लम्साल, सारा
लम्साल, सारा

⇒ लम्साल सारा 

दादा गिरी तिमीले देखाएको भन्दा

हाम्रो डरलाग्दो छ,

तिमी भन्दा धनि

देखीहाल्यौ होला- हामि कति छौ, कति;

बुद्दिको त कुरै नगर,

जाउ तिमीसंग भन्दा

हामिकहा कति हो कति !

 

कहीले त

थोरै पैंचो मागे हुने जस्तो लाग्छ;

यतिका प्रयास !

हामी तिमिलाई बिफल पार्न लागिपरेका छौ

उर्लेको खहरे जस्तै,

उर्लिरहेको छ प्रेम हाम्रो

पुर्खाले आर्ज्याको भुमिको रक्षार्थ;

तिमी बाज हौ-

झम्लङ ढाकी कतै नेपथ्यमा लुकाउछौ कि भनेर !

 

तिम्रोभन्दा के कम

हेर त तागत हाम्रो !

प्रेम गर्छौँ, देशनै मुटुमा अटाउँछौँ

तिमी त बस, हाम्रा लागि एक बहाना हौ,

प्रयोग भैरहेका छौ हामीकहाँ

हेर हामी तिमीलाई हराऊन

बेफिक्री बगाईरहेका छौ पसिना र कमाई

त्यो त तिमीलाई पनि थाहा भएकै हो

तिमीलाई बचाउन हामीसँग

लिएको फौजी तागत र इमान

तिर्न सक्छौ तिमी ?

र सोध लुटिएका तिम्रा चेलीहरुलाई

तिमी कती बेइमान हौ, भनेर !

 

हामि जे देखाईरहेका छौ

अचम्म ! तिमी तेही देखीरहेका छौ,

तेसैले त भन्न मन लाग्छ-

बुद्दि, धन र तागत को त कुरै नगर,

जाउ, तिमीसंग भन्दा हामिकहाँ कति हो कति !!!

share rule
share rule

http://wp.me/p5iiCD-Az

Advertisements