अव चाईना बारे वुझ्न र ब्यवहार गर्न ढिलो गर्नु हुन्न

अव चाईना बारे वुझ्न र ब्यवहार गर्न ढिलो गर्नु हुन्न । एशियामा चीन आफ्नै वलवुतामा विश्व सामु शक्ति विस्तार र प्रदर्शन गर्दै अगाडी बढिरहेको छ। यध्यपि यसको विस्तारित शक्तिलाई अहिलेका शक्तिशाली राष्ट्रहरुले सहजै स्विकार गर्नु रुचिको बिषय नभएर वाद्यताको बिषय हो। त्यसैले पश्चिमीहरुले जनसंख्याको वृहद आकार र पुरानो प्रजातन्त्र विद्यमान रहेकोले भारतलाई काउण्टर शक्तिका रुपमा प्रस्तुत गर्न खोजेको देखिन्छ तर भारत आफैले त्यसलाई आत्मसात गर्न नसकि रहेको अबस्था छ।

यो पंक्तिकारले पूर्व अनुमान गरे अनुसार नै BRIC अवधारणाका प्रतिपादक जिम ओ’नीललाई  हालको वेलायत सरकारले ट्रेजरी डिपार्टमंटको डेपुटी सेक्रेटरी पदमा नियुक्ति गरेपछि चीन र वेलायत बिचको संबन्ध अझ सौहार्द र सहजीकरण तर्फ उन्मुख हुॅदै गएको छ। करिव एक महिना अघि चीनका राष्ट्रपति ली जिङ्पिङले वेलायतको भव्य स्वागत विच औपचारिक भ्रमण सफल गरे। यसै बेला चीनले वेलायतको हिंक्ले न्यूक्लीयर प्लांट-सी मा ६ बिलियन पाउण्ड लागानी गर्ने सहमति भएको छ। यस अघी वेलायतले पनि चाइनाको मुख्य लगानी रहेको एशियन अन्तरराष्ट्रिय पुर्वाधार बैंकमा लगानी गर्न आवेदन गरी सकेको छ। वेलायतले गर्ने यस लगानीका प्रती अमेरिकाले ‘वेलायतले विना कुनै जानकारी उक्त लगानीको निर्णय लिएको’ भन्दै आफ्ना सहयोगीहरु यसरी ‘चिनको प्रभावमा पर्दै जानु राम्रो नभएको’ प्रतिकृया जनाइसकेको छ। यसको जवाफमा वेलायतका वित्त मन्त्री जर्ज ओसवर्नले ‘अमेरिकी समकक्षिलाई जानकारी गराएको’ भनेका थिए। वास्तवमा वेलायतले एशियामा आफ्नो लगानिको अवसरलाई सुरक्षित राख्न चिनसँग संवन्ध सुधारको प्रयासलाइ जारी राखेको छ, जुन स्वागतयोग्य छ ।

यसै गरी वेलायत सरकारले चाइनिजहरुका लागि भिसा शुल्क ३२५ पाउण्डबाट घटाएर जम्मा ८५ पाउण्डमात्र गर्ने निर्णय गरिसकेको छ। गत बर्षको आँकडा अनुसार वेलायतका बिभिन्न विश्वविद्यालयहरुमा अध्ययन गर्न आउने कुल बिदेशी विद्यार्थीहरु मध्ये पुरै यूरोपबाट भन्दा पनि चाइनाबाट धेरै आएका थिए । जस अनुसार चिनबाटमात्रै ५८,८१० थिए भने यूरोपबाट ५७,१९० जना आएका थिए। जबकी यसै बिच भारती र पाकिस्थानि बिध्यार्थीहरु क्रमश १२ र ७ प्रतिशतले घटेको देखाइेको छ। यसरी वेलायतले चिनिया पर्यटकहरुलाई सुविधा थप गरेर अर्थतन्त्रमा सुधार ल्याउने जमर्को गर्दैछ।

केही महिना अघी चिनका राष्ट्रपती जिङ्पिङ पाकिस्तान औपचारिक भ्रमणमा गएको वेला चीन हुँदै पाकिस्तान सम्म जोडने १,५०० माइल लम्बाइ भएको रेलमार्गका लागि ४६ मिलिअन अमेरिकी डलर लागानी गर्ने कुरामा दुई देश बिच संझौता भएकोछ, जसलाई ‘चाइना पाकिस्तान इकोनोमिक कारीडोर’ नाम दिएको छ। यो करिडोर (रेलमार्ग) ले अब पाकिस्तान, चीन र रुसलाई सिधै जोडने छ। चाइनाले रुस सँग पनि रेल मार्गका लागि संझौता गरी सकेको छ, जसमा ७७० किलोमिटर रेलमार्गका लागि आगामी दुई बर्षमा ३३० मिलिअन अमेरिकन डलर लागानी गर्ने कुरा पक्का भएकोछ, जहाँँ दुबै मुलुकको १५ बिलिअन अमेरिकी डलर लगानी गर्दैछन। त्यसैगरि अफ्रिकन मुलुकहरुमा चाइनाले हालैमा गारेको लगानिले पश्चिमाहरुको टाउको दुखाइ नै भएको छ। अफ्रिकाको ५४ देशहरुमा कुल बैदेशिक प्रत्यक्ष लागानि १४.७ बिलिअन यूएस डलर अर्थात कुल लगानिको ३ प्रतिशत चाइनाले ओगटेको छ, जुन दिनदिनै बढदै गएको देखिन्छ तर एफ. डि. अाइ. बाहेक अन्य लागानीको हिस्सा भने ४० बिलिअन डलर भएसकेको वताइेको छ। नेपाल तर्फका लागि चीनले सगरमाथाको मुनीबाट रेल सुरुङ मार्ग बनाउने प्रस्तव गरिसकेको छ। नेपालमा भारतको उपस्थितिको आवश्यकता र वास्तविकतालाइ मनन गर्दै नेपाल-चाइना-भारत लागानिको प्रस्ताव गरेको चीन भारतले यस प्रस्तावलाइ कुनै रेस्पोन्स नदिए पछि अलपत्र जस्तो देखिएको छ। यसरी चाइनाले सन २००५ यता विश्व अर्थतन्त्रमा १ ट्रिलिअन अमेरिकि डलर भन्दा बढीको प्रत्यक्ष लगानी गरिसकेको छ।

अन्तमा नेपालले हालसम्म जे उपलब्धी गर्‍यो, भारतसँग नजिक रहेरै गर्‍यो, जुन अहिलेको नाकावन्दिले निकै पिडादायी भएको देखिएको छ, पुनरावलोकन गर्न वाध्य गराएको छ।  त्यसैले अब नेपालका सत्ताको भर्र्याङ् चडन भारतलाई चाहिनेभन्दा बढी महत्व दिएका  अन्धा शासकहरुले विकल्पको खोजी गर्नै पर्छ। नेपालले चीनसँग ब्यापारिक सँबन्ध विस्तार गर्नु भनेको भारतलाई चिड्याउनु होइन, तर दरो बिकल्प भने अवश्य हो। बिना बिकल्प भारतसँग अती निर्भर रहेर नेपाल अबका दिनमा बाँच्न सक्तैन भन्नेकुरा हालैको नाकावन्दिले राम्रो शिक्षा दिएको छ। बिकल्प खोज्नै पर्छ, त्यसमा भारत के गर्छ र के भन्छ भनेर अातिने कुर छैन। भारत आफ्नो काम गर्छ, नेपालले पनि आफ्नो काम गर्ने सहास देखाउनै पर्छ, केवल ध्यान दिने कुरा के हो भने हामीले उनिहरुको अहित गर्नु हुन्न। चीनको लागानी भित्र्याएर प्रतिस्पर्धाको बातावरण तयार गर्नै पर्छ,         

related links

http://www.theguardian.com/uk-news/2015/jun/19/britain-and-belgium-introduce-simpler-visa-policies-for-chinese-nationals  

http://www.dailymail.co.uk/news/article-2913109/Huge-influx-Chinese-students-UK-universities-arrive-EU.html

http://travelweekly.co.uk/Articles/2015/10/22/58015/move+to+slash+cost+of+chinese+visas+wins+approval.html

https://www.gov.uk/government/news/pm-announces-significant-changes-to-visitor-visas-for-chinese-tourists-for-the-benefit-of-the-british-economy

https://www.aei.org/china-global-investment-tracker/

http://www.bbc.co.uk/news/business-34237939  

http://www.theguardian.com/world/2015/apr/20/china-to-unveil-46bn-investment-in-pakistan-during-visit-by-xi-jingping

https://www.rt.com/business/314003-russia-china-railways-putin/

https://africaupclose.wilsoncenter.org/chinas-investments-in-africa/

http://www.worldbank.org/en/news/opinion/2015/06/30/africa-still-poised-to-become-the-next-great-investment-destination

http://timesofindia.indiatimes.com/world/china/Alarm-bells-for-India-China-plans-to-build-rail-link-with-Nepal-through-Mt-Everest/articleshow/46866201.cms

 

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s