नेपाली अर्थतन्त्र संबन्धी समाचारहरु पढे पछी यस्तो लाग्यो कि – लामो समय अर्थमन्त्रालय र योजना आयोग समेत चलाएका ‘डाक्टर’ रामशरण महत असफल, संकिर्ण र भिजन नभएका अर्थमन्त्री हुन ।

नेपालका ठुला उद्ध्योगहरुलाई कौडिको मुल्यमा बेच्ने र त्यसमा पनि छानीछानी चाइनिज र रसियन उध्ध्योगहरु परे । निजिकरणकै नाममा राम्रोसँग चलेका साझायातायातलाई बन्द गराएर निजी ‘अग्नी’ यातायातहरु खोलियो । आज यातायात क्षेत्र अस्तब्यस्त छ, त्यहिँ माथि पनि सिण्डिकेट ।  युवा, बेरोजगार, महिला, वालवालिका, युद्धमा अभिवाक गुमाएका वालवालिका र विधुवाहरुका लागि सांकेतिक रुपमै भएपनी जे गर्न सकिन्थ्यो, केही पनि भएन । कंग्रेस सत्तामा जाँदा अर्थमन्त्रालय उनकै पेवा जस्तै भएको छ । कंग्रेसको प्रतिस्ठा र विश्वास आर्जन हुने कुनै योजना उनले ल्याएनन । उनलाई सोध्यो भने ‘थियो’ त भन्लान तर ब्रिद्धभत्ता, तुइन हटाउने, क्रिषकलाई पेन्सन दिने जस्ता लोकप्रिय कार्यक्रम नभएर ”प्रो-क्यापिटलिष्ट” झारा टार्ने खलका मात्रै । जसको सफल कार्यन्वयन गर्न आँफै लामो समय अर्थमन्त्री भएर पनि उनी असफल रहे, उपलब्धी शुन्य !!! उनी गरिवहरुको देशमा धनीहरुले डिजाइन गर्ने कार्यक्रम बनाउँथे, निजिकरण पनी धान्न सकिने मौलिक खालको हुनुपर्छ ‘’Globalization need not to be Americanization; there is scope for the rest of the world to create their own definition of the term using their own characteristics’’ http://bit.ly/12uqVZF भन्ने कुरा उनको हेक्कामा नभए जस्तै भयो ।

दिमाग छुने केही समाचार अंश:

मुस्ताङका किसानले पशु बिमा गर्न थाले http://kinmel.setopati.com/krishi/31281/

किसानलाई वर्गीकरण गरी परिचय पत्र र अनुदान http://annapurnapost.com/News.aspx/story/22530

पानीमुनी आलु फलाउन व्यस्त रामभरोष http://nagariknews.com/economy/main-story/story/49502.html

ठूलो गोलभेँडाको मूल्यमा भारी गिरावट http://kinmel.setopati.com/falful-tarakaari/31271/

केमिकल रहित चिनी उत्पादन गर्ने नेपालकै पहिलो उद्योग http://kinmel.setopati.com/byawasaya/31279/

मुस्ताङमा यस वर्ष रु २४ करोड मूल्यको स्याउ बिक्री भएको छ । http://kinmel.setopati.com/falful-tarakaari/31091/

त्यस्तै:

जुम्लामा स्याउ कुहियो …

सरकारले एक बर्षाभित्र तुइन विस्थापित गर्ने …

सिमेण्ट कारखाना धमाधम बन्द हुँदै …

ब्रिद्ध भत्ता …

आफ्नो गाउँ आँफै बनाउँ …

पूर्वमा अलैँचि खेतिको चकचकी …

पाल्पा ८ करोड बराबरको अदुवा निर्यात … आदी, आदी

यी र यस्ता कैयन खबरहरुमा उनको ‘‘अर्थमन्त्रित्व’’ बेखबर देखियो ।

Advertisements