नाकावन्दिको समाधान के, बिकास कसले गर्छ?

देश नेपाल चरम बिषम परिस्थितीमा छ । एक पछी आर्को निर्णयहरु काम नलागेका मात्र होइनन, तिनै निर्णयहरुले आज मुलुकलाई यो अवस्थामा ल्याइपुर्यायो । देश र जनताको बिकास गर्छु भनेर सत्तामा पुगेकाहरुबाट जनता निराश मात्र होइनन विकल्प खोजिरहेका छन । भुकम्प पछीको पुन: निर्माण र राहत कार्य समेत रोक्ने गरी ठुलो छिमेकीले सानो मन देखाउँदै नेपालमा नाकावन्दी लगाएको दुई महिना भएकोछ । जनता आत्तिएका छन, निसास्सिएका छन ।

अहिले धेरैका मनमा आउने सवाल यिनै गतिविधिमा केन्द्रित छन ।  ‘नाकावन्दिको समाधान के’ र ‘अब देश कता जान्छ’ भन्ने सवाल अहिलेको उच्छ स्थानमा छन । आज पढने मौका मिलेका यी दुई सामाग्रीहरु अहिलेको सन्दर्भमा धारणा निर्माणका लागि निकै सहयोगी देखिए ।

१) प्रा. सूर्य सुवेदीको अन्तर्वाता– जहाँँ उनले भारतले लगाएको नाकावन्दी बारे सटिक धारणा दिएका छन । उनी भन्छन ”तर लोकतान्त्रिक तरिकाले बनेको संविधानप्रति असन्तुष्टि व्यक्त गर्दै कुनै राष्ट्रले नेपालको अन्तर्राष्ट्रिय कानुनद्वारा प्रत्याभूत अधिकार हनन गर्नु नाजायज कुरा हो।… भारतसँग हामीले सशक्त रुपमा कूटनीतिक रुपमा हाम्रो कुरा राख्न सक्यौं र अन्तर्राष्ट्रिय समुदायलाई त्यही किसिमले आश्वस्त पार्न सक्यौं भने भारतले पनि दोहोर्याेएर सोच्नुपर्ने स्थिति आउँछ। – See more at:http://nagariknews.com/main-story/story/49524.html…

२) नयाँँ शक्ती बारेको बिश्लेषणात्मक टिप्पणी – नेपाली जनताले बिकास बाहेक चाहेको केही होइनन, तर उनिहरु ढाँटिने क्रम निरन्तर छ ( http://wp.me/p5iiCD-yE ) सर्वसाधारणदेखि मध्यमवर्ग मात्र होइन, पढेलेखेका र उच्च घरानियाँहरूसम्म मौजुदा राजनीतिक दलका नेताहरूसँग असन्तुष्ट छन् । नागरिकको ठूलो तहले विकल्प खोजिरहेको छ । यस कारणले नयाँ शक्तिको सान्दर्भिकता उर्लिँदो छ तर कसको नेत्रित्वमा ? पुराना, असफल पात्र र प्रव्रिती, जसले मुलुकलाई यो दूर्दनिय कालखण्डमा ल्यायो र अझै पनि बाह्य शक्तिकै भक्तिमा आफ्नो शक्ती खोज्दै त्यसैलाई नयाँशक्तिको नामाकरण गर्न खोज्दै छ, कमसेकम त्यस्ता ब्यक्तिहरुको नयाँँ शक्ती खोजिएको होइन । नयाॅ शक्ति नै रोज्ने हो भने सूर्य सुवेदीहरु जस्ताको नेतृतवमा बनुन, मान्न र भरोसा गर्न सकिन्छ तर फर्सी झैं कुहिएका बाबुरामहरुबाट हिसा र बिनाशको गन्धमात्र आउॅछ र उनले नेपाली जनातालाई धोका र बिपत्तीमात्र भोगाएका छन। See more at: http://bit.ly/1NglXjB

तपाईको बिचार

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.