✔आज हामी नेपालीहरु जे भोग्दै छौँ, त्यो सबै माओवादी हिसाको देन हो । यसकै लागि कारीव १५००० निहत्था नेपालीलाई मारियो, गणतन्त्र ल्याइयो, संघियता अपनाइयो ।

✔यसका डिजाइनर बाबुराम भट्टराई ‘परिस्थिती समाल्न नसक्ने’ र ‘भारतको बिरोध गर्न पनि नसक्ने’ अवस्था देखेपछी नयाँशक्तीको बहनामा भागेकै हो, जसले पछी मैले त भनेकै हो नि फलानाहरुले मानेन भन्नेछ, यिनको नयाँशक्ती जनताकालागि आर्को धोका हो ।

✔मधेश आन्दोलन कथांकदाचित वार्ता र संझौताद्वारा टुंगिएछ भने पनि तुरुपको रुपमा साँचेर राखिएको सि. के. रावतहरुले त्यस संझौतालाई धोका हो भन्दै मधेशको आन्दोलनको नेत्रित्व लिने देखिन्छ ।

✔गणतन्त्र, संघियता र जनजातिको आन्दोलनको खास लक्ष्य मधेश आन्दोलनलाई संस्थागत गर्नका लागि थियो, अन्य जनजाति त प्रयोगमात्र भएका हुन ।

✔भारतले प्रजातन्त्र र आन्दोलनलाई सहयोग गरेको नाममा नेपालबाट अबांछित फाईदा लियो, दिईयो ।

✔नेपाली राजनीतिका नाइकेहरुले बिदेशिलाई बुझाउँदै लगेको शक्ती खोस्न अब जनताले निकै ठुलो मुल्य चुकाउनु पर्ने देखिन्छ । अझै कहाली लाग्दा दिनहरु अगाडि तेर्सिएका छन ।

✔यो श्रिंखलावद्ध अपराधमा नेपाली काँग्रेस र नेकपा एमाले पनि मतियार भए ।

✔अहिले पनि कांग्रेसको प्रतिपक्षको भुमिकामा मधेश आनदोलनलाइ जोडने डिजाइन भइरहेको छ । नेपाली कांग्रेस र एमाले मिलेर परिस्थितीलाई ट्र्याकमा ल्याउन कुनै कसर बाँकी राख्नुहुन्न । अन्यथा परिस्थिति सम्हालि नसक्नु भईसकेको छ । त्यसैले सबै एक ढिक्का हुनुको बिकल्प छैन ।

Advertisements