गरिवको नाममा राजनीति थाल्ने र पाइलैपिच्छे सर्वहाराको नाम लिनेहरुलाई त खुशी आयो, राज्यको सुविधा, खादा र अनुहारै पुरिने गरी माला, पाँचतारे होटल, अहरे-पहरे अनी मान सम्मान सबै कुरा आएकोछ ! आज नभए भोली; त्यतिले नभए आन्दोलन र गोली त छँदैछ । एउटा दरवारको सट्टा धेरै दरवार र महाराजाहरु जन्मेका छन् । हिजो गाउँमा एकजना मुखियालाई रिझाए पुग्थ्यो तर आज प्रत्यक दलका मान्छेहरुको ज्यू हजुरी गर्नुपर्ने अवस्था छ । तर वास्तविक सर्वहारा वर्गको पिडा सुध्रेको छैन; तिनको भलाई कसले गरिदिने ? केवल गास, वास र कपासको पनि सार छैन; भोक-भोकै एकसरो बर्कोको भरमा माघेझरी छिचोल्ने निमुखा जनताका अगाडि देश विकास भएको छ भनेर तालि पिटन लागाइएको छ । अनी भनिन्छ समावेशी- महिला, जनजाती अनी पिछडा वर्गले नेत्रित्व पाएका छन्, त्यसैले खुशी हुनु पर्छ । समावेशिताको नाममा फेरी पनि नव कुलिन वर्गकै हित हुने, र गरिवले भोको पेट र नांगो हर लिएर ताली बजाउनु पर्ने हो भने त्यस्तो समाबेशी सतही हुन्छ । मानौँ कुनै जनजाति वा महिला वा कुनै पिछडा वर्गका नाममा सिमित व्यक्तिलाइ पटक पटक पद र प्रतिष्ठा दिने हो भने त्यस्तो पदले आम गरिवको घरमा केही परिवर्तनको अनुभुती हुन सक्दैन । यस्तो झुटो ‘समावेशी’ ले सिमान्तकृत नेपालीको उत्थान हुन सक्दैन । त्यसैले “बिकास सबैका लागि” र “संधैका लागि” हो; समावेशीताले त्यहि मान्यतालाई अंगालेको हुनुपर्छ । समावेशीता भनेको पदको बाँडफाँड होइन; सबैको बिकास हो । त्यसैगरी पदको बाँडफाँड गर्ने नाउॅमा गुणस्तरहीन व्यक्तिहरुका लागि पदको आरक्षण पनि समावेशिकरण होईन । तर नेपालको सन्दर्भमा समावेशिकरण बाठाहरुको कमाइ खाने भाँडो भएको छ ।
समावेशी भनेको विगतको नीतिका कारण राज्यमा पछाडि परेका व्यक्ति वा समुदायलाई राजनीति, आर्थिक र सामाजिक क्षेत्रका विभिन्न तहमा सहभागि गराउंदै लक्षित वर्गको सम्मान पूर्वक जीवन यापन गर्न पाउने समान अवसरको प्रत्याभूति हो ।
समावेशिकरण वास्तवमा के हो त? सबैले आफुलाई समावेशिताको पक्षमा देखाउने गरे पनि वास्तविक रुपमा लक्षित वर्गको हितमा नभएर शासकहरुको पृष्ठ पोषण गर्ने तन्तु बन्ने गरेको देखिन्छ । साँचै भन्ने हो भने समावेशी शब्दको दुरुपयोग त प्रजातान्त्रिक मुकुकहरुमा त्यसको अभ्यास गर्ने क्रममा हुने गरेको बताइञ्छ । समावेशी भनेको विगतको नीतिका कारण राज्यमा पछाडि परेका व्यक्ति वा समुदायलाई राजनीति, आर्थिक र सामाजिक क्षेत्रका विभिन्न तहमा सहभागि गराउंदै लक्षित वर्गको सम्मान पूर्वक जीवन यापन गर्न पाउने समान अवसरको प्रत्याभूति हो । यसबाट त्यस्तो समूह वा व्यक्तिको क्षमताको विस्तार हुन गई तिनीहरुमा संस्थागत सबलिकरण समेत हुन्छ । समावेशिकरण असल प्रजातन्त्रको उत्कृष्ठ उपज हो ।
हिजोका दिनमा जे जसरि निषेधको राजनीति गरियो कालन्तरमा त्यसले स्वयम् तिनीहरुकै अहित भएको छ । निषेधको राजनीति आफैंमा बिखण्डन हो । जुन अहिलेको भुराजनिती र विश्व राजनिती कतै पनि मेल खाँदैन ।

तर नेपालको सन्दर्भमा प्रजातन्त्र र समावेशिकरण निकै फरक रुपमा बुझ्नेगरेको देखिन्छ । एक पटक हालका प्रधानमन्त्रि खडगप्रशाद ओलिले ”नेताहरुले अकुत संपत्ती कमाए” भन्ने पत्रकारको जिज्ञासामा भनेका थिए ”राजनिती जोगी हुन गरिँदैन” । तर उनले बुझ्नु पर्ने कुरा के थियो भने राजनीति महत्मा गान्धी र कार्लमाक्सले पनि गरेका थिए । गौतम बुद्धले पनि धन कमाएनन । उनिहरु महान थिए तर धनी थिएनन । त्यस मानेमा नेपालका अधिकांश नेताहरु (!?) मुलत: काला ब्यापारि जस्ता देखिन्छन, जो पर्दा पछाडि सँधै धनको लागि काम गर्छन । ब्यापार गरेर नाफा कमाउनु नराम्रो होइन ; नाफा ब्यापारको धर्म हो । तर समावेशिता भन्दै “नाफा” को लागि ‘चरी’ देखी ‘घैँटे’ सम्म र राज्यलक्ष्मीदेखी धनलक्ष्मिसम्म चन्दा-दान, घुस र मिसावट गर्न सक्ने जुन फोहरी खेल नेपालमा हुने गरेको छ र त्यसको पछाडि नेताहरुकै नाम पनि जोडिएर आउने गरेकोछ । हिजो सुधारका नाममा हिंसात्मक आन्दोलन र जातिय बिखण्डनको बिउ रोपेर विदेशीकै शक्ति विस्तारमा ‘सहजिकरण’ गर्दै (?!) आएका भनिने केहि नेत्रित्वहरू अहिले पनि बिभिन्न बाहनावाजि गर्दै भागेको अवस्था छ । उल्टै फेरी ‘नयाँ शक्ति’ वा ‘चार-पाँच स’ वा ‘समाजवादी’ दलका नाममा अर्को षड्यन्त्रको चक्रब्युह्य रच्दैछन । खशहरू उनिहरुको आक्रमणको तारो बन्दै आएका छन् । समावेशी भनेको कुनै समुदायमाथिको निषेध पनि होइन । हिजोका दिनमा जे जसरि निषेधको राजनीति गरियो कालन्तरमा त्यसले स्वयम् तिनीहरुकै अहित भएको छ । निषेधको राजनीति आफैंमा बिखण्डन हो । जुन अहिलेको भुराजनिती र विश्व राजनिती कतै पनि मेल खाँदैन ।
समावेशीता भनेको पदको बाँडफाँड होइन; सबैको बिकास हो । त्यसैगरी पदको बाँडफाँड गर्ने नाउॅमा गुणस्तरहीन व्यक्तिहरुका लागि पदको आरक्षण पनि समावेशिकरण होईन । तर नेपालको सन्दर्भमा समावेशिकरण बाठाहरुको कमाइ खाने भाँडो भएको छ ।
प्रजातन्त्रमा जनताको काम हुनुपर्ने मान्यतालाई टाठाबाठाहरुले सर्लक्कै आफ्नो पक्षमा उल्ट्याएर काम गराउँछन । यो प्रजातन्त्रको संवेदनशील कमजोरी पनि हो । त्यती मात्र होइन पैसोकै भरमा ‘लवी ग्रुप’तयार पारेर बिभिन्न पदाधिकारीकोमा जाने, तिनिहरुलाई दवाव दिने, धम्क्याउने सबै प्रपन्च गरिन्छ । यसरी प्रजातन्त्रलाई वास्तविक रुपमा त्यसको मर्यादा भित्र रहेर संचालन गरिएन भने एउटा समाज पुरै भ्रष्ट हुनजान्छ, जुन कुरा नेपालीहरुलाइ यतिखेर भोग्न वाध्य पारिएको छ । नेपालमा सांसद, उच्च तहका पदाधिकारीहरु दान चन्दाको प्रतिस्पर्धाबाट चयन हुन्छन भन्नेकुरा धेरैले बताउंदै आएका छन् । यस्तो खरिद विक्रीबाट समाजको रुपान्तरणमा वास्तविक समावेशिता हावी नभएर भ्रष्टाचार हावी हुने कुरा हुने गरेका छ । समावेशिकरण राम्रो अवधारणा हो तर यसको दुरुपयोग भएको अवस्थामा सुधार हुनुपर्छ ।
हालैका सम्बन्धित पोष्टहरु
- बेजिङस्टोकका नेपालीले खेलकुद र मनोरञ्जन सहित भव्य समर पार्टी सम्पन्न गरेवेलायत स्थित बेजिङस्टोकमा वसोवास गर्दै आएका नेपालीले गत मार्च २३ तारिखका दिन स्थानिय पप्ली कम्युनिटी सेन्टरमा भव्यताका साथ ग्रिष्मकालिन पार्टी सम्पन्न गरेको छ। दिउँसो १२ बजेदेखि रातको १० बजेसम्म चलेको उक्त पार्टी कार्यक्रममा भलिवल, टेडी वियर … Continue reading बेजिङस्टोकका नेपालीले खेलकुद र मनोरञ्जन सहित भव्य समर पार्टी सम्पन्न गरे
- बेजिङस्टोक नेपाली समाजको सातौँ अधिवेशन सम्पन्नहालै बेलायतस्थित बेजिङ स्टोक नेपाली समाज युकेको सातौँ अधिवेशन स्थानीय चुट हाउसको हलमा सम्पन्न भएको छ। १२ मार्च, २०२२ का दिन सम्पन्न उक्त अधिवेशनबाट आगामी तीन वर्षका लागि ओम गुरुङको अध्यक्षतामा सत्र सदस्यीय कार्य समितिको सर्वसम्मत … Continue reading बेजिङस्टोक नेपाली समाजको सातौँ अधिवेशन सम्पन्न
- एमसीसीको बल्छीमा गड्यौंला र माछायतिखेर नेपाल एमसीसीको बल्छीमा अल्झिएको छ। राजनीति, सामाजिक संजाल, गाउँ-घर, मेला-पातो र पँघेरामा सुनिने विषय बनेको छ एमसीसी! मानौं यो नेपालले उठान र बैठान गरेको बिषय हो जसको अनुमोदनबाट नेपालले आजसम्म ब्यहोरेको प्रजातान्त्रिक, सामाजिक, आर्थिक र … Continue reading एमसीसीको बल्छीमा गड्यौंला र माछा
- सम्झनामा प्रेमसिंह धामी : ‘काठमाडौंलाई किन दुख्दैन कालापानी ?’प्रेमसिंह धामीको निधन भएको २३ वर्ष (जन्म : २००९।०५।२९ : मृत्यु २०५४।०५।२७) भइसकेको छ । यसबीचमा महाकालीमा धैरै पनी बगिसकेको छ । उहाँले उठाएका लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दाले निकास पाउनुको सट्टा अतिक्रमणको गति अझ बढ्ने … Continue reading सम्झनामा प्रेमसिंह धामी : ‘काठमाडौंलाई किन दुख्दैन कालापानी ?’
- दशैं, वेलायत र विस्तारित नेपाली संस्कृतिजगदीश वाग्ले स्वदेशभित्र दशैंको विविधताले सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक महत्वमा जे जसरी आकार फैलाउँदै गएको छ त्यसको प्रभाव विदेशिएका नेपालीहरूसँगै विश्वभर पनि देखिन थालेको छ। दशै झल्काउने राता टीका, जमरा, मठ-मन्दीर, पूजाआजाका कार्यक्रम व्यक्तिगत (पारिवारिक) … Continue reading दशैं, वेलायत र विस्तारित नेपाली संस्कृति
- गीतसँग जोडिएका प्रसङ्ग– जगदीश वाग्ले संगितको धुनले कसलाई लट्ठ नपार्ला र! तलबको थोरै आम्दानी बचाएर विद्यार्थी जिवनमा भर्खर खुलेको नेपालको आधुनिक भटभटेनी सुपर मार्केटबाट किनेको सोनी वाकमेनमा रातैभरी गीत सुनेको अहिल्यै हो जस्तो लाग्छ। अहिले पनि फुर्सदका … Continue reading गीतसँग जोडिएका प्रसङ्ग
- कोरोनासँग हारेको मानव निर्मित विकासको चमत्कार– जगदीश वाग्ले विश्वलाई नै नजिकको घर मानिआएको ग्लोबलाइजेसन र जोडिएको विकासलाई यतिखेर कोरोना जस्तो शुक्ष्म जिवले पुरै नियन्त्रणमा लिएर अहिलेसम्म भएका विसंगतिको पर्दाफास गरिदिएको छ। प्रश्न उठेको छ कि विकास कसकालागि हो र कस्तो … Continue reading कोरोनासँग हारेको मानव निर्मित विकासको चमत्कार
- बैदेशिक रोजगारीः राज्यले लुकाएको तथ्यरोजगारी मिल्ला तर घरवारै बिग्रियो भने के हुन्छ? रेमिट्यान्सले धनी भएका देश र समाजले बिछोडको पीडालाई तथ्याङ्कमा घटाउनु पर्छ भन्ने मान्यता बसालेका छैनन्। आम्दानी देखाउने तर समाजमा भएको नोक्सान वा क्षतिबारे तथ्याङ्कलाई किन मौन राखियो ?यसो … Continue reading बैदेशिक रोजगारीः राज्यले लुकाएको तथ्य
- नेपालले नचाहेको स्तर वृद्धि किन र कसकालागिआज नेपालले जे समस्या भोग्दै छ त्यो राज्य सिर्जित समस्या हो । प्रदुषण, दुर्घटनाग्रस्त यातायात, असुरक्षित आवास, विकृत बजारजस्ता संकट यति विकराल भईसकेका छन् कि त्यसको समाधान राज्यको एकाग्र प्रतिवद्धता बिना संभव देखिन्न। तर प्रजातन्त्रमा स्वभाविक … Continue reading नेपालले नचाहेको स्तर वृद्धि किन र कसकालागि
- विश्व व्यवस्थाको संरचना र नेपालको अस्थीरता – देशसञ्चारनेपालमा नागरिकतन्त्रले पाएको सकस देखेर धेरैको मन कुँडिएको छ। तर्कहरू मडारिएर आफ्नै मन पक्ष विपक्षमा बाँडिएका छन्। समाज पनि तर्कसँगै विभाजित भएको छ। — Read on deshsanchar.com/2021/02/15/475143/
- विद्धुतीय गाडीमात्रै समस्याको समाधान होइन!विकासको चौबाटोमा अलमलिएको नेपालको समस्याग्रस्त यातायातले निश्चित रूपमा सुधार खोजेको छ। नेपालको यातायात असाध्यै असुरक्षित छ। वातावरणमैत्री छैन, नत अपाङ्तामैत्री नै छ। यातायात सुविधाका विकल्पहरु कम छन्, बहुआयामिक पनि छैन। त्यतिमात्र होइन नागरिकलाई अकाल मृत्युको भुमरीमा … Continue reading विद्धुतीय गाडीमात्रै समस्याको समाधान होइन!
- एनआरएनको प्राथमिकतामा नेपालीको सडक सुरक्षा किन परेन ! – परदेशी . PARADESHIसडक सुरक्षा गैह्र आवासिय नेपाली संघ (एन आर एन) को २०१९-२१ अवधिका लागि गठित कार्य समितिले नेपालको सडक सुरक्षालाई उच्च प्राथमिकतामा राखेर एक समन्वय समिति मार्फत कार्यक्रम नै संचालनमा ल्याएको छ। सडक दुर्घटनामा परेर दिनहुँ मृत्यु … Continue reading एनआरएनको प्राथमिकतामा नेपालीको सडक सुरक्षा किन परेन ! – परदेशी . PARADESHI
Latest update 09/06/2019