ने विश्वाश गरियो, जवकी शुशासन, प्रजातन्त्र, जनउत्तरदायित्व, बिधिको शासन जस्ता कुराहरु अपरिहार्य हुन । त्यो नभैकन कुनै पनि वादले काम गर्न सक्दैनन भन्नेकुरालाई पटक्कै ध्यान दीइएकोछैन । नेपाल र कोरियाको उदाहरण सटिक छन ।
  • शब्दमा होइन, वादमा होइन काममा तल्लिन हुनु पर्‍यो । अन्यथा परिवर्तन नै परिवर्तनका नाममा मुलुकले धेरै सँक्रमण भोग्न अवस्था आउँछ, जुन नेपालअले भोगी रहेको छ

वहाँँका भनाइहरुबाट निचोडहरु निकाल्न सकिन्छ:

  • नेपालले यस्ता थिंकट्याकहरुको समुहनै बनाएर फिडब्याक लिन जरुरी छ ।
  • संयुक्त राष्ट्रसंघ वास्तवमा ठुला राष्ट्रको लागि मात्र प्रयोग भएको छ, यसबाट गरिव र शक्तिहिन राष्ट्रले धेरै आस नगरे हुन्छ ।
  •  हामीलाई विकासबाहेक अरु केही पनि चाहिएको छैन, तर विकासको नाममा हामीलाई ढाँट्ने काममात्र भएको छ।
  • कागजमा लेखिने शब्दहरुमा शक्ति हुँदैन भन्ने ज्ञान हुँदाहुँदै पनि त्यसैकालागि मरिहत्ते गर्ने पाखण्डी परम्परा नेपालमा बसेको छ। आजसम्म आइपुग्दा राष्ट्रियता नराम्रोसंग स्खलित भएको छ।
  • अहिले नेपाललाई चाहिएको शक्ति भनेको राष्ट्रिय शक्तिलाई बलियो पार्ने, बिकास र सुशासनलाइ ब्यवस्थित गर्ने हो । दलहरुको शक्ति, जनताको शक्ति र विदेशिको गुह्य स्वार्थबिच तालमेल मिलेको देखिन्न। त्यसैले यिनै शक्तिहरुको बिचबाट न्युनतम शक्ति आर्जन गरेर अघि बढनु पर्ने आवश्यकता छ। शक्ति आर्जन हुने ठाउँ भनेको जनता, सार्वभौम शक्ति र बलियो अर्थ तन्त्र हुन। तर जहाँ शक्तिको श्रोत निहित रहेको छ तिनैलाई कमजोर पर्दै फेरी नयाँ शक्ति खोज्ने उल्टो काम नेपालमा भएको छ।
  • विडम्बना, नेपालको नेतृत्व गर्नेहरुबाटै विदेशीलाई बुझाउदै लागेको शक्ति खोस्न अब जनताले नयाँ शक्ति आर्जन गर्नु परेकोछ। त्यसलाई पराजित गर्नु निकै चुनौतिपूर्ण छ।
  • बिकासको कुरा गर्न छाडेर फेरी नयाशक्तिको कुरा अगाढी आएको छ, त्यो पनि आर्को वाद र आन्दोलनअको कुरा हो । त्यसैले अब बिकासको कुरा र कसरी बिकास हुन्छ भन्नेमात्र कुरा गरौ । हामीलाई कागजमा लेखिने शब्द होइन ब्यबहारमा देखिने बिकास चाहिएको हो ।

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s