पछाडिबाट छुरा हाने

अब के प्रमाणित भएको छ भने भारत केही स्वार्थ पुरा गराउन नेपालका सत्ताधारी र आन्दोलनकारी सबैसॅग मिलेर दोहोरो भुमिका निर्वाह गर्छ र यता नेपालका सत्ताधारी र आन्दोलनकारी पनि आफ्नो (कु)सफलताका लागि भारतिय दोहोरो भुमिकामा बिभाजित भएर आफ्नो भात भान्सा चलाउॅछन । त्यसैले अर्काको खटनपटनमा बाॅच्ने यी परजीवीहरु कहिले अघाएर टन्न हुन्छन त कहिले भोकले सुसुपाल । त्यसैले पाएको बेला हतारोमा यति धेरै घिच्ने गर्छन कि वरिपरि भोकले ग्रस्त आफ्ना मित्रहरुको समेत वास्ता गर्न भ्याउॅदैनन् । परिणामत: यी घिचाहाहरु मित्रहरुबाट असुरक्षित त महसूस गरिरहेका हुन्छन नै त्यस अलावा आफ्नो कार्य क्षमता पनि तिब्र क्षयिकरण गरिरहेका हुन्छन । साथसाथै यसै मौकामा जालोमा एक एक गरी फसाईन्छ ताकि कुनै बिरोधी गतिविधि संचालन हुन नपावस, यो कुराको उनिहरु कसैलाई पनि हेक्का रहन्न । उखान त जानकारीमा रहनु पर्ने हो कि – ‘आँफै बोक्सी, आँफै झाँक्री’ ; ‘पछाडिबाट छुरा हान्ने’ ‘दुधको साक्षी बिरालो’ आदी ।

कुखुरा मार्नु अघी छोप्नका लागि चारो हालिन्छ, वली काटनु अघि पूजा गरिन्छ, बाघलाई मार्नु अघि मासुको चोक्टा फ्यालिन्छ आदी । यी कुराहरुलाई पाइलै पिच्छे किन मनन गर्दैनन ‘ठुलाबडाहरु’ ! जब फस्छन तब बर्बराउन थाल्छन, टाउको दुखेको औषधी नाइटोमा लागाएर !? अहिले ठीक यस्तै भएको छ । देशले एकपछी आर्को संकट्को सामना गर्दै छ, नेत्रित्वमा क्ष्मताको अभाव महसुस हुँदै गएकोछ ।

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s