बाबुरामको बिषले नेपाली जनतालाई धेरै पोलीसकेको छ, अब थप नपोलोस

”छिमेकी भारत र चीन जस्ता दुई उदीयमान विश्वशक्तिहरुसँग सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध राखेर नै नेपालको राष्ट्रिय हित प्रवद्र्धन गर्न सकिन्छ भन्ने तथ्यलाई सबै नेपालीले आत्मसात गर्नुपर्दछ । यस सन्दर्भमा वर्तमान सरकार र सत्ताधारी दलहरुको कुटनीतिक अपरिपक्वता गम्भीर चिन्ताको विषय भएको छ ।’’ उक्त भनाइ बाबुरामले केही दिन अगाडि मधेश आन्दोलन र त्यसमा भारतले देखाएको रबैया बारे ब्यक्त गरेका हुन। 

अरुसँग ‘सन्तुलन’ खोज्ने ब्यक्ती आफु प्रधानमन्त्री भएका वेला भारतसँग अती निकट र चिनसँग अती टाडाको ब्यबहार गरेको कसैले भुलेको छैन । त्यतिमात्र होइन आफुलाई आएको निम्तोमा उपप्रधान मन्त्री विजय गच्छेदारलाई चिन पठाएर भारतलाई ‘परम भक्ती’ देखाएको कसले बिर्सेंको छ र उनको ‘सन्तुलन’ को कुरा पत्याउने? बरु नेपाललाइ भारतले एकातर्फी रुपमा पेली रहँदा चिनिया पक्षले केही राहत दिंदै अप्रत्यक्ष रुपमा ‘केही नगर म पनि छु’ भन्ने ढाडस दिएको अवस्थालाई ‘सन्तुलन’ का नाममा पन्छाउने र फेरी पनि भारतकै हात माथि पार्न उनले ठुलै कसरत गरेको देखिन्छ। शेर बहादुर देउवा प्रधान मन्त्री भएको वेला माओवादिहरुका तर्फबाट बुझाईको ४१ बुँदे ज्ञापन पत्रका ‘निर्माता’ देखी माओवादी हिंसा, भारतीय खुपिया संस्था ‘रअ’ सँगको हिमचिम र प्रधानमन्त्रि हुँदाका बखत निर्वाह गरेको भूमिका नजिकबाट नियालिरहेका जो कोही पनि बाबुराम प्रती आश्वासत हुने ठाउँँ नै छैन। त्यसैले फेरी पनि यिनै पुराना ”शिकारी” र नयाँँ ‘बाज’हरुकै बाहुवलिमा बन्न लागेको ”पुराना जमातको नयाँँ शक्ती” मुलत: नयाँँ बोतलमा कोच्न खोजिएको पुरानो रक्सी हो भन्ने कुरा सबैले बेलैमा बुझ्न जरुरिछ।  

मधेश आन्दोलनलाई यो ठाउँँ सम्म ल्याउन बाबुरामको पनि त्यतिनै ठुलो हात छ, उनले यसमा देखेको सपना सबैलाई सिद्ध्याउने र आफुलाई स्थापित गर्न भारतको संकेतलाई अनुमोदन गर्ने नै हो तर उनले त्यती सजिलै काम गर्न सक्ने देखिन्न। उनले ”कुटनीतिक ढंगले हल गर्ने विधि वर्तमान सत्तापक्षले अपनाउनुपर्छ” भनेर उम्कन मिल्दैन बरु कसरी, कस्तो विधी भनेर प्रष्ट भन्न सक्नु पर्छ। मधेश आन्दोलनका हिस्सेदार को को हुन, तिनिहरुको के कस्तो भूमिका रहने हो र त्यसको समाधानका लागि कतिसम्म लिन दिन सकिने अवस्था छ त्यो कुरा प्रष्ट भन्न सक्नु पर्छ र मधेश आन्दोलका पछाडि देखिएको बिखण्डनको धमिलो चित्र वास्तवमा के हो, जनतालाई स्पस्ट हुन जरुरि छ। किनभने त्यो जातिय क्यानभासमा बिखण्डनको चित्र कोर्ने कलाकार बाबुराम र प्रचन्ड नै हुन त्यसैले पनि बिना कसुर तिनिहरुले समाधानमा योगदान पुर्‍याउनु पर्छ भन्नु गलत हुनुछैन। नेपाली जनतामा श्रिंखलावद्ध घटनालाई जोडेर ‘नियती’ केलाउन सक्ने क्षमता बिकास भई सकेको छ। त्यसैले यस्तो गोलमालको जाली भाषा प्रयोग गरेर आँफै नांगिने काम कसैले नगरुन। बाबुराममा विद्ध्यमान ”इषले भरिएको बिष”को चरित्रले नेपाली जनतालाई धेरै पोली सकेको छ, अझै पोल्ने दुस्शाहस नहोस ।

अझै पनि उनले आर्थिक दृष्‍टिकोण र उपलब्ध श्रोतको बिभाजनबाटभन्दा जातिय दृष्‍टिकोणबाट नेपाली समाजको बिश्लेषण गरेका छन । त्यस भित्र आर्थिक पक्षले पारीरहेको असर बारे कतै पनि उल्लेख छैन।

उनले भनेका छन  ”विहानीले दिउँसोको झल्को दिन्छ भनेझैं नयाँ संविधान जारी भएपछि बनेको सरकारमा पुरानै पात्र र प्रवृत्तिको पुनरावृत्ति देखिनु विडम्बनापूर्ण भएको छ । यसले आगामी दिनमा पनि देशमा कमिसनतन्त्र, माफियागिरी, भ्रष्टाचार, कालोबजारीको विगविगी कायम रहने र देश अल्पविकास, गरीबी र बेरोजगारीको दुस्चक्रमा फसिरहने गम्भीर संकेत दिएको छ ।” यस सन्दर्भमा उनी तिनै पुराना पात्रहरुको पुनराव्रिती हुन जसको नयाँँ शक्तिमा विश्वाश गर्न सकियोस !?  बाबुराम बिनाको ‘नयाँशक्ती’ कल्पना हुन सक्छ, तर जनतालाई धोका हुनेछ बाबुरामको नेत्रित्वको नयाँशक्ती। किनभने प्रधानमन्त्री हुँदा डेकेन्द्र, उज्ज्वल र कृष्णप्रशादका हत्याराहरुलाई जोगाउन उनले जे जस्तो हर्कत गरे त्यो आँफैमा दण्दहिनताको पराकाष्टा थियो। उनी ‘आशा’ र   परिवर्तनका संवाहक होइनन बरु स्वार्थिहरुकै जामात हुन भन्ने कुरा पनि प्रतिविम्वित भईरहेको थियो।      

बाबुरामले कहीं कतै पनि बिगतमा आफुबाट भए गरिएका काम कारवाहिको जिम्वेवारि लिने सहास गरेका छैनन । तत्काली प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाएको ४१ बुँदा, माओवादी हिंसाको १३ बर्ष ,जन आन्दोलन पछी बनेको सरकार, पहिलो असफल संबिधान सभा र संविधान बनाउँदासम्म उनको निर्णयक भूमिका थियो। त्यसको असफलतालाई कोट्याउने तर आफ्नो दोष लुकाउने जुन अभिष्ठ उनमा देखिएको छ, यसैले बाबुरामलाई नेत्रित्वका लागी गलत चरित्र हुन भनेर प्रमाणित गरिरहेको छ।

किनभने प्रधानमन्त्री हुँदा डेकेन्द्र, उज्ज्वल र कृष्णप्रशादका हत्याराहरुलाई जोगाउन उनले जे जस्तो हर्कत गरे त्यो आँफैमा दण्दहिनताको पराकाष्टा थियो। उनी ‘आशा’ र परिवर्तनका संवाहक होइनन बरु स्वार्थिहरुकै जामात हुन भन्ने कुरा पनि प्रतिविम्वित भईरहेको थियो।    

भएको शक्ति कमजोर पार्दै नयाँ खोज्ने पाखण्डि परंपरा बसेको नेपालमा छ । हिजो बहुदलिय ब्यवस्था टिक्न नदिने बाबुरामलाई मधेश आन्दोलनले यो संविधान टिक्न दिनेछैन भन्ने लागे पछी उनी आफ्नो ‘फेस सेभ’ गर्न आँफैले बनाएको संविधानको बिरुद्ध संविधान जलाउने तिनै मधेशवादी आदोलनकारीसंग हातेमालो गर्ने पुगे। बाबुराम समेतले बनाएको संविधानका कारण आन्दोलन गर्न वाद्ध्य पारीएका मधेशी मित्रहरुले यो कुरा नबुझेका होइनन तर अहिले उनिहरुलाई आन्दोलनको समर्थनमा खेतालाहरु चाहिएको छ त्यसैले चुपचाप आन्दोलनमा उर्जा भर्न उनलाई ‘मूर्गा’ बनाइएको छ भने उनलाई त्यसरी दन्केको आगोमा नपोल्ने गरी फाल हाल्न प्रेरित गर्ने ‘शक्ती’ को हो र किन यो सब गरिरहेको छ भन्ने बारेमा उनैलाई थाहा भएको कुरा हो।

बाबुराम भट्टराई स्वयं पुराना, असफल पात्र र प्रव्रिती हुन; नेपाली राजनीतिमा यिनको चरित्र कमजोर जनतालाई सास्ती दिएर मालिक सामन्तिहरुलाई छेस्कलोबाट फाईदा पुर्याउने पाखण्डी खालको छ। हुन पनि एक पछी आर्को गरेर नेपाली जनता असैह्य अभाव र कष्ट भोग्न वाध्य पारीएका छन। तिनै निरिह जनताले नयाँँ शक्ती बनाइदिएर उनको गुमेको शाख बच्चाइदिनु पर्ने भएकोछ। कहीँ यस्तो पनि संभव हुन्छ ? उनले खोल्ने भनिएको पार्टिमा तिनै मावोवादी पुराना अनुहारको बाहुल्यता रहने प्रष्ट संकेत पनि देखियो । संविधान घोषणा हुनुभन्दा केही दिन अघीसम्म ‘अब कसैले संविधान रोक्न सक्दैन, संविधान घोषणा भएरै छोडछ’ भन्दै थिए। तर उनको यो बोलिमा त्यतिबेला परिवर्तन देखियो जतिबेला भारतीय बिदेश सचिव जयसंकर नेपाल आएर तत्काल मधेश आन्दोलनलाई संबोधन नगरि संविधान जारी नगर्न हस्तक्षेप र दवावको भाषा दोहोर्याइ रहेका थिए।

किनभने त्यो जातिय क्यानभासमा बिखण्डनको चित्र कोर्ने कलाकार बाबुराम र प्रचन्ड नै हुन त्यसैले पनि बिना कसुर तिनिहरुले समाधानमा योगदान पुर्‍याउनु पर्छ भन्नु गलत हुनुछैन। नेपाली जनतामा श्रिंखलावद्ध घटनालाई जोडेर ‘नियती’ केलाउन सक्ने क्षमता बिकास भई सकेको छ। त्यसैले यस्तो गोलमालको जाली भाषा प्रयोग गरेर आँफै नांगिने काम कसैले नगरुन।

मैले बिभिन्न पत्रपत्रिका मार्फत बाबुरामको नयाँ शक्ती निर्माण संवन्धी अवधारणा पत्र / सुत्र सर्सर्ती हेर्ने मौका पाएँ। त्यसमा अझै पनि उनले आर्थिक दृष्‍टिकोण र उपलब्ध श्रोतको बिभाजनबाटभन्दा जातिय दृष्‍टिकोणबाट नेपाली समाजको बिश्लेषण गरेका छन । खस–आर्य, आदिवासी–जनजाति र मधेशी–थारु पहिचानको कुरा गर्दा त्यस भित्र आर्थिक पक्षले पारीरहेको असर बारे कतै पनि उल्लेख छैन । आर्य-खस भित्र भएको गरिवी र मधेसी भित्र भएको आर्थिक संपन्नताले पहिचानमा असार पार्छ, जातिय हिसावले मात्र यो समस्याको समाधान आउंदैन, मुलुकको ‘ट्रान्स्फरमेशन’ संभव छैन भन्ने कुराको हेक्का यी विद्वान (?!) लाई किन बोध भैरहेको छैन ! उनले केही ‘स’ को सूत्र प्रयोग गरेर शंकाको बिउ पनि रोपेका छन किनभने त्यस अवधारणामा यस्तो कुनै आधार देखिन्न जहाँँ नेपालले ग्लोबलाइजेशन, भारत चीन बिचको प्रतिस्पर्धा र विश्व राजनीतिबाट फाईदा लिएर आर्थिक उन्नती गर्ने छ। असफल भईसकेका शब्दहरुको प्रयोगमा नै उनको बिशेषता देखिएकोछ।

मधेश आन्दोलनलाई यो ठाउँँसम्म ल्याउन बाबुरामको पनि त्यतिनै ठुलो हात छ। मधेश आन्दोलका पछाडि देखिएको बिखण्डनको धमिलो चित्र वास्तवमा के हो, जनतालाई स्पस्ट हुन जरुरि छ। किनभने त्यो जातिय क्यानभासमा बिखण्डनको चित्र कोर्ने कलाकार बाबुराम र प्रचन्ड नै हुन त्यसैले पनि बिना कसुर तिनिहरुले समाधानमा योगदान पुर्‍याउनु पर्छ भन्नु गलत हुनुछैन। पुरानो असफल पात्र र प्रव्रितिलाई नयाँँ शक्ती भन्न लगाउनु जनताको लागि अर्को धोका हो। बाबुराममा विद्ध्मान ”इषले भरिएको बिष”को चरित्रले नेपाली जनतालाई धेरै पोली सकेको छ, अझै पोल्ने दुस्शाहस नहोस ।

Short Link http://wp.me/p5iiCD-yE

http://www.thenepaltoday.com

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s