भारतका मणिशंकर, करण सिंह जस्ता नेताहरुले नेपाल र नेपाली जनतालाई वर्तमान भारतीय सरकारले लगाएको नाकावन्दी स्विकार गर्दै नेपाली जनताका प्रती सहानुभुति प्रकट गरेका छन । उनिहरुलाई धन्यवाद भन्नै पर्छ, तर यिनिहरुले पनि यो कुरा उठाउन निकै ढिलो गरे । यसबाट भारतको आन्तरिक राजनीतिमा केही प्लस माइनस होला तर भारतले नेपालको यो पुस्तालाइ पूर्णत: चिड्याएको छ, त्यो फर्कन अब असम्भव छ ।


सोमबार , (7-12-2015) भारतीय राज्यसभामा भएको नेपालसम्बन्धी छलफलमा आफ्नो धारणा राख्दै भारतीय कंग्रेसका नेता मणिशंकर यैयर, जो मनमोहन सिंहको पहिलो मन्त्रिपरिषदमा मन्त्री थिए

बिदेशमन्त्रीज्यूले बिहीवार संसदमा टेवल गरेको बक्तब्यमा धेरैठाउँमा नेपाललाई ‘सुझाव’ दिएको भन्ने शब्द प्रयोग गर्नुभएको छ । यस्तो सुझाव लिने कि नलिने भन्ने अधिकार सुझाव दिइने पक्ष (नेपाल)सँग हुन्छ ।

हाम्रो सवैभन्दा महत्वपूर्ण रणनीतिक छिमेकीसँगको सम्बन्ध बिगार्ने काम त्यतिबेला जब हामीले त्यो ‘सुझाव’लाई ‘आदेश’मा बदलिदियौं । तपाईले कुनै पनि सार्वभौम मुलुकको स्वतन्त्र संविधानसभालाई मेरो सुझाव मान्नैपर्छ भनेर बाध्य पार्न सक्नुहुन्न ।

के हामीले तराई मामिलामा हस्तक्षेप गरेर त्यहाँका जनतालाई कसको पक्षमा भोट गर्ने भन्ने बिषयमा पनि सुझाव दिने हैसियत राख्छौं र ?

नेपालको तराई क्षेत्रबाट ११६ प्रत्यक्ष निर्वाचित सभासद्हरु छन् जसमध्ये १०५ जनाले नयाँ संविधानको पक्षमा मतदान गरेका छन् । तराईबाट प्रजातान्त्रिक तरिकाले निर्वाचित जनप्रतिनिधिले भन्दा के हामीले बढि तराईबासीको भावना बुझ्नसक्छौं ?

तराईबाट निर्वाचितमध्ये जम्मा ११ जना सभासद् नयाँ संविधानको बिपक्षमा छन् । हामीलाई यति ज्ञान हुनुपर्छकी हामीले कसलाई समर्थन गर्ने, कसलाई नगर्ने ?

अहिले दिल्लीमा चार जना मधेसी नेताहरु आउनुभएको छ, उहाँहरुमध्ये तीन जना त चुनावमा हार्नुभएको छ । कतिले दुई-दुईवटा क्षेत्रबाट पनि हार्नुभएको छ । त्यसो भए तराईबासी नेपालीको जनमतको प्रतिनिधित्व कसले गरिरहेको छ ?

के हामीले तराई मामिलामा हस्तक्षेप गरेर त्यहाँका जनतालाई कसको पक्षमा भोट गर्ने भन्ने बिषयमा पनि सुझाव दिने हैसियत राख्छौं र ?

यो समस्या समाधान गर्नका लागि भारतले बिशेष दूत पठायो । तर, एक नेपाली लेखकको टिप्पणीलाई आधार मान्ने हो भने उनले त्यहाँ यस्तो ब्यबहार गरे ता कि उनी भगवान नै हुन् । आखिर किन उनले त्यस्तो गरे ? के प्रधानमन्त्रीले उनलाई त्यसैगरी नेपाली नेताहरुलाई दुब्र्यबहार गर्न निर्देशन दिएका थिए ? उनले के प्राप्त गरे त्यो गलत ब्यबहारबाट ?

हामी को हौं कि यो गर, आजै हुनुपर्छ, भोलि गर्न पाउँदैनस् भन्ने ? के यही हो एक सार्वभौम मुलुकलाई हामीले डिल गर्ने तरिका ?

हामीले २६ नोभेम्बर १९४९ मा प्राप्त गरेको संविधानबारे गत महिना छलफल गर्‍यौं, के हामीले कोही ननिम्त्याइएको बिदेशीले आएर भोली संविधान जारी नगर भनेको मान्थ्यौं त ? ठिक यस्तै घटना भयो नेपालमा । नेपालले सात बर्ष लामो संर्घषपछि संबिधान जारी गर्‍यो, राष्ट्रिय सहमतिका साथ । हामीले त्यस्तो राष्ट्रिय सहमतिलाई किन अबमूल्यन गर्ने ?

हामीले हाम्रो संविधान १२२ पटक संशोधन गर्न सक्छौं भने नेपाललाई किन विश्वास नगर्ने कि, उनीहरुले संविधान जारी भइसकेपछि पनि संसोधन गरेर असन्तोषको माग पुरा गर्नेछन् । संविधान घोषणापछि संविधानसभा संसदमा रुपान्तरण भएको छ र सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएको छ । संविधानका बिषयमा केही मुद्दाहरु छन्, तीनलाई संसोधन गर्नुपर्छ भनेर नेपालको मन्त्रिपरिषद्ले स्वीकार गरिसक्यो ।

हामी को हौं कि यो गर, आजै हुनुपर्छ, भोलि गर्न पाउँदैनस् भन्ने ? के यही हो एक सार्वभौम मुलुकलाई हामीले डिल गर्ने तरिका ?

बहुसंख्यकले स्वीकार गरेको संविधान हो त्यो । २५ सांसदले मात्र विपक्षमा मतदान गरेका छन् । तर हामीले संविधानको स्वागत गर्नु त परै जावोस् नेपालको संविधानलाई ‘ए कन्स्टिच्युसन’ भनेर अबमूल्यन गर्‍यौं, नकि ‘द कन्स्टिच्युसन’भनेर संबिधानका रुपमा मान्याता दियौं । यो कुनै शब्दको खेलमात्र हैन ।

हिन्दु अधिराज्यलाई परिवर्तन गर्दै धर्मनिरपेक्ष गणराज्य बनाएकोमा हामीले बधाइ समेत दिएनौं, स्वागतको एउटा शब्द पनि उल्लेख गरेनौं । तर, चीनको बक्तब्य हेर्नुस् त । उसले नेपालको आन्तरिक मामिलाबाट टाढै बसेर नेपालीको मन जित्ने मौका पायो ।

म केही नेपालीहरुका टिप्पणीहरु सुनाउन चाहान्छु । जहाँ भनिएको छ कि नेपालको सिंगो जेनेरेशन भारत विरुद्धमा भएको छ, आफ्नो कुरा नसुनेकाले दिल्लीले नेपाली राजनीतिज्ञलाई पाठ सिकाउन खोजेको छ भन्ने नेपालीको धारणा बनेको छ । यही हो हाम्रो उपलब्धि ? के हामीप्रति नेपालीको यस्तो धारणा बनोस् भन्ने चाहान्छौं ?

एक वा आधा मात्र अवरोध छन् अरुबाट किन नपठाउने ? हामीले नेपाल जाने अर्को बाटो भेट्टाउन सकेनौं ? एयर लिफ्ट गर्न सक्दैनौं ?

परराष्ट्रमन्त्रीज्यू, यो तपाईको विदेश नीति हो भन्ने विश्वास नै लाग्दैन । तपार्इँको बक्तब्य पढ्दा निकै मिठो लाग्छ । को जिम्मेवार छ यस्तो व्यवहारका लागि ? चुप्पी तोडो । यो ब्यबहारका कारण नेपालको एउटा सिंगो पुस्तालाई हामीबाट ढाटा धेकेलेका छौं । के यही हो म्याडम तपाईको बिदेश नीतिको रणनीतिक उदेश्य ?

५ बर्षमुनीका ३० लाख बालबालिका मृत्युसम्मको खतरामा छ भनेर युनिसेफले भनेको छ, यो ठूलो मानवीय संकट हो । नेपालसँग जोडिएका धेरै रुट छन् । एक वा आधा मात्र अवरोध छन् । अरुबाट किन नपठाउने ? हामीले नेपाल जाने अर्को बाटो भेट्टाउन सकेनौं ? एयर लिफ्ट गर्न सक्दैनौं ?

नेपालसँग सम्वन्ध सुधार गर्न व्यक्तिगत सम्वन्धलाई प्रयोग गर्नुपर्छ । करण सिंहलाई छान्नुस् ताकि उहाँले भन्न सक्नुहोस् नाकाबन्दी मोदी सरकारले गरेको हो, भारतले होइन

नेपालसँग अर्को बाटो छैन् । यदि हामीले त्यसो गरेनौं भने नेपालसँग कुनै बिकल्प छैन् भन्ने हैन् । नबिर्सौं, नेपालसँग तिब्बतको नाका पनि जोडिएको छ । के हामीले आन्दोलनकारीको पक्ष लिएका छौं ? त्यसो हो भन्ने कुरा नेपालभित्र मात्र हैन, भारतका बिभिन्न तप्कामा पनि बिश्वास छ । यदि हामीले त्यसो गरिरहेका छौं भने स्थितिलाई झनै खराव बनाउँदै छौं ।

सर्बदलीय टोली पठाउनेबारे यो संसदमा सहमति हुन्छ भन्ने मलाई लाग्दैन । मलाई लाग्छ व्यक्तिगत सम्वन्धलाई प्रयोग गर्नुपर्छ । मनमोहन सिंहले बिपक्षी नेताहरुलाई समेत प्रयोग गरेर सम्बाद गरेका थिए, सीताराम यचुरी र सरद यादवको सहयोग लिएका थिए, तपाई किन गर्नु हुन्न ? तर, हामी तपाईको यस्तो प्रबृत्तिको साक्षी बनेर जाँदैनौं सर्वदलीय प्रतिनिधिमण्डलमा । ब्यक्तिगत सम्पर्कलाई उपयोग गर्नुस् ।

तपाईँ करण सिंहलाई छान्न सक्नुहुन्छ यो कामका लागि । ताकि उहाँले भन्न सक्नुहोस् नाकाबन्दी मोदी सरकारले गरेको हो । भारतले होइन । उनीहरुलाई क्षति भारतले हैन कि मोदी सरकारले मात्र पुर्‍याइरहेको छ । यो सन्देश नेपालीलाई दिनुपर्छ ।

यदि तपाईँ नेपालीलाई थप हानी पुर्‍याउन चाहानुहुन्न भने छिटोभन्दा छिटो प्राविधिक टीम पठाउनुस् र कसरी नाका खोल्ने, एयर लिफ्ट गर्ने भनेर अध्ययन गर्नुस् । द्वन्द्व बढाउने काम नगर्नुस् । यो नविर्सनस्, ५ लाख मधेसी काठमाडौं छन् । असल छिमेकी बन्न छाडेर यदि तपाई आन्दोलनकारीलाई मात्र सहयोग गरिरहनुहुन्छ भने तपाईँले जसलाई सहयोग गर्छु भनीरहनुभएको उनीहरुलाई खतरातिर धलेलिरहनुहुनेछ ।

१९८४ मा श्रीलंकामा जे भयो त्यस्तो नेपालमा नदोहोर्‍याउँ । नेपालीहरुलाई उत्तेजित नपारौं । भारत सरकार नेपाली जनताको हितका बिपक्षमा छैन भनेर सन्देश दिने यही सवैभन्दा सही मौका हो । यदि हामीले त्यसो गरेनौं भने हामीले नेपाल मामिलामा चीनसँग हार्नेछौं र नेपाली जनतालाई बर्षौ बर्षसम्म हाम्रो बिपक्षमा धकेल्ने छौं ।

  • मणिशंकर यैयर

भिडियो

http://setopati.com/raajneeti/37683/

Translation Source http://www.onlinekhabar.com/2015/12/359799/#sthash.aygTuozW.dpuf

Advertisements