वेलायत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरूद्ध नेपालीहरूले गरेको प्रदर्शनमा भारतीय प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ। बेलायतमा रहेका नेपालीहरुले ‘ब्याकअफ इन्डिया’ र ‘रिमुभ ब्लकेड’को नारा लगाएपछि भारतीय प्रधानमन्त्री कार्यालयले सोबारे चासो देखाएको भारतबाट प्रकाशित हुने अंग्रेजी दैनिक इन्डियन एक्स्प्रेसले शनिबारको अंकमा समाचार लेखेको छ।

भारतीय प्रधानमन्त्री कार्यालयले लन्डनस्थित कुटनीतिक अड्डा भारतीय उच्च आयुक्तको कार्यालयलाई वेलायतमा नेपालीको प्रभावबारे प्रश्न गरेको थियो। उसले त्यहाँ नेपालीको प्रभाव कति छ भनेर सोधेको पत्रिकामा जनाइएको छ। ‘लन्डन प्रदर्शनमा कति नेपाली सहभागी थिए, वेलायती समाजमा नेपालीको प्रभाव कति छ समेटेर प्रतिवेदन तयार पार्न प्रधानमन्त्री कार्यालय (पीएमओ)ले भनेको छ’, उक्त पत्रिकाले लेखेको छ।

पत्रिकाका अनुसार मोदीको लन्डन भ्रमणका क्रममा नेपालीको विरोध प्रदर्शन देखेर भारतीय प्रतिनिधिमण्डल छक्क परेको उच्चायुक्त कर्मचारीले जनाएका छन्।

मोदी वेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको कार्यालय टेन डाउनिङ स्ट्रिट पुग्दा नेपालीहरूले उनीविरूद्ध प्रदर्शन र नाराबाजी चर्काएका थिए। लन्डन स्क्वायरमा माहात्मा गान्धीको शालिकमा फूलमाला अर्पण गर्दा प्रदर्शनकारीले नजिकैबाट लगाएका नारा उनले सुनेका थिए।

मोदीसँगै रहेका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभलले ब्याकअफ इन्डिया र रिमुभ ब्लकेड, मोदी नट वेलकम नारा लगाइरहेकाहरुलाई नजिकबाटै देखेका थिए।

नेपालीको प्रदर्शनसँगै भारत सरकारसँग असन्तुष्ट भारतीय शिखहरुले पनि नेपालीलाई साथ दिँदै मोदीविरुद्ध नाराबाजी गरेका थिए। कार्यक्रममा प्रदर्शनकारीले मोदीलाई रातो कार्पेट विछ्याएकोमा आलोचना गर्दै नेपालविरुद्धको नाकाबन्दी तत्काल हटाउन दवाब दिन वेलायती प्रधानमन्त्री क्यामरुनलाई आग्रह  …  सेटोपाटी

Nagarika news

The Indian Express

Annapurna Post

short link: http://wp.me/p5iiCD-yy

Advertisements